• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

उथलपुथल (कथा)


  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
  • रवि पौडेल ।।
    चराचुरुङ्गीहरू आफ्नै तालमा चुँचुँ र चाँचाँ गर्दै उडिरहेका थिए । हावाहुरी र चट्याङबाट गुज्रिएको जीवन कसलाई सरल हुन्थ्यो र ?

    Advertisement

    दिनभरि भँगेराहरू गुँड बनाउँथे । एकैछिनको हुरीले तहसनहस पारिदिन्थ्यो । फूलबाट चल्ला कोरल्न बसेकी पोथी भगेरालाई कति पीडा भयो होला ?

    उता ढुकुरले भर्खरै चल्ला फुर्रफुर्र उड्ने बनाउँदै थियो । ठुलो र मुसलधारे पानी आयो । त्यसैमा ठुला ठुला असिनाले ती प्यारा बचेराहरू थिचिदियो । मुस्किलले ज्यान जोगाएकी पोथी ढुकुरले भोलि पल्ट बिहानै गुड रित्तो भएको देखेर रुखको फेदमा हेरी आफ्ना बचेरालाई कमिलाले खाइरहेको देखिरही ।

    आँखाभरि आँसु बगाउँदै फेदीमा झरी पोथी भँगेरा र यताउता पल्टाएर सुँघी । तर ती सन्तानले यो संसार छोडिसकेको थाहा पाई उसले । रुँदै आफ्नो पतिलाई इसारा गरी । उसले बुझेरै सहमति जनायो र भन्यो– प्रियसी यहाँ ठुलो उथलपुथल हुँदै छ ।

    यस्तै नियति चिबेचरालाई पनि परेको थियो । यो वर्ष चिबेचराले आफ्नी प्रियजनलाई भनेको थियो– नआत्तिनू, अझ यहाँ के के हुन्छ ? हुन पनि त्यो वर्ष निकै ठुलो क्षति भएको थियो । चराचुरुङ्गीलाई मात्रै होइन, मानव समाजलाई पनि असर पार्ने ठुला ठुला घटना भएका थिए ।

    कतै हुरीले गुँड बगाएका थिए । चराहरू रुखमुनि पुरिएका थिए । कतिका घरमा आफ्नो सदस्यको पीडाले आँसु बगाएका थिए । कतै डुबानमा परी लाखौँ घरवारविहीन भएका थिए । ठुलो सङ्ख्यामा घरपरिवारले आफ्ना सदस्य गुमाउनुपरेको थियो ।

    कतै राक्षसले कलिला बचेराको अस्मिता लुछिरहेका थिए; मानौँ, दयामाया नै छैन । आँसु र रोदनले आमाका शरीर भिजेको मात्र होइन, आकास गुन्जिएको थियो । डरत्रास र भयले गाउँ नै त्रसित थियो । जसरी ढुकुर र भँगेरालाई त्रास परेको थियो, त्योभन्दा निकै दर्दनाक थियो त्यो पीडा ।

    यसै वर्ष जङ्गलको पश्चिमपट्टि ठुलो जातीय घटना भयो । ढुकुरीले भँगेरालाई माया गरेको देखेर ढुकुरहरू रिसाए । आफ्नो औकात देखाउँदै करिब आधा दर्जन भँगेरा मारेर आफ्नो चुच्चोले समाती नजिकैको नदीमा लगेर बगाइदिए ।

    धेरै माथि उडिरहेको चिबेचराले भन्यो– यो पनि त उथलपुथल नै होला ?

    उसले भन्यो– दयामाया नभएकाहरू !

    केही समयपछि ठुलो आवाज आयो । चिबेचरा उड्यो र एकपटक चारैतिर घुमेर आयो । यति बेला गाउँ गाउँमा बादल फाटेको आवाजले चट्याङ परिरहेको थियो । एकैछिनमा उसले सारा गाउँ रोएको सुन्यो । के भयो भनी नजिकै रुखमा बसेर के नियालिरहेको थियो, सबै जनावरहरू भुइँमा छट्पटाइरहेको देख्यो उसले । तिखो बुद्धि भएको चिबेचराले सजिलै बुझ्यो, यहाँ पशुपन्छीको नोक्सान भएको छ । उसले लामो सुस्केरा लियो र उडेर पल्लो डाँडामा गयो । उथलपुथलको यो घटनाले ऊ हैरान भयो ।

    अर्को दिन बन्दुकको गोलीको जस्तो आवाज सुनियो । के भयो भनी बुझ्न ऊ धेरै टाढाबाट कष्ट गरेर त्यहाँ पुग्यो । त्यहाँ आफ्नै चरा बाजबाट मारिएको देखेर आँसु बगायो । आफ्नोपनको अभाव भएको महसुस गर्याे उसले । उसलाई थकान लागेर आयो । सुरक्षामा खटिएका भाले मूकदर्शक बनेको देख्यो । मनमनै विचार गर्याे उसले, हेडक्वाटरबाट आदेश नदिएपछि भाले पनि एउटा लठ्ठीको भरमा गोलीको सामना कसरी गर्ने ? आफैलाई प्रश्न गरी भुरुरुरु उडेर आफ्नो गुँडमा गयो ।

    तर समय ठिक थिएन । भोलि के हुने हो भन्ने पिरले सताएको थियो ।

    भँगेराहरूको गुँड हावाले उडायो । ढुकुरका बचेरा मरे । चिबेचराका सन्तान पनि पहिराले रुख बगाउँदा हराएका थिए । जसरी भए पनि आफ्नो जोडी अहिलेसम्म बचेकोमा चिबेचराले गर्व गर्याे ।

    जताततै डर, त्रास, निरासा छाएको थियो । कानुनको खिल्ली उडाउँदै राक्षसहरू नाचिरहेका थिए । कानुन के हो ? कसैले पालना गरेको थिएन । न्याय के हो ? कसैले महसुस गरेको थिएन, जसरी पोथी ढुकुरीले न्याय पाइनन्, दुई वटै बचेरा भुइँमा कमिलाले खाइदिए ।

    बाजहरू समृद्धि र विकासको गफ हाँकिरहेको देखेर चिबेचरा खित्का छोडेर चिच्यायो र धर्ती गुन्जायो ।

    हेर्दाहेर्दै सडकमा फेरि रातासेता झण्डा हल्लाउँदै मानवरूपी सागर देखियो । गुँडबाट पोथी ढुकुरले ढुकुरलाई इसारा गरी– “यो के हो ?”
    “हुन दे, म खाना लिएर आउँछु” भन्दै ढुकुर उडेर गयो ।

    सडकपेटीमा होहल्ला भयो । जिन्दावाद र मुर्दाबादका नारा लागे । कोही भोकै, कोहि खाली खुट्टा । ठुला ठुला कुरा, ठुला ठुला गफ, विकासका नारा । कोही विकास छैन भन्ने, कोही भारी विकास भएको भाषण गर्ने । एकले अर्कोलाई आरोप–प्रत्यारोप, भाडभैलो ।

    के भएको होला भनेर पत्ता लगाउन चिबेचरा त्यहाँ पुग्दछ त त्यहाँ अर्को हत्या भएको रहेछ । त्यहाँ बाजले निर्बला भँगेरीमाथि अत्याचार गरिरहेको थियो । तर विरोध र समर्थन दुवै देख्न पाइने कस्तो बिडम्बना !

    कसैमाथि अत्याचार हुँदा पनि त्यहाँ ताली बज्दो रहेछ । गाली गर्नुपर्ने ठाउँमा ताली बजेको देखेर चिबेचरा पनि हैरान हुन्छ ।

    भँगेरा, ढुकुर र चिबेचरालाई अहिले यही पिर परेको छ । किनकि पटक–पटकको उथलपुथलले सबैभन्दा बढी साना साना चरा नै च्यापिएका छन् ।

    बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.