• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

परिसंवादकै बारेमा प्रगतिशील लेखक संघको बयालिसौँ परिसंवाद


  •   शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले २०७३ सालदेखि हालसम्म सम्पन्न गरेका ४१ वटा परिसंवादबारे छलफल चलाउँदै ४२औँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    महासचिव समीर सिंहद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०७७ चैत्र ६ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा अघि बढेको उपर्युक्त कार्यक्रममा महासचिव सिंहले २०७३ पुस १ गते प्रगतिशील लेखक सङ्घले सम्पन्न गरेको पछिल्लो ४१ औँ परिसंवादको सङ्क्षिप्त परिचर्चा गर्नुभयो ।

    सो क्रममा उहाँले ४१ वटै परिसंवादको प्रत्येकको बेग्लाबेग्लै सङ्क्षिप्त फेहरिस्त प्रस्तुत गर्नुभयो ।

    पहिलो परिसंवाद चर्चित बङ्गाली साहित्यकार महाश्वेता देवीको साहित्यिक योगदानबाट सुरु भएको बताउँदै महासचिव सिंहले पछिल्ला दिनमा सो कार्यक्रमले व्यापक क्षेत्र समेटेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘साहित्यिक व्यक्तित्वको चर्चाको क्रममा अघि बढ्दै परिसंवादमा विशुद्ध साहित्यकारसम्म मात्र सीमित नरहेर हृदयचन्द्र सिंह प्रधान, युद्धप्रसाद मिश्र, कृष्ण सेन इच्छुक, पुष्पलाल, रूपचन्द्र विष्ट, स्वनाम साथीसम्मको योगदानबारे चर्चा गरियो ।’

    ‘त्यसैगरी हालसम्म साहित्यका विभिन्न प्रवृत्तिमा केन्द्रित रहेर कविता, कथा, उपन्यास, लोकसाहित्य, सांस्कृतिक रूपान्तरणजस्ता विषयलाई चर्चाको विषय बनाइयो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा विभिन्न विधाका विज्ञहरूलाई कार्यक्रममा आमन्त्रण गरियो ।’

    त्यति मात्रै होइन, पछिल्लो समयमा दर्शन, राष्ट्रियता, भौतिकवाद, पठन संस्कृति, साहित्यमा महिला साहित्यकारको स्थान र बालसाहित्यजस्ता विषय प्रस्तुत गरिएको पनि उहाँले बताउनुभयो ।

    महासचिव सिंहले २०७५ सालको एघारौँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा प्रलेसलाई अगाडि बढाउन मद्दत पुगोस् भनेर घटकीय सांस्कृतिक मोर्चाका प्रतिनिधिलाई समेत परिसंवादमा बोलाइएको स्मरण गर्नुभयो ।

    ‘त्यस्तै समाजवादउन्मुख संविधान बनिसकेका बेला त्यससित सम्बन्धित रहेर दर्शन, शिक्षा, राजनीतिजस्ता विषयमा पनि चर्चा चलाइयो भने तत्कालीन समसामयिक विषयलाई समेत समेट्ने गरियो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा एमसिसी, लिपुलेक, महिला हिंसा, चैत्र ३ गतेको साहित्यकारको आन्दोलनजस्ता प्रसङ्ग परिसंवादका विषय बन्न पुगे ।’

    कार्यक्रम प्रा.डा. बद्रिविशाल पोखरेल, नारायण मरासिनी र हरिप्रसाद भण्डारीले पूरक मन्तव्य राख्नुभएको थियो ।

    केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

    शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.