काठमाडौँ । नेकपा (मसाल) ले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलालाई स्वागत गरेको छ ।
Advertisement
त्यसका साथै पार्टीले प्रतिनिधि सभा पुनःस्थापनाका लागि सङ्घर्ष गर्ने सबैलाई धन्यवाद पनि दिएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ फागुन ११ गते जारी प्रेसवक्तव्यमा भनिएको छ–
“सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलालाई नेकपा (मसाल) ले स्वागत गर्दछ । संसद विघटनका विरुद्ध सङ्घर्षमा उत्रिएका सबै राजनीतिक सङ्गठन, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा सम्पूर्ण जनतालाई हामीले धन्यवाद दिन चाहन्छौँ ।”