• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जनमत लत्याएर अपवित्र सरकार गठन नहोस् : केसी


  •   बुधबार, चैत ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले आम चुनावबाट दिएको जनमत लत्याएर कुनै पनि प्रकारको अपवित्र सरकार गठन हुन नहुने बताउनुभएको छ ।
    सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलापछिको परिस्थतिमा सरकारको प्रसङ्गबारे उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    अध्यक्ष केसीले सर्वप्रथम त प्रतिनिधि सभा विघटन गर्नु नै अनुचित भएको बताउनुभयो । संसदीय राजनीतिमा फोहोरी खेललाई न्यूनीकरण गर्न २०७२ सालको संविधानले कतिपय व्यवस्था राखेको बताउँदै उहाँले त्यसलाई अतिक्रमण गर्नु ओलीको गम्भीर भुल भएको बताउनुभयो ।

    युगदर्शनसित कुराकानी गर्दै उहाँले २००७ साल र २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानमा संसद विघटन गर्ने प्रावधान नराखिएको बताउनुभयो । २०७२ सालको संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीमा हुँदै नभएको बताउँदै प्रधानमन्त्री ओलीको त्यो गल्तीलाई सर्वोच्च अदालतले सच्याइदिएको बताउनुभयो ।

    सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको सन्दर्भमा उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद आफ्नो स्वार्थअनुकूलको अपवित्र सरकार गठन गर्न खोजिरहेका छन् । उनीहरूको यस्तो प्रयासलाई सफल हुन दिनुहुँदैन ।’

    अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणको सन्दर्भमा यस खालको अपवित्र सरकार गठन गर्न खोजिरहेकोतर्फ उहाँले सङ्केत गर्नुभयो ।

    ‘तपाईंलाई थाहै छ नि, अमेरिका र भारतले के चाहिरहेका छन् भन्ने कुरा’ अध्यक्ष केसीले भन्नुभयो– ‘अमेरिका आफ्नो हिन्दप्रसान्त रणनीतिअन्तर्गत एमसिसी पारित गर्न चाहन्छ । त्यसैले उसले अब बन्ने सरकार त्यही खालको होस् भन्ने चाहन्छ ।’

    उहाँले भन्नुभयो– ‘त्यसैगरी भारत पनि नेपालमा आफ्नो साम्राज्यवादी अभीष्ट पूरा गर्ने खालको आगामी सरकार बनोस् भन्ने चाहन्छ ।’पछिल्लो समयमा भारतीय साम्राज्यवादले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणलाई बैधानिकता दिने प्रयास गरिरहेको अध्यक्ष केसीले दाबी गर्नुभयो । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषयमा आवाज नउठोस् भन्ने चाहन्छ भारतीय साम्राज्यवाद’ उहाँले भन्नुभयो– ‘त्यही योजनानुसार नेपालमा अर्को सरकार बनोस् भन्ने भारत चाहन्छ ।’

    यस सन्दर्भमा उहाँले एमसिसी र लिम्पियाधुरा अतिक्रमणको स्वार्थ प्रतिबिम्बित हुने गरी नेपाली काङ्ग्रेस, जनता समाजवादी र निवर्तमान नेकपाको एउटा पक्षलाई समेटेर सरकार बनाउने प्रयास भइरहेकोतर्फ सङ्केत गर्नुभयो ।

    ‘यी सबै केपी शर्मा ओलीका कारणले भइरहेको छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘ओलीले तत्कालीन पार्टीभित्रको अन्तरविरोध समाधान गर्न नसकेर प्रतिनिधि सभा विघटन नगरेको भए यो स्थिति आउने थिएन ।’

    ‘सवोच्च अदालतले गल्ती सच्याइदिँदा पनि ओलीमा अलिकति पनि गल्ती गरेकोमा क्षमायाचना भाव छैन’ उहाँले भन्नुभयो– ‘ओली त झन् विजेताजस्तो छाती चौडा गरेर हिँडिरहनुभएको छ ।’
    आफूले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिएर आगामी सरकार गठनका लागि बाटो खोलिदिनुपर्ने उहाँको भनाइ छ ।

    ‘विघटित प्रतिनिधि सभा पुनस्र्थापना भएलगत्तै ओलीले राजीनामा दिनुपर्दथ्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘तर उहाँले त्यसको कुनै सुरसार देखाउनुभएको छैन ।’
    प्रधानमन्त्री ओलीको यस खालको अनुचित अडानका कारण देशमा अहिले राजनीतिक अस्थिरता कायम भइरहेको उहाँले बताउनुभयो । उहाँले ठोकुवा गर्नुभयो– ‘अहिलेको राजनीतिक अस्थिरताका लागि प्रधानमन्त्रीको हैसियतले केपी ओली जिम्मेवार छन् ।’

    गत २०७४ सालको आम निर्वाचनबाट निवर्तमान नेकपालाई नेपाली जनताले पुगनपुग दुईतिहाइको हाराहारीमा जनमत दिएको उल्लेख गर्दै उहाँले त्यसको अपमान हुने गरी काम नगर्न ननिर्तमान नेकपाका दुवै पक्षसित आग्रह गर्नुभयो ।

    ‘जनताले दुईतिहाइको हाराहारीमा जनमत दिएका छन्’ उहाँले केही विस्तारमा भन्नुभयो– ‘सर्वोच्च अदालतको पछिल्लो फैसलाबाट नेकपा पूर्व पार्टीको अवस्थामा फर्कियो । अब स्थिति यस्तो हुन गयो, सरकार बनाउनका लागि त काङ्ग्रेस, मधेसवादीको सर्त मान्नुपर्ने हुन गयो ।’

    उहाँले नेपाली जनताले दुईतिहाइको हाराहारीमा जनमत दिँदादिँदै पनि सरकार गठन गर्नका लागि पुनरुत्थानवादी, पृथकतावादीसामु हात फैलाउने अवस्था आउनु भनेको जनमतको अपमान भएको बताउनुभयो ।

    ‘तपाईंहामीलाई थाहै छ, नेपाली काङ्ग्रेसमा पछिल्लो समयमा धर्म निरपेक्षताको विरोधमा आवाज उठ्दै गइरहेको छ’ उहाँले भन्नुभयो– ‘काङ्ग्रेसभित्रका एक थरि साथीहरू धर्म निरपेक्षताको विरुद्ध हिन्दु राष्ट्रको पक्षमा बोल्दै, अभियान चलाउँदै आइरहनुभएको छ ।’

    त्यसैगरी उहाँले भन्नुभयो– ‘मधेसवादीहरूको बारेमा त सबैलाई थाहा छ । उनीहरूले नागरिकताको बारेमा कति राष्ट्रघाती दृष्टिकोण राख्दछन् ? सम्पूर्ण पहाडलाई तराई–मधेसबाट अलग गरेर क्षेत्रीय प्रदेश बनाउन चाहन्छन् ।’

    ‘यता राप्रपा त खुल्लमखुल्ला रूपमा गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा उत्रिरहेको छ’ राजमो नेता केसीले भन्नुभयो ।उहाँले यस खालको प्रतिगामी भूमिका रहेका पार्टीहरूको अनुचित सर्त मानेर निवर्तमान नेकपाका दुई वटा घटकमध्ये कसैले पनि सरकार बनाउन नहुने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    यस्तो अवस्थामा के गर्नुपर्दछ त भन्ने हाम्रो प्रश्नको जवाफमा केसीले भन्नुभयो– ‘हामीले प्रष्टैसँग भनिरहेकै छौँ नि, सकेसम्म अहिले पूर्व अवस्थामा फर्केका दुई वटा पार्टीहरू मिल्नुपर्दछ । यदि त्यसो सम्भव हुँदैन भने पनि संयुक्तमोर्चा कायम गरेर भए पनि वामपन्थीहरूकै अर्को सरकार गठन गर्नुपर्दछ ।’

    उहाँले पाँच वर्षसम्म ढुक्कसँग सरकार गठन र परिचालन गर्ने जनादेश दिएका नेपाली जनताका अगाडि त्यस्तो कुनै पनि प्रकारको अपवित्र गठबन्धनको सरकार बन्न नहुने बताउनुभयो ।
    यी दुई पार्टीहरूको एकता वा संयुक्तमोर्चाका सामु ओलीको नीति तथा कार्यशैली नै बाधक भएको उहाँको ठहर छ ।

    ‘कमी–कमजोरी माधव नेपाल, झलनाथ खनाल र प्रचण्डको छँदै छैन भन्ने हाम्रो भनाइ होइन’ केसीले भन्नुभयो– ‘तर यहाँ बढी समस्या ओलीको नै देखिएको छ । उनले नै सहज वातावरण तयार पार्न खोजिरहेका छैनन् ।’

    उहाँले तत्कालै चुनावमा जान नहुने धारणा पनि व्यक्त गर्नुभयो । ‘अहिले कोरोना महामारीसित जुध्ने हो कि चुनावमा जाने हो ?’ उहाँले भन्नुभयो– ‘कोरोना सङ्क्रमितको उपचार गर्नुपर्ने बेलामा, बेरोजगारी न्यूनीकरण गर्ने बेलामा, एउटा भए पनि मल कारखाना खोल्ने बेलामा अनावश्यक खर्च बेहोर्ने गरी हामी चुनावमा जानुहुँदैन ।’ राजमो अध्यक्ष केसीले नेपाली जनता समस्याको चाङमाथि बसिरहेको बताउँदै त्यसको समाधानलाई तात्कालिक प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    उहाँले जोड दिएर भन्नुभयो– ‘अहिलेको राजनीतिक अस्थिरता समाप्त गर्नुपर्दछ† कुनै पनि अपवित्र गठबन्धनयुक्त सरकार बन्नुहुँदैन र वामपन्थीकै अर्को सरकार बन्नुपर्दछ ।’

    बुधबार, चैत ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.