• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

पूर्वीय दर्शनमा प्रगतिशील साहित्यबारे अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को पाँचौँ कार्यक्रम


  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । पूर्वीय दर्शनमा प्रगतिशील साहित्यबारे अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को पाँचौँ कार्यक्रम सम्पन्न भएको छ । २०७७ फागुन २९ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सो विषयमा लिखित अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले पूर्वी र पश्चिमी दुवै भूगोलका दर्शन र साहित्यको महत्त्वपूर्ण योगदान रहेको बताउँदै दुवै भूगोलका भौतिकवादी दर्शन र प्रगतिशील साहित्यलाई आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पछिल्लो समयमा नेपालमा भौतिकवादी दर्शन र साहित्यको प्रचार बढ्दै गइरहेको उहाँको ठम्याइ थियो ।

    ‘पूर्वीय दर्शनमा साकार रूप लिएका, जैन, साङ्ख्य, वैशेषिक, न्याय, बौद्धजस्ता दर्शनमा प्रशस्त मात्रामा भौतिकवादी तत्त्व रहेका छन्’ उहाँले भन्नुभयो– ‘हिन्दु दर्शनभित्र पनि महाभारत, रामायणलगायत धेरै धार्मिक साहित्यमा भौतिकवादी अवधारणाहरू रहेका छन् ।’

    उहाँले भन्नुभयो– ‘पूर्वी भूगोलमा विकसित भएका यी दर्शनभित्रको भौतिकवाद नै यस क्षेत्रको प्रगतिशील साहित्यको आधार हुन् ।’

    नेपालको प्रगतिशील लेखनमा भारत, रुस र चीनको प्रभाव सशक्त रहेको बताउँदै उहाँले साहित्यको वर्गीय चरित्र रहने बताउनुभयो ।

    ‘साहित्यमा पनि वर्गीय स्वार्थ अभिव्यक्त हुन्छ’ उहाँले भन्नुभयो– ‘माओत्सेतुङले प्रगतिशील साहित्यले जनतालाई मद्दत गर्दै सत्रुलाई पराजित गर्ने काममा योगदान पुर्याउनुपर्ने आवश्यकतामा जोड दिनुहुन्थ्यो ।’

    त्यसैगरी उहाँले साहित्य र सौन्दर्यले जीवन, जगत् र मानव समाजको पक्षमा उपयोग गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    अन्पाका अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यको अध्यक्षता तथा केन्द्रीय सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले पनि सारगर्भित मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अन्पाका केन्द्रीय कोषाध्यक्ष प्रकाश थापामगर र प्रगतिशील लेखक सङ्घ पश्चिम रुकुमका अध्यक्ष कमप्रसाद देवकोटाको पनि आतिथ्यता रहेको थियो ।

    सो अवसरमा पिताम्बर भट्टराईले “मेरो देश”, समष्टि बुढाले “मेरो प्यारो नेपाल”, सुवास संयमले “ज्याकरान्डा” र प्रकाश थापामगरले “स्तुतिप्रसादहरू” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.