• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सांसद तारा जिसी : बाल कलाकारदेखि नीति निर्माणको तहसम्म


  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।
    प्रदेश ५ को राजधानी बुटवलबाट भालुबाङ सार्ने विषयमा भएको विवादले गत असोज १९ गते लुम्बिनी प्रदेश सभामा तोडफोड भयो । विपक्षी कांग्रेसका सांसदहरुले आफू बस्ने कुर्ची मात्रै भाँचेनन्, प्रदेश सभामा अमर्यादित व्यवहार प्रदर्शन गरे । त्यसो त प्रदेशको नामाकरण र राजधानीको विषयमा लुम्बिनी प्रदेशमा मात्रै होइन, सबै प्रदेशमा आन्दोलन र असन्तुष्टिहरु प्रकट भइरहेका छन् । प्रदेश १ र २ ले त अहिलेसम्म न नामको टुंगो लगाउन सकेको छ न, त राजधानीको नै ।

    Advertisement

    लुम्बिनी प्रदेश सभामा भएको तोडफोड र सांसदहरुको अमर्यादित व्यवहारले पुरै देशबासीलाई खिन्न बनायो, संघीयताप्रति थप वितृष्ण उत्पन्न भयो । त्यो अवस्थामा प्रदेश सभामा उभिएर सांसद तारा जिसीले दिएको अभिव्यक्तिले देश र जनताको ध्यान खिच्न सफल भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसद जिसीले देश र जनताको ध्यान आफूतिर खिच्न सफल मात्रै हुनुभएन, जनताको वास्तविक आवाज बोलेर वाहवाही कमाउनुभयो ।

    जिसीले भन्नुभएको थियो, ‘स्थायी राजधानी दाङको भालुवाङमा तोकिएपछि रुपन्देहीमा विरोध हुने ट्रेलरमात्रै हो । वास्तविक तस्बिर आउँनै बाँकी छ । नेपालको राजनीतिक परिवर्तनमा कसैले संघीयता चाहेका थिएनन् । आवाज पनि उठाएका थिएनन् । २०६२ को जनआन्दोलनमा पनि उठेको थिएन । अन्तरिम संविधानपछि चोर बाटोबाट छिराइयो ।’

    यो एउटा उदाहरण मात्रै हो, तारा जिसीले संसदमा दिएको अभिव्यक्ति कसरी देश र जनताको आवाज बन्न सफल हुने गरेको छ भन्ने । उहाँका प्रष्ट र निर्भिक अभिव्यक्तिलाई जनताले मन पराउँछन् र आफ्नो अभिव्यक्ति ठान्छन् ।

    तारा जिसी लुम्बिनी प्रदेश सभामा राजमोको तर्फबाट एक जनामात्रै प्रतिनिधि हुनुहुन्छ । तर, जनताको पक्षमा उहाँले दिने गरेका अभिव्यक्ति तथा आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका लागि गरेको पहलका साँच्चै उहाँप्रति पार्टी र मतदाताका लागि भरोसायोग्य नेत्री बन्न सफल हुनुभएको छ ।

    सांसद जिसी सुरुमा बाल कलाकारको रुपमा नेकपा (मसाल) को राजनीतिमा आवद्ध हुनुभएको थियो । १२–१३ वर्षको कलिलै उमेरमा उहाँ रक्तिम सांस्कृतिक अभियानको कलाकार भएर विभिन्न ठाउँमा गीत तथा नृत्य प्रस्तुत गर्दै हिँड्नुभयो । रहरमै हिँडेको कलाकारिताको बाटोले उहाँलाई राजनीतितर्फ अग्रसर गरायो । रक्तिमको गीत संगितप्रति रुचि राख्ने जिसी भन्नु हुन्छ, ‘अहिले पनि मलाई नाच्न र गाउन रहर लाग्छ । अलि उमेर भएर मात्र हो, यो क्षेत्रमा मलाई पहिल्यैदेखि अत्यधिक रुचि हुने गर्दथ्यो ।’

    प्युठान जिल्लाको साविक नारिकोट गाउँपालिका वडा नम्बर ९ हाल गौमुखि गाउँपालिका–७ मा २०३४ साल जेठ २९ गते बुबा मेहरसिंह बुढाथोकी र आमा लिलादेबी बुढाथोकीको कोखबाट जन्मनु भएकी जिसी अहिले राष्ट्रिय जनमोर्चाको तर्फबाट लुम्बिनी प्रदेश सांसद हुनुहुन्छ । त्यस्तै, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा राजमोको पनि केन्द्रीय सदस्यको भूमिकामा रहेर पार्टिको काममा सक्रिय हुनुहुन्छ ।

    उहाँ आफू राजनीतिमा सक्रिय र यो स्थानसम्म आइपुग्नुमा परिवारको सहयोग र साथ महत्वपूर्ण रहेको बताउनु हुन्छ । आफू जन्मेको माइतीघरमा अभिभावकहरु राष्ट्रिय जनमोर्चामा आवद्ध भएर काम गरेको सानैबाट देखेकी जिसीलाई राजमोको राजनीतिले आकर्षित गर्दै लग्यो । अझ उहाँको सानो काका सर्वजीत बुढाथोकी राजमोको तर्फबाट १० वर्षसम्म गाविस अध्यक्ष भएर काम गरेको हुनाले थप प्रेरणा मिलेको जिसी बताउनु हुन्छ । कलाकारबाट राजनीति सुरु गर्नुभएकी जिसीले जिल्लामा विद्यार्थी, जनजाति, महिला संघ लगायत विभिन्न जनवर्गी संगठनमा आवद्ध रहेर पनि काम गर्नु भएको छ।

    वि.स. २०५४ सालमा नेकपा (मसाल)का हाल रुपन्देही जिल्ला प्रवक्ता नारायण जिसीसँग उहाँको विवाहा भयो । त्यसपछि उहाँ पनि श्रीमानसँगै भारतमा मजदुरी गर्न जानुभयो । भारतका विभिन्न शहरमा बसेर मजदुरी गर्दा पनि उहाँ राजनीतिबाट अलग हुनुभएन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

    भारतमा संगठित भएर काम गर्न नेपाल जस्तो सहज नभएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा भन्दा भारतमा त्यतिबेला राजनीति गर्न अलि कठिन थियो । एकातिर अरु देशको नागरिक, त्यसमा पनि महिला । मजदुरी गरेर परिवार धान्नुपर्ने बाध्यतामा रहेका नेपालीहरुका लागि राजनीतिमा सक्रिय हुन सजिलो त पक्कै छैन । तैपनि संगठनले दिएको जिम्मेवारी पुरा गर्न कहिल्यै पछि परिएन ।’

    लामो समयसम्म प्रवासको संगठनमा आवद्व भएर काम गरेपछि २०७४ सालमा जिसी दम्पति प्रवासबाट विदा लिइ नेपाल फकनुभयो । त्यसपछि उहाँहरु दुवै जना नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामा आवद्ध रहेर विभिन्न जिम्मेवारीमा सक्रिय रहनुभएको छ । आफू पार्टीले दिएको जिम्मेवारी अनुसार संगठनकै काममा लागिरहेको जिसी बताउनु हुन्छ ।

    राष्ट्रिय जनमोर्चाको तर्फबाट अहिले प्रतिनिधि सभामा एक जनामात्रै सांसद हुनुहुन्छ भने गण्डकी प्रदेशमा तीन र लुम्बिनीमा जिसी एक जनामात्रै सांसद हुनुहुन्छ । बाँकी प्रदेशमा राजमोको प्रत्यक्ष उपस्थिति छैन । जनप्रतिनिधिमुलक संस्थामा प्रतिनिधित्व गर्ने राजमोका थोरै सदस्यहरुले आम जनताको लागि धेरै बोल्नु र गर्नुपर्ने छ, जुन काम लुम्बिनी प्रदेशबाट तारा जिसीले कुशलतापूर्वक गरिरहेको राजमोका नेता कार्यकर्ताहरुको बुझाई छ ।

    सत्तामा रहेको राजनीतिक दलको अन्तरिक किचलोका कारण प्रदेश संसदको बैठक हाल लामो समयदेखि बसिरहेको छैन । यतिबेला सांसद जिसी संगठनका अन्य काममा ब्यस्त रहनुभएको छ । संसद भित्र वा बाहिर जहाँबाट भएपनि आफ्नो जिम्मेवारी जनताको आवाज बोल्ने र जनताको पक्षमा काम गर्नु रहेको भन्दै आफूले सकेसम्म त्यो जिम्मेवारी पुरा गर्न प्रयत्न गरेको उहाँ बताउनुहुन्छ ।

    पछिल्लो समय संघीयताका कारण देशमा कैयौं विकृतिहरु भित्रिएकोले संघीयता खारेजी गर्नुपर्ने जिसीको माग रहेको छ । ‘यसले एकातिर कर बढेको छ । जनताको विकास निर्माणमा खर्च हुनुपर्ने बजेटको ठुलो हिस्सा संघीयता धान्नका लागि भइरहेको छ’ जिसी भन्नुहुन्छ, ‘अर्कोतिर तराई र पहाड–हिमाल अलग गर्ने, विभिन्न जाती र भाषाका जनताबीच फुट पैदा गर्ने र देशको सार्वभौकिता र अखण्डतालाई खण्डित पार्ने प्रयास भइरहेको छ । त्यसप्रति सचेत हुनुपर्ने आवश्यकता छ ।’

    अहिलेको अवस्थामा जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणालीलाई जोगाउँदै जनताको वास्तविक व्यवस्था ल्याउन निरन्तर संघर्ष गरिरहनुपर्ने जिसी बताउनुहुन्छ ।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • २.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ३.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ४.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ५.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ६.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ७.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ८.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.