शंकरप्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका वडा नं ६र ७ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले दुवै वडा समिति पुनर्गठन गरेको छ ।
भेला पूर्व विभिन्न राजनीतिक पार्टी परित्याग गरी २५ जना व्यक्तिहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राजमोका जिल्ला सदस्य सूर्य थापा, जिल्ला सल्लाहकार पृथ्वी कुँवर लगायतका नेताहरुले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य थापा, सल्लाहकार कुँवर, नेताहरु चन्द्रप्रकाश भट्टराई, प्रेम अर्याल, तार जिसिले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा वक्ताहरुले ओली सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्दै सशक्त आन्दोलन उठान गर्नुपर्नेमा जोड दिनृुभएको थियो ।
भेलाले वडा नं मा ६ खिमबहादुर कुँवरको अध्यक्षतामा सात सदस्य समिती गठन गरेको छ । समितिको सचिव विष्णु कुँवर, कोषाध्यक्ष डोरप्रसाद पौडेल, सदस्यहरु देवेन्द्र कुँवर, रमेशचन्द्र कुँवर र ओमबहादुर कुँवर रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
त्यसैगरि भन्भने मचिवमा चरन नेपाली, कोषाध्यक्ष रिफलसिंह केसी, सदस्यहरुमा चन्दृका बिक, कविता नेपाली, चुना बिक, चन्द्र नेपाली,विष्णु बिक रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
राजमो मदानेका अध्यक्ष तथा जिल्ला सदस्य चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न भेलाको संचालन प्रकाश जिसि र स्वागत असोक बिकले गर्नुभएको थियो ।