दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वार्ड नं १ स्तरीय कार्यकर्ता भेला आज कटबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वार्ड कमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्षमा नमराज शर्मा, सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोराप्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ चयन हुनु भएको छ भने पुराना कम्युनिष्ट नेता थमबहादुर थापालाई सल्लाहकारमा चयन गरेको छ ।
वेमराज खनालको अध्यक्षता, अखिल (छैठौं) जिल्ला समितिको सदस्य दिनेश रैदासको सञ्चालन गरेको वार्ड भेलामा १०८ वर्षीय जेष्ठ नागरिक अमर चौधरी र ९३ वर्षीय जेष्ठ नागरिक लिलाधर खनाललाई प्रमुख अतिथि तथा राजमो दाङका उपाध्यक्ष महेश रिजालले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

साथै कार्यकर्ता भेलाका अतिथिहरु राजमोका पूर्व केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसी, राजमो दाङ जिल्ला समितिको सल्लाहकार गुणनिधि शर्मा, जिल्ला सदस्य कपिलदेव खनाल, राजमो एरिया समितीका सदस्य तथा जातीय समता समाज दाङ जिल्ला समितिको सदस्य राजकुमार विश्वकर्मा (कमल) लगायतले जेष्ठ नागरिक चौधरी र खनाललाई अबिर लगाई सम्मान प्रकट गर्नु भएको थियो । कार्यक्रममा राजमो राजपुर एरिया कमिटीका सल्लाहकार नवराज शर्माले स्वागत गर्नु भएको थियो ।