काठमाडौँ। सरकारले आगामी फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
Advertisement
गत फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको हो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।