• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हल्लैहल्लाको देश : के प्रतिगमनको खतरा पनि हल्ला मात्र हो वा… ?


  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह
    कतिपय मानिसहरूले नेपाल हल्लैहल्लाको देश हो भनेर लेख्ने वा भन्ने गरेको पनि पाइन्छ । हल्लाहरू हल्ला नै हुन्छन् । तर कतिपय बेला तिनीहरू सत्य पनि हुने गर्दछन् । त्यही प्रकारले अहिले देशमा प्रतिगमनको खतराको हल्ला पनि चलिरहेको छ । त्यो हल्ला हल्ला मात्र हुने छ वा सत्य पनि हुने छ ?

    Advertisement

    नेपालमा कैयौँ पल्ट प्रतिगमन अगाडि आउने गरेको छ; जस्तै कि २०१७ पुस १ गते र २०५९ माघ १९ गतेका घटना । ती घटनाका कारणले जनतामाथि धेरै दमन हुने गरेको वा देशलाई क्षति पनि पुग्ने गरेको छ । तर त्यसको अर्काे उज्ज्वल पक्ष यो हो– जनताले सधैँ प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने गरेका छन् र अन्त्यमा जनताको नै जीत हुने गरेको छ । अहिले पनि प्रतिगमनको जुन हल्ला चलेको छ, त्यो हल्ला मात्र हुने छ वा सत्य नै हुने छ ? त्यो कुरा जे भए पनि त्यससँग जोडिएको अर्काे शाश्वत पक्ष यो हो– त्यस प्रकारको कुनै प्रतिगामी घटना घटे पनि जनता त्यसका विरुद्ध उत्रने छन् र अन्त्यमा प्रतिगमन होइन, अग्रगमनको नै विजय हुने छ ।

    अहिले प्रतिगमनलाई खालि हल्ला मात्र भनेर त्यसलाई हल्का रूपमा लिनु सही हुने छैन् । देशमा घटनाक्रमको जुन रूपमा विकास भइरहेको छ, त्यसले प्रतिगमनको खतरालाई बढाउँदै लगिरहेको छ ।

    ओली सरकारका गलत नीति र कार्यशैलीका कारणले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध भएका देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूलाई बल पुगिरहेको थियो । तैपनि त्यो बेला यो सोच्ने आधार थियो कि नेकपाको सरकार कमसेकम गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिएको छ । अब त्यसरी सोच्नका लागि पनि आधार पूरै समाप्त भएको त नभनौँ, तर धेरै नै कमजोर भएको छ ।

    एकातिर, संसदको विघटनले देशमा गम्भीर प्रकारको राजनीतिक अस्थिरता पैदा भएको छ । त्यो स्थितिबाट देशभित्रका प्रतिगामी शक्ति वा विदेशी साम्राज्यवादी शक्तिहरूले बढी खेल्ने मौका पाइरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरूले आफ्ना नीहित स्वार्थ पूरा गर्नका लागि देशलाई प्रतिगमनतिर नै लैजान कोसिस गर्ने छन् । किनभने प्रतिगमन नै उनीहरूको हितमा हुने छ ।

    राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउन तथा राजतन्त्रको पुनःस्थापना गर्न चाहन्छन् । भारतीय साम्राज्यवादले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा आफ्नो पूरा प्रभुत्व कायम गर्न, नेपाललाई हिन्दु राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न तथा चीनसितको नेपालको सम्बन्धलाई पूरै टुटाउन वा सकेसम्म कमजोर बनाउन चाहन्छ । अमेरिकी साम्राज्यवादले नेपाललाई इन्डो–प्यासिफिक रणनीति र चीन विरोधी मोर्चामा सामेल गराउन, तिब्बतका विरुद्ध नेपालको भूमि उपयोग गर्न तथा नेपालमा आफ्नो सैनिक अखडा बनाउन चाहन्छ । अमेरिकाको त्यस प्रकारको नीति सफल भयो भने नेपाल शीतयुद्धको केन्द्र बन्ने छ । अहिले ओली सरकारका जुन प्रकारका लक्षण देखा परिरहेका छन्, त्यसबाट त्यसको राजावादी, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादप्रतिको झुकाव बढ्दै गएको त होइन ? त्यो शङ्का उत्पन्न हुन थालेको छ । खास गरेर ओली सरकारको भयदोहन गरेर उनीहरूले ओली सरकारलाई उपयोग गर्न थालेकोजस्तो देखिन थालेको छ ।

    यस सन्दर्भमा पशुपतिनाथको पूजा विशेष रूपले उल्लेखनीय छ । ओली अब कम्युनिस्ट रहेका छैनन् । त्यसकारण उनीद्वारा पशुपतिनाथको पूजालाई हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यक्ता छैन । तैपनि उनले आफूलाई कम्युनिस्ट भएको दाबी गर्दै आएका छन् । त्यो अवस्थामा उनीद्वारा पशुपतिनाथको पूजालाई सामान्य रूपमा लिनु पनि सही हुने छैन । कहीँ त्यो पूजा उनले प्रतिगामी दिशा लिन थालेको कुराको सङ्केत त होइन ?

    उपर्युक्त कारणले गर्दा नेपालमा प्रतिगमनको खतरा गम्भीर हुँदै गएको देखिन्छ । त्यो खतरालाई हल्का रूपमा लिनु सही हुने छैन् ।
    यो कुरामा कुनै शङ्का छैन कि अन्तमा प्रतिगमनको पराजय निश्चित छ । तर तात्कालिक रूपमा त्यसलाई गम्भीर रूपमा लिनुपर्दछ र त्यसलाई रोक्नका लागि ठोस तयारी गर्नुपर्दछ । त्यो तयारी भनेको प्रतिगमनका विरुद्ध जनतामा उच्च चेतना उठाउनु र उनीहरूलाई व्यापक रूपले आन्दोलित गर्नु नै हो ।

    शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.