• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिबारे स्थिति स्पष्ट गर्न भारतसित नेकपा (मसाल) को माग


  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारत त्रिपुराका मुख्यमन्त्री विप्लब देवले नेपाल र श्रीलङ्कामा भारतीय जनता पार्टीको सरकार विस्तार गर्ने भनी दिएको अभिव्यक्तिबारे आफ्नो स्थिति स्पष्ट पार्न भारतको केन्द्र सरकारसित माग गरेको छ ।

    Advertisement

    पार्टीका प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ फागुन ६ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो माग अघि सारेको हो ।

    भारतका पूर्व गृहमन्त्री वल्लबभाइ पटेलदेखि आयङ्गरसम्मका अभिव्यक्ति त्यही प्रकारको भएको उल्लेख गर्दै पार्टीले वक्तव्यमा विप्लब देवको अभिव्यक्तिप्रति घोर विरोध तथा भत्र्सना गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “भारतीय साम्राज्यवादको प्रवृत्तिको प्रतिबिम्बित हुने गरी भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतका वर्तमान गृहमन्त्री अमित साहले ‘नेपाल र श्रीलङ्कामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना रहेको’ भनी आफूलाई बताएको कुरा हालै एउटा कार्यक्रममार्फत सार्वजनिक अभिव्यक्तिप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षण भएको छ । त्यो अभिव्यक्तिको घोर विरोध तथा भ्रत्र्सना गर्दै यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    उनको यो अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको छ । सर्वप्रथम यो अभिव्यक्ति एउटा राज्यको मुख्यमन्त्रीको मात्र नभएर भारतको केन्द्रीय सरकारका गृहमन्त्रीले नै नेपाल र श्रीलङ्कामा भाजपाको सरकार विस्तार गर्ने बताएको कारणले यो कुरा भारतको केन्द्रीय सरकारसँग जोडिन आउँछ । तसर्थ यसबारेमा भारतको केन्द्रीय सरकारले नै आफ्नो स्थिति स्पष्ट पार्नुपर्दछ । नेपाललाई भारतमा गाभ्न वा विलय गर्न अमित साह वा विप्लब देवको मात्रै योजना नभएर विगतमा बल्लभभाइ पटेलदेखि आयङ्गरसम्मले यस प्रकारको योजना सार्वजनिक गर्दै आएका छन् । त्यसको पछिल्लो कडीको रूपमा साहको योजनालाई विप्लव देवले सार्वजनिक गरेका छन् ।

    नेपालका विरुद्ध उनले दिएको विवादास्पद अभिव्यक्तिबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता, राष्ट्रियता र स्वतन्त्रतामाथि बारम्बार प्रहार गर्दै आएको छ । त्यसको हामीले दृढतापूर्वक विरोध र भ्रत्र्सना गर्दछौँ ।”

    बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.