दिनेश रैदास
बलत्कार हुँदा
नारीको इज्जत लुटिने
बलात्कारीको केही नजाने
अपराधीको इज्जत पो जानुपर्ने होइन र ?
उल्टै पीडितले पीडा भोग्नुपरेछ
समाजबाट मुखै लुकाएर हिँड्नुपरेछ
हिजो “बलात्कार “भयो
आज “लास“ भेटियो
भोलि “आन्दोलन“ हुन्छ
सोसियल मिडियामा “भाइरल“ हुन्छ
“छानबिन“ नि हुन्छ
“टोलि“ पनि बन्छ
बिडम्बना,
तर “बलात्कारी“ पत्ता लाग्दैन ।
पर्सिबाट सबैले भुल्दै जान्छन्
अनि यसरी एउटा
“नारीको जीवन सकिन्छ“
समस्या बल्झिदो छ
अपराधिक मानसिकता बोकेका
अपराधीहरुलाई फाँसी मात्रै पुग्दैन
नरपिचासलाई चिडियाखानामा जाकियोस्
ताकि लाखौँले चिनोस् र थुकोस्
हामीले चाहन्छौँ बलात्कारजस्तो
जघन्य अपराध देख्नै नपरोस्
सुन्नै नपरोस्, पढ्नै नपरोस्
अनि कहिलै लेख्नै नपरोस् ।
कस्तो बिडम्बना
कल्पनासमेत गर्न नसक्ने
लागूपदार्थको कुलतमा नलाग
भन्न सक्ने आमाबाबुले छोराछोरीलाई
यौनसम्बन्ध पनि चाँडै नराख
भन्न सक्ने हुनुपर्छ,
तर बलत्कार हुनुमा
केटाको मात्रै दोष होइन
आजभोलि
धेरैजसो नारीलाई चर्चा चाहिएको हुन्छ
अनि चर्चाको निमित्त जे पनि गर्छन्
अनि, अहिलेका श्रोता
कला हैन, चर्तिकलामा धेरै आकर्षित हुन्छ
त्यसैले चर्तिकला बिक्छ
ग्ल्यामर र बोल्डनेसको नाममा
अङ्ग प्रदर्शन गरेर मात्र
कहिलेसम्म कलाकारिता चल्छ ?
त्यही कलाकारिता र चर्तिकलाले पनि
दिनहुँ हरेक घटनाहरू घटेका छन्
तर दोषीमा केटालाई नै देखाइन्छ ।
केटा होस् वा केटी
दुबैले आआफ्नो बैँस
सम्हालेर राख्न सिक
हकहितलाई सदुपयोग गर
न्यायभन्दा माथि जान नखोज
कानुनलाई किन्न नखोज
कसैले कसैको जिन्दगी
उसको इज्जतसँग
खेलवाड गर्ने कोसिस नगर ।

