कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला समितिले आगामी २०७७ फागुन १ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने भएको छ ।
राजमो नवलपुरले दिएको जानकारीअनुसार अन्तरक्रियामा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित “संसद विघटन र प्रतिगमनको खतरा” शीर्षकको अवधारणा पत्र राजमोका जिल्लाध्यक्ष दीपक पाण्डेले प्रस्तुत गर्नुहुने छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीका साथै नेकपाका तर्फबाट संविधान सभा सदस्य कृष्ण पौडेल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गोपेन्द्रकेसरी न्यौपाने र वामपन्थी नेता युवराज पन्थी अतिथिको रूपमा उपस्थित हुने टुङ्गो लागिसकेको छ ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसको तर्फबाट पनि प्रतिनिधिको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रम गैँडाकोट नगरपालिका–१ स्थित श्रीराम पार्टी प्यालेसमा सम्पन्न हुने जिल्लाध्यक्ष पाण्डेले जानकारी गराउनुभयो ।