• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मसाल महामन्त्री सिंहद्वारा क्रान्तिकारी माओवादीका महासचिव वैद्य सम्मानित


  •   शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत हुनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यलाई सम्मान गर्नुुभयो ।

    Advertisement

    उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु-याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसक्नुुभएको छ ।

    प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु-याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ ।

    ‘मार्क्सवादी समालोचना’ सार्वजनिक
    कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा लिखित ‘मार्क्सवादी समालोचना’ पुस्तकको विमोचन गरिएको थियो । मसालका महामन्त्री सिंहले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा वैद्यले २०७० सालयता लेख्नुुभएका १४ वटा आलेखलाई समावेश गरिएको छ ।

    समालोचनाका क्षेत्रमा यो पुस्तक वैद्यको पाँचौ पुस्तक हो । पुुस्तकमा समावेश गरिएकामध्ये १३ आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । मुख्यतः तीन खण्डमा छुुट्ट्याइएको सो पुस्तकको पहिलो खण्डमा ‘सैद्धान्तिक परिप्रेक्ष’, दोस्रो खण्डमा ‘समालोचक र समालोचकीय दृष्टि’ तथा तेस्रो खण्डमा ‘कृतिकृत समीक्षा’को व्याख्या गरिएको छ ।

    कार्यक्रममा मसालका महामन्त्री सिंहले राजनीतिक नेतृत्व व्यक्तिगत लाभहानीको पछाडि लाग्दा विश्वबाटै कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेदेखि नै आस्था, विचार तथा व्यवहारको निरन्तरता वैद्यको विशेषता भएको बताउनुुभयो । “उहाँ (वैद्य)को नेपाली राजनीतिमा महत्वपूर्ण योगदान छ, उहाँ कहिल्यै ढुलमुुल हुनुुभएन, निरन्तर लाग्नुुभयो, आफ्नो विचार, सिद्धान्त र व्यवहारमा विचलन आउन दिनुुभएन, उहाँ राजनीतिज्ञ मात्र नभई अग्रणी साहित्यकार पनि हो”, महामन्त्री सिंहले भन्नुुभयो ।

    पुस्तकका लेखक वैद्यले राजनीतिक चेतना र साहित्यिक चेतना फरक भए पनि यो एकापसमा अन्तरसम्बन्धित र राजनीतिक आन्दोलनलाई अगाडि बढाउन साहित्यको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । माक्र्सवादी दृष्टिकोण र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई आधार बनाइर आफूले साहित्यिक कृति लेख्दै आएको बताउँदै उहाँले साहित्यिक कृति लेखनलाई निरन्तरता दिने वचनबद्धता पनि व्यक्त गर्नुभयो ।

    मुलुक परिवर्तनका लागि हजारौँको बलिदान भए पनि जनताले वास्तविक मुक्ति प्राप्त गर्न नसकेको भन्दै महासचिव वैद्यले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न साहित्यिक तथा राजनीतिक लेखनमा निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पुस्तकमाथि समीक्षा गर्दै प्रा डा देवीप्रसाद गौतमले मार्क्सवादी समालोचनामा आकर्षित हुनेका निम्ति आधारस्तम्भका रुपमा पुस्तक रहेको बताउनुभयो । ‘कम्युनिष्ट पार्टीभित्र बहस कसरी गर्ने, तर्क तथा विचार कसरी राख्ने, सर्वस्वीकार्यरुपमा आफ्ना धारणा राख्ने, अरुको विचारको सम्मान गर्दै त्यसलाई खण्डन गर्ने, तर्कपूर्ण बहसमा रुची राख्नेका लागि यो कृति प्रेरणास्पद छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने तथा साहित्यिक कृति प्रकाशन गर्दै आइएको बताउनुभयो ।

    विसं २००३ साउन १५ गते प्यूठानको खैरामा जन्मनुभएका वैद्यका झण्डै डेढ दर्जन कृति प्रकाशित छन् । ‘लाहुरेका रहर’ (खण्डकाव्य), ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’, ‘सङ्घर्षको दर्शन’, ‘क्रान्त्रि र सौन्दर्य’, ‘नेपाली समाज र संस्कृतिः एक संक्षिप्त अध्ययन’, ‘समीक्षा र सौन्दर्य’, ‘मार्क्सवादी र संस्कृति’, ‘मार्क्सवादी दर्शन’, ‘क्रान्ति र सिद्धान्त’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘हिमाली दर्शन’ र ‘संशोधनवाद र पश्चगमन’लगायत कृति प्रकाशित भइसकेका छन् । राजनीतिज्ञ वैद्यले ‘कृष्णमणि साहित्यिक पुरस्कार २०५५’, ‘गोकुल साहित्यिक पुरस्कार २०६५’, ‘पारिजात सृजन सम्मान २०६९’, ‘राप्ती साहित्य परिषद् सम्मान÷पुरस्कार’ र ‘हृदयचन्द्रसिंह प्रधान सम्मान÷पुरस्कार’ प्राप्त गर्नुएको छ ।

    शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.