बागलुङ । यही चैत २० र २१ गते गलकोटमा सम्पन्न हुन गईरहेको अखिल (छैठौं) बागलुङको २४ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा (छैठौं) बागलुङले जिल्लाव्यापी रुपमा आफ्नो गतिबिधी तिव्र पारेको छ ।
Advertisement
जस अन्तरगत २०७७ चैत्र ११ गते गलकोट नगरपालिका वडा नं ८, काँडेबास स्थित जनजागृति माविमा (छैठौं) को ईकाई प्रशिक्षण भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अखिल (छैठौं) बागलुङका सल्लाहकार मनिष कडेंल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो । भेलाले आयुस्मा खरेलको अध्यक्षतामा २१ सदस्यीय अखिल छैठौ जनजागृति मावि ईकाई समिति चयन गरेको छ ।
जसको उपाध्यक्ष सीरिया सापकोटा, सचिव बबिन सापकोटा, सहसचिव सन्देश खरेल र कोषाध्यक्षमा सुन्दर सापकोटा रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ ।