• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भुन्टी र गोरख (कथा)


  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
  • रवि पौडेल ।।
    चारैतिर हरियाली र बर्खा लागेको थियो । बारीमा चारैतिर मकैले सुत्ला छोडेका थिए । आकासे पानी आएर मूल फुटिसकेका थिए । अब खेत रोप्ने चटारो पनि सुरु हुन लागेको थियो । तर भुन्टी र गोरखको घरमा कुनै चटारो थिएन खेतिपाती लगाउनेबारेमा; किनकि, सम्पतिको नाममा उनीहरूसितसानो पानी चुहिने स्याउले घर थियो । चटारो थियो त केवल बिहान–बेलुका कसरी गुजारा चलाउने भन्ने ।

    Advertisement

    धेरै रात भोकै सुत्नुपरेको कथा भुन्टीले आमालाई सुनाई । भुन्टीको दाइ गोरख केही कमाउन सक्छु कि भनेर विदेश गएको थियो । त्यो विदेश भनेको दक्षिणतर्फको भूभागमा पर्ने भारत नै थियो । होटलमा भाडा माझ्ने काम मुस्किलले पाएको छु भनेर चिठी पठाएको थियो । गुनासा धेरै थिए तर पत्र सानो थियो । उसकी बहिनी भुन्टीले आमालाई सुनाई ।

    एकसरो कपडा लगाउन मुस्किल थियो । ओढ्ने–ओछ्याउने धेरै वर्षपहिले साहुले दिएको पुरानो सिरक र डसना पनि राति मुसाले काटेर धुजा धुजा परिसकेका थिए । आमाछोरीले जाडो थाम्न तानतुन गर्दा कपडाको टुक्रा नै हातमा आउथ्यो ।

    “अर्कैको मेला गर्नुपर्ने । केही दिएछन् भने खाने हो” भुन्टीकी आमाले गुनासो गरिन् ।

    भुन्टी अब के गर्ने होला, बाबु पनि बिरामीले थला पर्दा कसैगरि बचाउन सकिएन । बाबु नहुँदाको पीडा छोरीले सम्झी– आमालाई कति मुस्किल छ ? न राम्रोसँग खाना खानु छ, न राम्रोसँग निदाउनु छ । सबै दुखकष्ट गरेर हामीलाई न्यानो मायाले हुर्काउने आमा तपाईं महान् हुनुहुन्छ ।

    भुन्टीले आमासँग अब म पनि तपाईंसँग मेला जान्छु, दुवै मिलेर काम गरियो भने बस्न खान र केही कमाउन सकिन्छ भन्ने भुन्टीले ठहर गरिन् ।

    अब यो वर्षदेखि आमाछोरी दुवैले काम गर्न गाउँमा हिँडे । सबै खराब पनि त कहाँ हुन्छन् र ? एकाध साहुहरूले ठगे पनि गाउँलेले सानी छोरीलाई काममा नलगाऊ पनि भने । तर बाध्यता थियो । फेरि हिड्नैपर्ने, काम गर्नैपर्ने । कसैले माया गर्दथे; कपडा दिन्थे; चामल, दाल दिन्थे । आटो पिठो जे छ, गाउँलेले दिएकै छन् । अहिले गुजारा चलाउन सजिलो भएकोमा आमाछोरी खुसी पनि भए ।

    यता, दाजु गोरख विदेशिएको चार वर्ष भयो । कता छ थाहा नै भएन । कहिलेकाहीँ पत्र पठाउने दाजु एकाएक हरायो । खबर न खाबर भयो । के गर्ने ? कसैलाई सोधपुछ गर्दा थाहा छैन भन्दछन ।

    ‘के गर्दै छ ?’ गोरखकी आमाले मनमनै प्रश्न गरिन्– कतै उतै विवाह गरेर बसेको छ कि ? कतै अप्ठ्यारोमा त परेन ?
    यिनै चिन्ताले आमाछोरीलाई नै सताउन थाल्यो ।

    आमाछोरी सँगै काम गर्थे; सँगै खान्थे, सँगै हिड्थे । कति रमाइलो महसुस भएको थियो । आधा निद्रा, आधा भोक सहेर पनि, पीडामा डुबेर पनि मानिसको जीवन धान्न सबै अप्यारा चिर्दै अघि बढ्नु थियो र बढ्दै थिए ।

    आमाका खुट्टामा चप्पल थिएन । भुन्टीले कमाएको केही पैसाबाट आमालाई चप्पल ल्याइदिई । जीवनमा आमाले पहिलो पटक चप्पल लगाउन थाल्नुभयो ।

    खासगरेर गरिबी र अशिक्षाको कारण गाउँमा के भएको छ ? देशमा के हँुदै छ ? परिवर्तन भनेको के हो ? लोकतन्त्र, गणतन्त्र के हो ? उनीहरूलाई थाह पनि थिएन । थाह पनि छैन ।

    कहिलेकाहीँ साहुका छोराले आज जुलुसमा जाने कुरा गर्दा भुन्टीले सुनेकी थिई । जुलुस के हो ? किन जुलुस गरिन्छ ? थाहै थिएन । यति बुझ्न सक्ने क्षमता भुन्टीसित थिएन । अनि, बुझाउने मानिस पनि आएको थिएन । चुनावमा भोटसम्म पनि उनीहरूले कसैलाई दिएका थिएनन्;

    किनकि, नेपालको नागरिक भएर पनि अहिलेसम्म उनीहरूले नागरिकता पाएका थिएनन् ।

    देशमा जन्मेपछि हरेक नागरिकले बाच्न पाउने अधिकार हुन्छ । लोकतन्त्रमा सबैले आफ्नो हकको प्रयोग गरिनुपर्ने हो तर भुन्टी र उनकी आमालाई कुरा थाहै थिएन ।

    गरिबी र अशिक्षाको भारी बोकेका भुन्टीकी आमाछोरीलाई सोच्नै नसकिने एउटा डरलाग्दो घटना आइलाग्छ ।
    भुन्टी मलिन हँुदै आमा भन्छे ।

    के भयो छोरी ?

    उसले सबै कुरा आमालाई बताउँछे ।

    अब के गर्ने होला ? भनौँ भने साहुले मार्ने पो हो कि ! बोलिदिने र सुनिदिने कोही छैन । निर्धानिमुखा, गरिबको पक्षमा खासै न्याय पनि पाउने कुरा निकै कम हुन्छ । त्यसमा पनि भुन्टीको दाइ घरमा छैन ! निमुखा आमाछोरी के नै पो गर्न सक्थे र ? चुपचाप बसे ।

    जब समय बित्दै गए, भुन्टीलाई पर्नु पिर पर्याे । के गर्ने अब ? भुन्टी रुन थाली ।

    उनीहरूमाथि निकै अन्याय भएको थियो । साहुको छोरा मुन्द्रेले उसलाई हप्काएर, थर्काएर यो कुरा कसैलाई नभन्नू, भनिस् भने मारिदिन्छु भनेको थियो । यही डरले आफ्नी आमालाई बाहेक अरू कसैलाई भन्ने हिम्मत थिएन ।

    यस्ता र यस्तै खालका घटना गाउँसमाजमा धेरै घटिरहन्थे । साहुमुखियाले शक्ति र पैसाको भरमा दबाउँथे, हेप्थे र मार्थे पनि ।

    भुन्टीलाई डर थियो, उसले अरूलाई भनी र साहुको छोरा मुन्द्रेले थाहा पायो भने मलाई मार्छ । अनि, आमा एक्लै हुन्छिन । यही पिरले केही महिना सहेर बसी उसले । जब समयले सीमा नाघ्यो, अब लुकाएर लुक्ने कुरा थिएन । उसले सानै उमेरमा छोरी जन्माई ।

    चुपचाप दुखसुख बच्चालाई हुर्काउँदै गई । धेरैले सोधे, कसको हो भनेर, तर उसले बताउन चाहिनँ । बताएमा उसले जीवन गुमाउनुपर्ने बाध्यता थियो ।

    त्यतिबेला आजका जस्तै मिडिया थिएनन् । कुरा लुकाएर नै राखिन्छ । दबाउने, हेप्ने, ठग्ने र मार्नेसम्मका घटना भएको भुन्टीलाई थाहा थियो ।
    भुन्टीले मुन्द्रेको अत्याचार धेरै सही । लुकाई । फेरि पनि उसले अत्याचार गरिरह्यो । अत्याचारको पनि सीमा हुन्छ नि ! अति नै भयो । भुन्टीले यो कुरा गाउँमा एक जनासँग आफू साहुको छोरा मुन्द्रेसँगबाट पटक–पटक अन्यायमा परेको कुरा सुनाई ।

    गाउँमा हल्ला भयो । भित्रभित्रै सबैलाई थाहा भयो । तर यसको विरोध गर्न कसैले सकेनन् । सकुन् पनि कसरी ? दुई वर्षपहिला पनि यस्तै एउटा घटनामा १३ वर्षीया बालिका मुन्द्रेले मारेको थियो । न सुनुवाइ भयो, न न्याय । यसरी दबाइन्छ कि पुलिस–प्रशासन ठुलाबडाका लागि मात्रै हो । पैसामा बिक्ने कानुन । कानुनको उपहास उडाउने प्रशासन । पैसामा बिक्ने वकिल । कसले पो न्याय पाउँछ र ? नपुंशक सरकार । राज्य केवल कुर्सीको लागि मात्रै छ । गरिबदुखी र मजदुरको पक्षमा हिजो पनि थिएन र आज पनि छैन ।

    मुन्द्रेले आखिर भुन्टीले गाउँमा भनेको कुरा थाहा पाउँछ र उसले भुन्टीको ज्यान लिने योजना बनाउँछ । उसले चलाकीपूर्ण तरिकाले भुन्टीलाई बोलाउँछ । अनि, विवाह गर्ने र भाग्ने भनेर सल्लाह गर्छ । भुन्टीलाई झुक्याएर टाडै लिएर जान्छ । चरम अन्याय गर्छ । पीडा दिन्छ र कतै जङ्गलमा लगेर ज्यान लिन्छ । मट्टीतेल र आगोको सहाराले भुन्टीको नामनिसाना मेटाइदिन्छ ।

    पापी मुन्द्रे ! ऊ राक्षस थियो । पैसाले मातेको थियो । अरूलाई सधैँ अन्याय मात्रै गर्दै आएको थियो ।

    केही समयपछि गाउँमा ठुलो हल्लाखल्ला भयो । दुई जना हराएको कुरा आयो । के भयो ? कहाँ छन् ? विभिन्न प्रश्न आए तर कसैको केही लागेन । प्रहरी, प्रशासन, वकिल साहुकै हातमा थिए, न्याय पाउने कुरा थिएन ।

    भुन्टीकी आमा रोई कराई । आधा जीवन सकिन लाग्यो । सुनिदिने कोइ भएन । आमाको चित्कारले धर्ती थर्कियो । आकास गुन्जियो । आमाको चित्कारले मुटु छोड्यो । आँसु बगे । थकान लाग्यो । मुर्छा परी रोइरहिन् । तर एउटी नारीको आवाज कसैले सुनेन ।

    धिक्कार छ राज्य ! धिक्कार छ, प्रशासन, वकिल र कानुन ! गाउँसमाज र देशमा यस्ता अनगिन्ती घटना छन्, जहाँ कुनै सुनुवाइ छैन । काला कानुन। अन्यायी शासक, अन्यायी समाज ।

    भुन्टीकी आमालाई ठुलो बज्रपात पर्छ । आफ्नो श्रीमान गुमाउनु, छोरी गुमाउनु र छोरा हराउनु । एउटी नारीमाथि, एउटी आमामाथि यति ठुलो बज्रपात ?

    धेरै पछि गोरखलाई थाहा हुन्छ, गाउँमा आमा अन्यायमा परेको, बहिनी साहुको छोरा मुन्द्रेले मारेको । सानी भान्जीलाई लिएर आमा विलापमा भएको खबरले उसलाई रिस उठ्छ ।

    गोरख पनि होटेलमा मालिकद्वारा बन्दी बनाइएको थियो । दश वर्षदेखि मालिकले बाहिर निस्कन दिएको थिएन । तलब पनि एकै पटक दिन्छु, तिमी घर जाने समयमा, खाता खोलेर राखिदिएको छु भनेर मालिकले गोरखलाई झुक्याएको थियो ।

    एक दिन उसले म घर जान्छु भन्यो । मालिकले जान पाउँदैनस् भन्यो । गोरखले अहिलेसम्मको तनखा माग्यो । मालिकले दिएन । भनाभन भयो ।

    गोरख तीन दिनदेखि तनावमा छ । एकातिर बाबु नहुँदाका दुःखका दिनहरू, अर्कोतिर, बहिनी साहुको छोरा मुन्द्रेले पेट्रोल छर्केर मारेको खबर । आमाको दुःखकष्ट र बिलौनाले गोरख के गर्ने ? के नगर्ने ? मुस्किलमा थियो ।

    गोरखले घरमा जसरी पनि जाने र बहिनीको हत्यारोसित बदला लिने निधो गर्याे । तर चारैतिर गुण्डाहरू लगाएर मालिकले निगरानीमा राखेको थियो, कतै गोरख नभागोस् भनेर । मालिकलाई पनि के डर थियो भने कतै यो भागेर गयो र बाहिर सबैलाई भन्यो भने आफ्ना काला कर्तुत छताछुल्ल हुने छ । त्यसकारण मालिकले गोरखलाई दशौँ वर्षसम्म को ज्याला नदिई बन्दी बनाएको थियो ।

    बहिनी भुन्टीलाई साहुको छोरा मुन्द्रेले अरू दुई जना गुण्डाको सहायताले चुरे जङ्गलको फेदीमा लगेर मारेको कुराले निकै पिर परेको थियो । अमानवीय र पासविक तरिकाले मारिएकी बहिनी भुन्टीको तस्बिर आँखा वरिपरि घुम्न थालेको दृश्यले गोरखलाई निकै छट्पटी भएको थियो । ऊ अब जसरी पनि होटेलबाट भाग्न चाहन्थ्यो ।

    आखिर गोरख भाग्ने कुरा मालिकले थाहा पाउँछ । त्यसै रात होटल मालिक, उसका गुण्डा मिलेर घाँटी थिचेर गोरखको हत्या हुन्छ । बहिनी भुन्टीका हत्यारालाई बदला लिने अठोट समाप्त भएर जान्छ ।

    होटमा हल्लाखल्ला हुन्छ । पुलिस प्रशासनले नाटक मञ्चन गर्दछन् । रिपोर्ट तयार गरी गोरखले रसी लगाई आत्महत्या गरेको भनेर आफन्तको खोजी बिना नै दाहसंस्कार गर्ने तयारी गर्दछन । तर मिडियाले पत्रिकामा फोटो छाप्छ । हिन्दी भाषामा “कसैले चिनेको भए मृतक गोरखको लास बुझिलिनोस्” भनेर ।

    यो खबर भारतमा काम गर्ने नेपाली सङ्घसंस्थाले थाह पाउँछन् र उनीहरूले उक्त होटल मालिक विरुद्ध मुद्दा लगाउँछन्; क्षतिपूर्तिको माग गर्दछन् र दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढ्छ ।

    पत्रिकामा छापिएको फोटोले होटल मालिक अप्ठ्यारोमा पर्छ । हुन त ऊ जसरी पनि बचेको हुन्छ । जसलाई मार्न लगायो, आखिर उनीहरूलाई नै कबुलियत गराई पैसामा किन्छ र उनीहरूलाई नै फसाउँछ ।

    उता भुन्टीकी आमा पतिवियोग, छोरीको हत्या र अहिले छोराको हत्याको पिरले छटपटाइरहेकी हुन्छिन् । बाचेर पनि मरेकोजस्तो जिन्दगी हुन्छ ।

    उनी हात जोडेर न्यायको प्रार्थना गर्दछिन् । रुने, कराउने र सहयोगको अपिल गर्दै वर्षाै बितिसक्दा पनि न्याय मिल्दैन । सबै सपना भत्किन्छन् । अप्ठ्यारो जीवन, नातिनीको पिरले फेरि सताएको हुन्छ । सबै मनका आकाङ्क्षा जलेर खरानी हुन्छन् । यता गोरखको मुद्दा त कोर्टसम्म पुगेको हुन्छ । छोरी भुन्टीको मुद्दा भने अहिलेसम्म दायर पनि हुन सकेको छैन । गोरखको फैसला आउन बाँकी छ ।

    यो समाज, मानवता गुमाएका मानिस, हेपिएका नागरिक, दबिएका आवाज, बिकाउ पुलिस प्रशासन, अन्यायी अदालत, महिलामाथिको यति ठुलो अन्याय, गरिबमाथिको हेलचेक्राइँ, झुटले गर्दा अब भुन्टीको कुनै खोजी हुन सक्दैन भन्ने कुराले भुन्टीकी आमा विलापमा पर्दछिन र भन्छिन– यस्तो अवस्था कसैलाई पनि नआओस्, गरिबलाई न्याय मिलोस् ।

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.