सुवाश जि.सि., प्युठान ।
झिमरुक गाउँपालिका वडा न.५, (साविक ओखरकोट गाविस वडा न.७) चुँधाराका अधिकांश परिवार राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् ।
राजमोले प्युठानमा सञ्चालन गरेको ‘संगठन र संघर्ष’ अभियान अन्तरगत चुँधारामा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन परिवार जनमोर्चामा समाहित भएका हुन् ।
त्यसरी पार्टी प्रवेश गर्नेहरुमा खोमबहादुर केसी (खुविराम), विष्णुप्रसाद पोख्रेल, लक्ष्मण पोख्रेल, हरि पोख्रेल, यमन्त पोख्रेल, शिवराम रोका, शंकर रोका, कमल रोका, तुलसिराम पोख्रेल, विष्णु पोख्रेल, मुना पोख्रेल, सीता भट्टराई लगाएत हुनुहुन्छ । उहाँहरुले राष्ट्रिय जनमोर्चा नै देशको सच्चा पार्टी भएको र स्थानीय तहको विकासमा निरन्तर लागि परेको बताउँदै पार्टी प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका सचिव वीरबहादुर जि.सि., झिमरुक गाउँपालिका अध्यक्ष तिलक जि.सि., वडा न.५ का अध्यक्ष टीका जि.सि. ले उहाँहरुलाई पार्टीमा स्वागत गर्दै राजनैतिक र समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता खोमबहादुर के.सी र संचालन वडा न. ४ का अध्यक्ष सिताराम पोख्रेलले गर्नुभएको थियो ।