• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मलेसिया जान भनेर लिएको एक लाख ऋणबाट ११ होटलको मालिक


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • नारायण अधिकारी, चितवन ।
    आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।

    Advertisement

    नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शंकर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गर्नुभयो ।

    मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उहाँले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गर्नुभयो । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गर्नुभयो । पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर र्‍याक भरेको उहाँले स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।’

    रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उहाँले पसल शुरु गर्नुभयो ।

    सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।’

    आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उहाँले प्रेसिडेन्ट होटल शुरु गर्नुभयो ।

    होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उहाँले भन्नुभयो, ‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।’

    क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यतिबेला उहाँसँग एक साझेदार पनि थिए ।

    निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्को घर लिएर उहाँले होटल शुरु गर्नुभयो । दुवै होटलको सफलताले उहाँलाई त्यतिकैमा रोकिन मन लागेन । उहाँले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गर्नुभयो । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गर्नुभयो ।

    होटलको व्यवसाय फस्टाउँदै गएपछि उहाँलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गर्नुभयो । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उहाँलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलंकीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।

    भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उहाँलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गर्नुभएको छ । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उहाँले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याउनु भएको छ ।

    उहाँले भन्नुभयो, ‘हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।’

    उहाँको व्यवसायमा एकपछि अर्को गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उहाँले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै हुनुहुन्छ भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गर्नुभएको छ । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उहाँको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिनुभएको छ ।

    व्यापारमा गरेको आम्दानीले अर्को होटल र रेष्टुराँ खोल्दै चेनको विकास उहाँले गरिरहनुभएको छ । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उहाँको चाहना छ ।

    ‘काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु’ होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उहाँले भन्नुभयो ‘अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।’

    २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउनुहुँदै उहाँले भन्नुभयो ‘धेरैलाई साहु बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।’

    ‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लाग्नुभएका उहाँले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पुर्‍याएका कारण सफलता मिलेको बताउनुभयो । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न रु ५० लाखदेखि रु दुई करोडसम्म खर्च भएको उहाँको भनाइ छ ।

    कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उहाँले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिनुभयो ।

    व्यवसायसँगै उहाँले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आउनुभएको छ । चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उहाँले समय समय सहयोग दिँदै आएको बताउनुभयो । व्यवसायमा उहाँलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ । सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउनुहुने उहाँले स्वदेशमै मिहिनेत ग-यो भने सफल होइन्छ भन्नुभयो ।

    आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उहाँले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गर्नुभयो ।

    उहाँको सुझाव छ ‘क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।’ (रासस)

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.