बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न भएको छ ।
Advertisement
राजमो वडा समितिका अध्यक्ष पे्रमलाल पुरीको अध्यक्षता तथा हिमा पाण्डेको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता वासुदेव पोख्रेलले प्रशिक्षण दिँदै केपी शर्मा ओलीले चालेको असंवैधानिक र अधिनायकवादी कदमको विरुद्ध सङ्घर्ष गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा आन्दोलन अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमोका लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतम, राजमो रुपन्देहीका नेता चेतनाथ आचार्य र हरि राहाडी, राजमो सैनामैना नगर समितिका अध्यक्ष लालबहादुर क्षेत्री र सल्लाहकार जयश्वर रेग्मीको पनि आतिथ्यता रहेको थियो ।