• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सम्झनामा मित्रलाल शर्मा


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • बेलबहादुर रजाली मगर ।।
    आजभन्दा ५ वर्षअगाडि आजकै दिन २०७२ फागुन १३ गते तदनुसार २५ फेब्रुरी २०१६ का दिन मित्रलाल शर्माको असामयिक निधन भयो ।

    Advertisement

    २०७२ फागुन ३ गते उहाँ बुटवलबाट कपिलवस्तु जाने क्रममा मोटरसाइकल दुर्घटनामा पर्नुभयो । उहाँलाई पहिले लुम्बिनी अञ्चल अस्पताल (बुटवल) र पछि वीर अस्पताल (काठमाडौँ) मा उपचार गराई थप उपचारका लागि गङ्गालाल अस्पताल (बाँसबारी, काठमाडौं) मा फागुन १३ गते भर्ना गरियो । गङ्गालाल अस्पतालमा भर्ना गरेकै दिन केही बेरपछि उहाँको निधन भयो ।

    खासगरी भारतमा रहने नेपालीका लागि मित्रलाल शर्मा चीरपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि भारत प्रवासमा रहेका नेपालीको हकहितको रक्षाका लागि आवाज बुलन्द गर्दै आइरहनुभयो । त्यति मात्र नभई स्वदेशभित्र चल्ने विभिन्न राष्ट्रियता र जनसरोकारसित सम्बम्धित आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभयो ।

    उहाँले अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय अध्यक्षको जिम्मेवारी निभाइसक्नुभएको थियो भने नेपालभित्र गई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को पनि केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

    उहाँको निधनपश्चात नेकपा (मसाल) ले जारी गरेको वक्तव्यअनुसार उहाँ सो पार्टीको पोलिटब्युरो सदस्य तथा क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) को एसियन काअर्डिनेसन कमिटिको कोषाध्यक्ष पनि हुनुहुन्थ्यो ।

    २०७२ फागुन ७, ८ र ९ गते बुटवलमा राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन हुन गइरहेको थियो । त्यही सम्मेलनको तयारीको सिलसिलामा उहाँ बुटवलमा खट्नुभएको थियो । बुटवलबाट घर जाने क्रममा उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनापश्चात उपचारको क्रममा उहाँ खतरामुक्त रहेको खबर पनि आयो । उहाँले अस्पतालको बेडबाटै राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको जानकारी पनि लिइरहनुभएको थियो ।सबैलाई मित्रलालजी छिट्टै निको हुनुहुने छ भन्ने आसा थियो, तर सोचेजस्तो हुन सकेन र सदाका लागि हामीबाट टाढा हुनु भयो ।

    मैले मित्रलालजीलाई चिन्दा तत्कालीन अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ हरियाणाको हिसारमा जागिर गर्नुहुन्थ्यो र कार्यक्षेत्र सुदूर पश्चिमोत्तर क्षेत्र पर्दथ्यो भने हामी पश्चिमोत्तर क्षेत्र अन्तर्गत क्रियाशील थियौँ । फरक कार्यक्षेत्र भएकाले हाम्रो भेटघाट कमै हुन्थ्यो । प्रायः केन्द्रीयस्तरको सभा÷सम्मेलन वा भारतका नेपालीमाथि घट्ने विभिन्न घटना विरुद्ध दिल्लीमा हुने सभा जुलुसमा मात्रै उहाँसँग भेट हुन्थ्यो । दिल्लीमा हुने हरेक जुलुसमा प्रायःजसो उहाँ अग्रपङ्क्तिमा उभिएर चर्को चर्को स्वरमा नारा लगाउनुहुन्थ्यो ।

    मित्रलाल शर्माको जन्म २००९ मङ्सिर १६ गते तदनुसार १ दिसेम्बर १९५२ मा भएको थियो । उहाँको पुख्र्याैली घर अर्घाखाँची भए पनि कपिलवस्तुमा बसोबास गर्दै आउनुभएको थियो ।

    उहाँलाई मैले नजिकबाट चिन्ने मौका जयपुरको मन्जू नेपाली वेपत्ता प्रकरण विरुद्धको जुलुसबाट पाएँ । जयपुरमा रामेछाप जिल्ला घर भएका रतनसिंहकी छोरी मन्जू रहस्यमय तरिकाबाट हराएकी थिइन् । आफ्नै घर मालिकनीको इसारामा छोरीको हातबाट बुबा रतनसिंहलाई विष मिलाइएको जुस खुवाएर बेहोस गराई भारतीय केटोसँग मन्जूलाई भगाइएको थियो । घर मालिक्नीको प्रशासनमा पहुँच भएका कारण त्यो घटनाको छानबिन प्रक्रियालाई अगाडि बढाउन निकै सङ्घर्ष गर्नुपरेको थियो । त्यस क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र राजस्थान नेपाली सेवा समाजको संयुक्त आयोजनमा विशाल जुलुस आयोजना गरियो । जुलुसपछि आमसभा गर्ने र राजस्थानका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो ।

    दिल्लीबाट मित्रलाल शर्मा, लीलानाथ कुशुम, कपिल खनाल, गिरधारीलाल न्यौपाने आउनुभएको थियो । जुलुस यति विशाल थियो कि आयोजकसमेत आश्चर्यचकित बनेका थियौँ । जुलुसको स्टेच्यु सर्किलबाट सुरु भई मुख्यमन्त्री निवाससम्म जाने कार्यक्रम थियो, तर पुलिसले धारा १४४ लागेकाले जुलुसलाई मुख्यमन्त्री निवासभन्दा आधा किमि पहिल्यै सिभिवल लाइन्स फाटकमा रोक्यो । सिभिल लाइन्स फाटकमै जुलुस आमसभामा परिणित भयो ।

    आमसभामा मित्रलालजीको भाषण गर्ने पालो आयो । अस्थायी रूपमा बनाइएको मञ्चमा उभिएर मित्रलालजी बोल्न थाल्नुभयो । सुरुमा केही बेर नेपाली भाषामा सम्बोधन गर्नुभयो । त्यसपछि जब हिन्दीमा बोल्न थाल्नुभयो । जनताबाट तालीका वर्षा हुन थाले । उहाँ राजस्थान सरकार र प्रशासनको विरुद्ध हिन्दीमा यति राम्रो र प्रष्ट बोल्नुभयो कि प्रदर्शनकारी कानेखुसी गर्न थाले, एकता समाजमा यस्ता नेता पनि रहेछन् भनेर ।

    साँगुरो ठाउँ, विशाल जनता, केही कदमअगाडि धारा १४४ लागेकोले पुलिसलाई धेरै धौ भएको थियो । त्यही बेलामा एउटा घटना घट्यो । भिड़लाई व्यवस्थित गर्ने क्रममा एक जना पुलिस र जनतामाझ भनाभन हुन थाले छ । मित्रलालजीको ध्यान तुरुन्तै त्यता गएछ । आफ्नो भाषणलाई बिचमै रोकेर मित्रलालजीले त्यो पुलिसलाई “आप हमारी सुरक्षा के लिए आए हैं, हमको डिस्टर्ब करने के लिए नहीं” भन्दै माइकबाटै हिन्दीमा हप्काउनुभयो । पुलिस हेरेकोहेर्यै भए । प्रदर्शनकारी खुसीले चिच्याउँदै ताली बजाए । जयपुरमा भएको त्यो कार्यक्रमबाट सङ्गठनका स्थानीय कार्यकर्ताले पनि मित्रलालजीलाई चिन्न थालेका थिए ।

    मित्रलालजी समयलाई निकै अमूल्य ठान्नुहुन्थ्यो । समयको हरेक पलको सदुपयोग गर्नु हुन्थ्यो । कार्यक्रम आयोजना गर्दा साथीहरू जुट्न केही ढिला गरे भने त्यो समयमा बाँकी रहेका कामको योजना बनाउन थाल्नुहुन्थ्यो । एक चोटि एउटा कार्यक्रममा म्याडम लक्ष्मीजीलाई पनि लिएर आउनुभएको थियो । कार्यक्रममा गिरधारीलाल न्यौपाने पनि आउनुभएको थियो । भोलि बिहानै ५ बजेको ट्रेन भएकोले राती कार्यक्रम सकिएपछि गेस्टहाउसमा सुत्ने व्यवस्था गरिएको थियो । कार्यक्रम सकिएपछि हामीसँगै गेस्टहाउसमा गई खाना खाएपछि एउटा कोठामा उहाँहरूको लागि बिस्तरा मिलाइदियौँ र हामी केही स्थानीय साथीहरू अर्को कोठामा गई सुत्यौँ । राती १ बजेतिर म जागेँ । उहाँहरूको कोठाबाट आवाज आइरहेको सुनेँ । म उठेर थोरै ढोका खोलेर भित्र हेर्दा गिरधारीलालसँग बसेर सङ्गठनको हिसाबकिताब मिलान गरिरहनुभएको थियो । यसरी समयको एक एक पलको सङ्गठनको काममा सदुपयोग गर्नुहुन्थ्यो उहाँले ।

    उहाँ आर्थिक रूपमा अत्यन्तै मितव्ययी हुनुहुन्थ्यो । काम गर्ने क्रममा आर्थिक पक्ष महत्त्वपूर्ण हुने भएकाले सकेसम्म थोरै खर्चमा काम सम्पन्न गर्नुपर्ने धारणा राख्नुहुन्थ्यो । एक पटक राजस्थानमा रहेका नेपालीको समस्यालाई लिएर जयपुरमा पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मेलनमा मित्रलालजी आउनुभयो । पत्रकार सम्मेलनका लागि दुई पृष्ठको प्रेसवक्तव्य दिल्लीबाटै टाइप गरेर ल्याउनुभएको थियो । जयपुरमा आएर साथीहरूसित सल्लाह गर्दा उक्त वक्तव्यमा स्थानीय मुद्दालाई समेटने गरी एकदुई वटा बुँदा थप्नुपर्ने भयो । तर त्यसो गर्दा म्याटर दुई पृष्ठमा अटाएन । मैले एक पृष्ठ अझै थपी तीन पेजको प्रेसवक्तव्य बनाउनुपर्ने सुझाव दिएँ । तर मित्रलालजीले एक पृष्ठ थप गर्दा त्यसको टाइप र फोटोकपीको पैसा बढ्ने भएकाले त्यो भन्दा बरु फन्टको साइज सानो गरेर दुई पृष्ठमै अटाउँछ भन्नुभयो । हामीले त्यसै गर्यौं ।

    मित्रलालजी युवापुस्तालाई राजनीतिक र सामाजिक रूपमा अगाडि बढाउन जहिले पनि तयार हुनुहुन्थ्यो । शोषणमूलक समाजलाई परिवर्तन गरी समतामूलक समाज निर्माण गर्न युवाको नै महत्त्वपूर्ण भूमिका हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । एक पटक राजस्थानको भिवाडीमा एउटा सैद्धान्तिक प्रशिक्षण शिविरको अयोजना गरिएको थियो । उहाँ प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । युवाहरूलाई पनि सैद्धान्तिक रूपमा तिखार्नुपर्छ भन्ने हेतुले हामी नयाँ मान्छेले पनि आधा आधा घण्टा प्रशिक्षण दिने कुरा भयो । तर जति बेला हाम्रो क्लास चलाउने पालो आउँथ्यो, मित्रलालजी त्यहाँ हलमा देखिनुहुन्नथ्यो । पछि उहाँले भन्नुभयो– यदि तपाईंहरूले क्लास चलाउँदा म त्यहाँ उपस्थित हुने हो भने तपाईंहरू पुराना मान्छेलाई देखेर आत्तिनुहुने छ र ध्यानकेन्द्रित गर्न सक्नु हुने छैन । तपाईंभित्रको क्षमता प्रष्फुटनका लागि सहज वातावरण हुन आवश्यक हुन्छ । त्यसैले तपाईंको पालो आउँदा म बाहिर गएको हुँ । यसरी युवा पुस्तालाई अगाडि बढाउन सधँै कोसिस गर्नुहुन्थ्यो उहाँले ।

    जहिले पनि जनता, पार्टी र सङ्गठनको हितमा चिन्तित रहने एउटा असल नेतृत्वकर्ता, अभिभावकलाई गुमाउनुपर्दा सङ्गठनलाई अपुरणीय क्षति पुगेको छ । मान्छे जन्मनु र मर्नु प्रकृतिको शाश्वत नियम हो, तर मृत्यु दुई प्रकारको हुने गर्दछ ः एक खालको मृत्युमा पात झरेजस्तो मात्र आभाष हुन्छ भने अर्को खालको मृत्युमा आकाश खसेजस्तो लाग्छ । मित्रलालजीको असामयिक निधन हुँदा शोषित–पीडित नेपालीका लागि आकाश खसेजस्तो आभाष भएको थिया ।

    आज उहाँ बितेको पाँच वर्ष भइसक्यो । मित्रलालजी भौतिक रूपमा हाम्राबिचमा हुनुहुन्न । तर पनि उहाँसँगका अविश्मरणीय सम्झना ताजै छन् । उहाँले देखाएको बाटो छ, जुन बाटोमा हिड्नु छ । उहाँले देखेका अधुरा सपना छन्, जसलाई पूरा गर्ने दायित्व हाम्रो काँधमा छ ।

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.