इटहरी । राष्ट्रिय जनमोर्चाको आगामी चैत २४ गतेदेखि हुने राष्ट्रिय सम्मेलनका लागि प्रदेश १ मा तयारी तीव्र पारिएको छ । मंगलबार इटहरीमा विभिन्न जिल्लाको संयुक्त बैठक बसि राजमोले जिल्लास्तरीय कार्यक्रम बनाएको छ ।
जिल्ला स्तरका अध्यक्ष सचिव तथा प्रतिनिधीहरुको उपस्थितीमा भएको सयुंक्त बैठकले आयोजक समिति गठन गरेर जिल्लाहरुको बैठक बस्ने, आर्थिक संकलन, प्रतिनीधि प्रवेक्षक छनौट तथा प्रचार प्रसार लगायत कार्यक्रम गर्ने निर्णय गरेको छ ।
राजमो १ नम्बर प्रदेशका अध्यक्ष अमुत पाण्डेको अध्यक्षता तथा सचिव विशाल पहाडीको सञ्चालनबाट अघि बढेको कार्यक्रमा राजमो प्रदेश उपाध्यक्ष हरिकान्त शर्मा, नेकपा (मसाल) प्रदेश ब्युरो प्रवक्ता योगेन्द्र ढकाल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार तुलमान राई, केन्द्रीय सदस्य लिलकुमार राई, अखिल (छैठौं) का प्रदेश इन्चार्ज नविन पाण्डे, राजमो सुनसरी अध्यक्ष किशोर राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।