काठमाडौं । नेपाल आयल निगमले एक हप्ता भित्रै पेट्रोलियम पदार्थको मूल्य दुई चोटि बढाएको छ । गत माघ २८ गते मूल्यवृद्धि गरेको निगमले मंगलबार फेरि बढाएको छ ।
Advertisement
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल पेट्रोल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बढेको मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ भने डिजेल ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यसैगरी हवाइ इन्धन प्रतिलिटर ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजार भाउमा वृद्धि भएको र इण्डिन आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगमलाई अझै पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २ सय ९५ रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।