• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अध्यक्ष केसीको अनुभव : जब रामराजा सिंह भारतको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बने…


  •   शनिबार, चैत १४, २०७७ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा भारतका लागि काम गर्ने संगठित राजनीतिक शक्ति रहेको बताउनुभएको छ । केसीले मधेशवादी दलहरुप्रति लक्षित गर्दै नेपालमा ‘भारतका एजेण्डा लागू गर्न गठन भएको शक्ति’ को संज्ञा दिनुभएको छ ।

    Advertisement

    राजमो नेता मनोज भट्टद्वार लिखित पुस्तक ‘नेपाल भारत सम्बन्ध’ विषयक पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै अध्यक्ष केसीले राजनीतिक दलका नेता र प्रशासकहरु आफ्नो छुद्र स्वार्थका लागि विदेशीको गोटी बन्ने गरेको बताउनुभयो ।

    ‘आफ्नो निजी स्वार्थका लागि नेपालका कैयौं राजनीतिक दलका नेता र प्रशासकहरु विदेशीको गोटी बन्ने गरेका छन् । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई तिलाञ्जली दिएर भएपनि उनीहरु आफ्नो स्वार्थ पुरा गर्न खोज्छन्’ उहाँले भन्नुभयो, ‘अहिले त नेपालमा भारतकै लागि काम गर्ने संगठित शक्ति तयार छ । भारतको सबै खेल नेपाललाई सिक्किम बनाउने हो ।’

    केसीले नेपालको राजनीतिमा भारतले कसरी हस्तक्षेप गर्दोरहेछ भन्ने आफ्नो अनुभव पनि सुनाउनुभयो ।

    २०६२-०६३ सालको जनआन्दोलनपछि नेपालमा गणतन्त्र आयो । २०६५ सालको असार १ गते नारायणहिटी दरबार संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री तथा कार्यबहाक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाले सबै दलका अध्यक्षलाई बोलाएका थिए । पार्टी प्रमुखहरु १ नं पालमा बसेका थिए, जहाँ रामराजा प्रसाद सिंह पनि थिए ।

    केसीले त्यतिबेलाका दृष्य सम्झँदै भन्नुभयो, ‘यत्तिकैमा तत्कालिन भारतीय राजदूत त्यहाँ आए र रामराजालाई भने ‘आपका सरपर बहुत बडा जिम्मेवारी आनेवाला है, आपको एडभान्स शुभकामना !’ भारतले रामराजालाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिसकेको रहेछ।’

    केसीले थप्नुभयो, ‘त्यसपछि मैले सीपी मैनाली, नाराणमान बिजुक्छेलगायत नेताहरुसँग ‘भारतले त नेपालमा राष्ट्रपति बनाइसकेछ नि भनेँ र उनलाई कुनैपनि हालतमा राष्ट्रपति बनाउन हुँदैन भनेर सल्लाह भयो ।’

    अध्यक्ष केसीका अनुसार त्यसपछि माओवादीले भारतीय योजना बमोजिम रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनायो, नेपाली कांग्रेसबाट डा. रामबरण यादव उम्मेदवार बने । पहिलो चरणको चुनावमा डा. रामबरण यादव र रामराजा प्रसाद दुुवैले ५१ प्रतिशत भोट ल्याउन सकेनन् ।

    त्यसपछि साउन ६ गते राष्ट्रपतिको दोस्रो चरणको चुनाव निश्चित भएको थियो । चुनाव हुनुअघि राजमोले साउन ४ गते नै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर पार्टीको समर्थन डा. रामबरणलाई दिइएको स्पष्ट पारेको थियो । अध्यक्ष केसीका अनुसार त्यो घटनापछि माओवादीका एक सांसदले केसीलाई हातपातको प्रयाससमेत गरेका थिए । राजमोको अभियान पछि डा. यादव राष्ट्रपतिमा निर्वाचित भए ।

    केसीले प्रचण्ड र बाबुरामहरुले गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति बनाउने भन्दै हिँडेपनि भारतले नमानेको स्पष्ट पार्नुभयो ।

    ‘बाहिरबाट हेर्दा प्रचण्डले गिरिजालाई धोका दिए भन्ने देखियो । तर यथार्थ त्यस्तो थिएन’ केसीले भन्नुभयो, ‘भारतको उम्मेदवार रामराजा थिए । त्यसकारण गिरिजालाई राष्ट्रपति हुन दिइएन । कांग्रेसले अन्तिममा बाध्यताबस डा. रामबरणलाई उम्मेदवार बनायो । स्वयम् रामबरणलाई नै आफू राष्ट्रपति हुँदैछु भन्ने थाह थिएन ।’

    केसीले नेपालका राजनीतिक दल तथा प्रशासकहरु आफ्नो स्वार्थका लागि कसरी विदेशीको गोटी बन्ने गरेका छन् भन्ने दृष्टान्त पेश गर्दै जनताको अजेय शक्तिले मात्रै यो देश बच्न सक्ने भएकाले जनता सजग र सचेत हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मनोज भट्टको पुस्तक ‘नेपाल भारत सम्बन्ध’ माथि अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष प्राडा श्रीधर गौतम र लेखकद्वय नरेन्द्रजंग पिटर र रतन भण्डारीले टिप्पणी गर्नुभएको थियो ।

    यस्तै पुस्तकका भट्टले नेपालका अधिकांश नेताका छोराछोरी भारतीय वा अन्य देशको राजदूतावासको छात्रवृत्तिमा पढिरहेको उदाहरण पेश गर्दै नेपालका धेरै जसो नेताहरु कुनै न कुनै रुपमा विदेशीको स्वार्थका अगाडि झुक्ने गरेको बताउनुभयो । तर राष्ट्रिय जनमोर्चाका नेताहरु आफ्नो तुच्छ स्वार्थका लागि त्यसरी उपयोग नभएको उहाँले बताउनुभयो ।

    उहाँले आफ्नो लामो राजनीतिक जीवनमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राजमो अध्यक्ष चित्रबहादुर केसी विदेशी दबाब सामु कहिल्यै नझुकेको स्पष्ट पार्दै आफूले यो पुस्तक पनि नेताद्वयप्रति समर्पण गरेको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल, पूर्वसुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष ऋषिराज लुम्साली, नेपाल सरकारका पूर्वसचिव गोविन्दप्रसाद पाण्डे, अधिवक्ता मनोहर लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन राजमो महासचिव जनकराज शर्माले गर्नुभएको थियो भने माथिल्लो कर्णाली बचाउ अभियानका संयोजक भरत शाहीले स्वागत गर्नुभएको थियो ।

    शनिबार, चैत १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.