• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

आगामी वर्षको बजेट : नयाँ आयोजना बन्ने सम्भावना न्यून


  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेटबारे विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ । सोमबार भएको छलफलमा मुख्य सचिव शंकरदास बैरागीले बजेट कार्यान्वयन हुन नसक्ने आधारहरु बारे गहन ढंगले छलफल गरेर मात्र अगाडी बढ्न सक्ने बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय प्राथमिकतालाई मन्त्रालयहरुले ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । आगामी वर्षको बजेटमा बजेट खर्च गर्ने अधिकारीको काम कार्यान्वयनको मुल्यांकन हुनेगरी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठोस काम र परिणाम आउने कामलाई प्राथमिकता दिनेगरी बजेट निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

    छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अर्थ मन्त्रालयले छुट्याएको बजेटआधारले चालु बहुवर्षे ठेक्काबाहेक अन्य कार्यक्रम आयोजनालाई विनियोजन गर्न नपुग्ने अवस्था आएको गुनासो गर्नुभयो ।

    कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले हरेक वर्ष कृषि क्षेत्रको बजेट घटाएर उपलब्धी हासिल गर्न नसकिने बताउनुभयो । उहाँले कृषि मन्त्रालयको प्राथमिकताको काम समेत गर्न नसकिने दाबी गर्नुभयो ।

    रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले प्रतिरक्षा विश्वविद्यालयलाई प्राथमिकताको साथ अगाडी बढाउने गरी श्रोत सुनिश्चित गरिदिन माग गर्नुभयो ।

    भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नयाँ आयोजनामा नापीको आधारभुत कार्यलाई अनिवार्य समावेश गरेर योजना बनाउनुपर्ने बताउनुभयो । मालपोत कार्यालय र नापी कार्यालय सञ्चालनको खर्च समेत नपुग्ने अवस्थामा रहेकाले परिणाम पनि नखोज्न अर्थ मन्त्रालयलाई आग्रह गर्नुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बजेट निर्माण र कार्यक्रम तथा आयोजना तर्जुमा गर्ने प्रक्रियालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । अहिले संघ, प्रदेश र स्थानीय सरकारले अलग अलग बजेट बनाउने तर एक अर्काको परिपुरक हुन नसकेका कारणले बजेट निर्माण प्रक्रियाको नै पुनरावलोकन गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले अर्थ मन्त्रालयले दिएको बजेट आधारलाई पुनः मुल्यांकन गर्न आग्रह गर्नुभयो । बजेट आधार बाँडफाँड गर्दा हचुवाको भरमा गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल सरकारका सबै मन्त्रालयको कामको समन्वय तथा कार्यक्रम हेर्ने गरी बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो ।

    सर्वोच्च अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले अदालत र सरकारी कार्यालयको भौतिक पूर्वाधार निर्माणमा भेदभाव गरेको आरोप लगाउनुभयो । उहाँले अर्थ मन्त्रालयले अदालतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा मन्त्रालयको कार्यक्रममा सरकारले कुपोषण नै लगाएको भनि ब्यङ्ग्य गर्नुभयो । उहाँले प्राप्त बजेट आधारले मन्त्रालयका चालु रहेका सबै कार्यक्रम चलाउन नसकिने बताउनुभयो ।

    संघीय संसद सचिवालयका सचिव ध्रुव प्रसाद घिमिरेले संघीय संसद दुई सदनात्मक भएको अवस्थामा पनि एक सदन मात्र भएको जसरी बजेट आधार तोकिदा कार्य सञ्चालन गर्न नै कठिन हुने अवस्था आउने भएकाले बजेट आधार बढाउन आग्रह गर्नुभयो ।

    राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रतर्फ जाने कुरालाई मन्त्रालयले बनाउने योजना कार्यक्रममा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

    अर्थ मन्त्रालयका सचिव रामशरण बजगाईले बदलिँदो परिवेशसँग दाँजेर मन्त्रालयको बजेट प्राथमिकतालाई निर्धारण गर्नुपर्ने बताउनुभयो । अर्थ मन्त्रालयका अर्का सचिव शिशिर कुमार ढुंगानाले कोरोना पछिको अर्थतन्त्रको पुनरागमन भनेको एकिकृत रुपमा सबै पुनरागमन भनिएको कुरा नर्बिसन सचिवहरुलाई आग्रह गर्नुभयो । बजेट निर्माण र योजना तर्जुमा गर्दा नीजि क्षेत्रलाई बिर्सेर योजना नबनाउन पनि उहाँले सचेत गराउनुभयो । उहाँले नीजि क्षेत्रको लगानीको परिपुरक हुनेगरी योजना बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.