पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ८ बैजनाथ टोलमा राष्ट्रिय जनमोर्चाको ३ नम्बर टोल भेला सम्पन्न भएको छ । भेलाले माया लुहारको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सहसंयोजकमा सुन्दर सिंह महरा, सचिव बबिता विष्ट र कोषाध्यक्षमा हरिना लुहार रहनुभएको छ ।
Advertisement
अखिल (छैठौं) का महासचिव महेशराज जोशीको विशेष उपस्थितिमा सम्पन्न भेलामा अखिल नेपाल युवक संघ सुदूरपश्चिम प्रदेश सदस्य भुपेन्द्र भण्डारी, राजमो नेता मानबहादुर टेर, नरेन्द्र साउदलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
राजमो वडा सहसचिव गणेश नाथको अध्यक्षता र अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।