• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रतिगमन विरूद्धको आन्दोलनमा प्रवासी नेपालीको भूमिका


  •   शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
  • देबेन्द्र बस्याल

    Advertisement

    मानव जब जंगली अवस्थाबाट सभ्य समाजमा प्रवेश गर्यो, त्यतिबेला देखिनै मानिसहरुले समाजमा के गर्न हुने, के गर्न नहुने जस्ता समाजिक नियम–कानुनहरु बनाएर समाजलाई मर्यादित बनाउने कोशिस गरेको देखिन्छ । जस्तो कि खाने पानीको वरीपरी थान बनाउने, पुजा गर्ने चलन थियो र त्यहाँ वरिपरी दिसापिसाव गर्नुहुन्न भन्ने जनचेतना फैलाउने र त्यो क्षेत्रलाई सफा राख्ने गरेको इतिहास अहिले पनि ताजै छ ।

    उनीहरुले बालीनाली भित्र्याउनुपूर्व देवतालाई चढाएर मात्र खानु पर्छ भन्ने नियम बसाएका थिए । जस्तो कि मकैको सुत्ला लाग्न थालेपछि नै खान थाल्ने हो भने अवस्था के होला ? यसरी पहिलेका मानिसहरुले समाजलाई एउटा बन्धनमा राखेर सभ्यताको विकासमा अघि बढेको देखिन्छ । त्यसरी यदी कसैले खानेपानीको मुहान वरिपरी दिसापिसाव गरेको खण्डमा उसलाई देवताले सजाय दिने कुरा अथवा विषेशगरी केटाकेटीहरुका कान काटिदिन्छन् भन्ने जस्ता डर, त्रास देखाएर कानुनको पालना गर्न लगाउँथे ।

    समाज त्यतिवेला अस्तव्यस्त थियो । यौनको सवाल, खाद्यान्नको सवाल, निवासको सवाल, खेतीपातीको सवाल, पशुपालनको सवाल अत्यन्तै कठिन अवस्थाबाट समाज गुज्रेको थियो । त्यो बेला बनाइएका नियम कानुनहरु कडाईका साथ पालना नगरिएको हुन्थ्यो भने अहिलेको अवस्थामा मानव समाज आइपुग्न अरु धेरै समय लाग्ने थियो । अहिले हामीले देखेका मठ मन्दिर, विभिन्न धर्म, धार्मिक ग्रन्थहरु यी सबै कुराहरु समाजलाई, राष्ट्रलाई वा देशलाई संचालन गर्नको लागि बनाइएका नियम कानुनहरु बाहेक अरु केही होइनन् । त्यसैले लिखित वा अलिखित जुनसुकै कानुनका वा नियमका सर्वमान्य विषयहरुलाई कडाइकासाथ पालना गर्ने वा लागू नगराउने हो भने समाज विनामियोको दाईं जस्तो भद्रगोल वा लथालिङ्ग बन्न जान्छ ।

    नियम कानुन बनाउने ठूलो कुरा होइन ठूलो कुरा त त्यसलाई कार्यन्वयन गर्नु हुनजान्छ । एकजना भारतीय लेखकले भनेका छन् ‘हाम्रो देशमा नेता, डाक्टर र बाबाहरु धेरै छन् । त्यसैले देश पछि परेको छ । किनभने उनीहरुले कानुनको पालना गर्नु पर्दैन ।’

    हो, भारतमा पनि कानुन बनाउन उनीहरु सिपालु छन् तर कार्यन्वयन पक्ष कमजोर छ । नेता, बाबा, र डाक्टरहरुका आडमा ठूलाठूला अपराधीहरुले पनि उन्मुक्ति पाउने गर्दछन् । त्यो रोग हाम्रो नेपालमा पनि छ । हामीले भन्ने गरेका छौं, हाम्रो देशको संविधान संसारकै उत्कृष्ठ संविधान हो जुन नेपालीहरुले बनाए । हामीले केकानै राम्रो संविधान वनायौं भनेर नाक फुलायौं । तर त्यही संसारकै उत्कृष्ठ संविधानको पालना गर्नुपर्ने प्रधानमन्त्रीले नै गलत प्रयोग गरे ।

    संविधानमा हुँदै नभएको प्रावधान छ भनेर ढिपि गरेर संविधानलाई कोमामा पुर्याउने काम गरियो । आखिरमा जसलाई जे मन लाग्छ त्यही गर्ने हो भने लिखित संविधान बनाउनुको अर्थ के नै रह्यो र ? यो त के हो भने परीक्षामा पास हुन नसकेको झोकमा पुस्तक च्यात्ने, खेलमा हारेपछि नेट च्यात्ने, बल फुटाउने, घाँस काट्न नजानेर हँसियाले हात काट्यो भने हँसिया नै भाँचिदिने, बुढाबुढीको कलझगडा भएको रिसको झोकमा घरमै आगो लगाउने जस्तो हो ।

    देशको संविधान नमान्ने त्यसलाई च्यातचुत पार्ने खालको सनकको राजनीतिक चरित्र भएको नेतालाई राज्यसत्ता सुम्पनु दूर्भाग्य हो । हो, कसको मनमा को पस्न सकिन्छ र ? मान्छेको मनको कुरा कस्ले बुझ्न सक्छ ? हिजो राष्ट्रियताको नारा दिएर प्रधानमन्त्री केपी ओलीले जनताको मन जित्ने कोशिस गरे । हामीले उनले गरेका कैयौं राम्रा कामहरुको समर्थन पनि गरेका छौँ । तर अहिले आएर उनले संविधानलाई नै धरापमा पार्ने जुन असंवैधानिक काम गरेका छन्, त्यसको कडा शब्दमा विरोध गर्दै संविधानको रक्षाको आन्दोलनमा सबै पक्षसँग एकाकार हुनु अहिलेको हाम्रो कर्तव्य हो ।

    हामीले देशको यो दयनीय अवस्थामा संसारभरी रहेका नेपाली समुदायलाई नेपालको संविधानको रक्षाका निमित्त देशमा चलिरहेका जनआन्दोलनलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न हार्दिक अपील गर्दछौं । र त्यस आन्दोलनले नै हाम्रो संविधानको रक्षा गर्दै नेपाललाई भारत तथा अमेरीकाको कठपुतली बनाउनबाट बचाउने छ भन्ने दृढ विश्वास गर्दछौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चमा चलिरहेको बहसमा सरकारी वकिलहरुले नयाँ निर्वाचनपछि संविधानमा रहेका नागरिकता र समानुपातिक प्रतिनिधित्वका व्यवस्था परिमार्जन तथा अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौता पारित गर्नका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

    यस कोणबाट हेर्ने हो भने पनि बुझ्न कुनै गाह्रो पर्दैन कि ओलीद्वारा अमेरीका र भारतकको आकांक्षा पुरा गराउनको लागि नै प्रतिनिधि सभा भंग गएिको हो । यसले के देखाउँछ भने अब तेस्रो जनआन्दोलनको रुप दिन प्रतिदिन बढेर गएको छ । यो अवस्थामा सबै बामपन्थी शक्तिहरु, प्रवासी नेपालीहरूको एकै स्वर तथा अग्रगमनका पक्षधर दलहरुको संयुक्त पहलमा नै नयाँ प्रतिगमनलाई परास्त गर्न सकिने छ ।

    शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.