• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनवादी केन्द्रियता वा अराजकता


  •   आइतबार, माघ १८, २०७७ मा प्रकाशित
  • विश्वको कम्युनिस्ट आन्दोलनमालामो समयदेखि नै अन्तरसङ्घर्ष चल्दै आएको छ । त्यो अन्तरसङ्घर्ष खासगरेर दुईवटा विषयमा सम्बन्धितहुने गरेको छ । प्रथम, सिद्धान्त र राजनीतिक लाइनको प्रश्नमा । द्वितीय, सङ्गठनात्मक प्रणालीका प्रश्नमा । त्यस प्रकारको सङ्घर्षका बीचमा नै माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्ट आन्दोलनको पनिविकास हुँदै आएको छ ।

    Advertisement

    कम्युनिस्ट पार्टीले जुन सिद्धान्त वा राजनीतिक लाइन लिएको छ, इतिहासका बेग्ला–बेग्लै कालखण्डमा प्रतिक्रियावादी, दक्षिणपन्थी र कतिपयअवस्थामा उग्र“वामपन्थी”का विरुद्ध सङ्घर्ष गरेर नै अगाडि बढ्दै आएको छ । सङ्गठनात्मक क्षेत्रमापनि सबैभन्दा बढी अराजकतावादी चिन्तनका विरुद्ध नै सङ्घर्ष गर्दै आउनु परेको छ । यी सङ्घर्ष धेरै नै कठिन हुने गरेका छन् र ती सङ्घर्षका कारणले कैयौँपल्ट कम्युनिस्ट आन्दोलनलाई ठूलो धक्कापुग्ने गरेको छ । तैपनि वास्तविकता यो हो कि, त्यस प्रकारको सङ्घर्षको अभावमा माक्सवादी–लेनिनवादी सिद्धान्त वा एउटा क्रान्तिकारी शक्तिको रुपमा कम्युनिस्ट आन्दोलनको धेरै पहिले नै पतन भइसकेको हुन्थ्यो ।
    माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा राजनीति सिधा रेखामा अगाडि बढ्दैन र बढ्न पनि सक्दैन । त्यसलाई लगातार र सहीप्रकारले अगाडि बढाउन दुईवटा तत्वले विशेष महत्व राख्दछन् । प्रथम, द्वन्द्ववाद । द्वितीय, रणनीति र कार्यनीतिको बीचमा सही सन्तुलन । यी दुबै तत्वमाथि सहीप्रकारले ध्यानदिन नसक्दा कम्युनिस्टआन्दोलनविभिन्न प्रकारका भड्कावको शिकार हुने गर्दछ । त्यसबाट कैयौँ प्रकारका क्षति पनि पुग्ने गर्दछन् ।

    एङ्गेल्सले भनेका छन्, जनताको आमप्रकारको चिन्तन प्रणाली अधिभूतवादीप्रकारको हुन्छ । त्यसको अर्थ हुन्छ, कुनै चिजमा भएको जटिलता, अन्तरविरोध, विभिन्न सकारात्मक र नकारात्मक पक्ष आदिसमग्र रुपमाथि ध्यान नदिएर एकोहोरो प्रकारले अगाडि बढ्नु । कम्युनिस्टले एकातिर दीर्घकालीन उद्देश्यलाई ध्यानमा राखेर काम गर्नुपर्दछ भने, अर्कातिर तात्कालिक स्थितिमा हुने परिवर्तनमाथि पनि ध्यान दिएर आफ्नो नीति र कार्यक्रम निश्चित गर्नुपर्छ । त्यही अर्थमा रणनीति र कार्यनीतिका बीचमा सन्तुलनको आवश्यकता पर्दछ । त्यो सन्तुलन टुटेपछि आन्दोलन दक्षिणपन्थी वा उग्र“वामपन्थी” भड्कावको शिकार हुन्छ । विश्वमार नेपालको पनि कम्युनिस्ट आन्दोलनमा बारम्बार त्यस्तो हुने गरेको छ र त्यसबाट कम्युनिस्ट आन्दोलनलाई धेरै क्षतिपुग्ने गरेको छ ।

    लेनिनवादी सिद्धान्तले जनवादी केन्द्रीयताका आधारमा सङ्गठनात्मक प्रणालीलाई सञ्चालन गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ । तर समाजको आमप्रवृति अराजकतातिर नै हुन्छ । त्यो बाहेक सबै बुर्जुवा पार्टी वा विचारले पनिजनवादी केन्दीयताको सिद्धान्तलाई अधिनायकवादी सोचाइ भनेर त्यसको विरोध गर्दै आएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी सोचाइको जोड बढेर जानुका साथै माक्र्सवादी–लेनिनवादी पार्टी वा सङ्गठनमा पनिजनवादी केन्द्रीयतामाआधारित अनुशासनमा भन्दा अराजकतावाद, अनुशासनविहीनता तर्फको झुकाव नै बढी बढेर गएको छ । त्यसरी अराजकतावा अनुशासनविहीनताका विरुद्धको सङ्घर्ष विश्व कम्युनिस्ट आन्दोलनको नै एउटा गम्भीर सैद्धान्तिक र सङ्गठनात्मक प्रश्नबनेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले पनि दशकौँदेखि जनवादी केन्द्रीयताको आधारमा सङ्गठनात्मक प्रणाली सञ्चालनगर्ने र अनुशासनकायमगर्ने प्रश्नमालगातार जोडदिँदै आएको छ । त्यसकालागि हामीले दशकौँदेखि सैद्धान्तिक र सङ्गठनात्मक दुबै प्रकारले सङ्घर्ष गर्दै आएका छौँ । त्यो क्रममा पार्टीमा कैयौँपल्ट तीव्र अन्तरसङ्घर्ष र फुट पनिहुने गरेका छन् ।

    कैयौँ हाम्रा आफ्नै पार्टीका साथी र हाम्रा शुभचिन्तक पनि कम्युनिस्ट आन्दोलनमा चल्ने त्यस प्रकारका अन्तरविरोध, अन्तरसङ्घर्ष वा फुटहरूका कारणले दुखित हुन्छन् र कामना गर्दछन्, त्यस्तो नभएको भए कति राम्रो हुन्थ्यो । त्यस्तो नभएको भए, यसप्रकारका अन्तरसङ्घर्षका कारणले माक्र्स–एङ्गेल्सले बनाएको कम्युनिस्ट लिगको अन्त नभएको भए, प्रथम अन्तराष्ट्रियको विघटन नभएको भए, द्वितीय अन्तराष्ट्रियमा फुट नभएको भए, वोल्सेविक र मेन्सेविकका बीचमा फुट नभएको भए, चीनको पार्टीमा फुट नभएको भए, रुस वा चीनमा प्रतिक्रान्ति नभएको भए, भारतमा सीपीआई, सीपीएम र नक्सलवादीहरु नफुटेको भए, नेपालको कम्युनिस्ट आन्दोलनमा रायमाझी, पुष्पलाल,तुल्सीलाल, निर्मल लामा, माले, माओवादीआदिसित फुट नभएको भए निश्चयपनि आज विश्व र नेपालको पनि कम्युनिस्ट आन्दोलन धेरै नै शक्तिशाली र अर्कै हुन्थ्यो । तर सम्पूर्ण प्रकृति समाज र कम्युनिस्ट आन्दोलन पनि द्वन्द्ववादी प्रक्रियाअनुसार नै अगाडि बढ्दछ र त्यसलाई रोक्नु न सम्भव छ न व्यवहारिक नै ।

    आज ने.क.पा.(मसाल) एकातिर, क्रान्तिकारी सिद्धान्त र राजनीतिक लाइन र अर्कातिर जनवादी केन्द्रीयताका आधारमा सङ्गठनात्मक प्रणाली र अनुशासनलाई कायम राख्न जसरी सफल भएको छ, त्यो एकातिर, सिद्धान्त र राजनीतिको क्षेत्रमा बेग्लाबेग्लै दक्षिणपन्थी र वामपन्थी भडकाव तथा अर्कातिर, सङ्गठनात्मक क्षेत्रमा अराजकता र अनुशासनविहीनताको विरुद्ध दशकौँदेखि गर्दै आएको अथक सङ्घर्षको परिणाम हो र त्यो सङ्घर्ष अहिले पनिचलिरहेको छ ।

    यदि हामीले त्यस प्रकारको सङ्घर्ष गर्दै नआएको भएहाम्रो पार्टी संसारकावा नेपालकापनि कैयौँ कम्युनिस्ट पार्टीहरु जस्तै बिलाएर जान्थ्यो वा नेकपा(नेकपा) जस्तै हुन्थ्यो । कम्युनिस्ट पार्टी बिग्रेपछि कस्तो हुन्छ ? नेपालको कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित दुईवटा उदाहरण उल्लेखनीय छन् । एउटा डा. केशरजंग रायमाझीले नेतृत्व गरेको त्यो बेलाको कम्युनिस्ट पार्टी, जसको अन्तमा विघटन भयो । अर्काे नेकपा(नेकपा), जसले आफुलाई नेपालको कम्युनिस्ट आन्दोलको मुलधार तथा देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी भएको दाबी गर्दछ, त्यसको उदाहरण पनिहाम्रा अगाडि छ । हाम्रो लामो सैद्धान्तिक राजनीतिक र सङ्गठनात्मक सङ्घर्षको कारणले नै हामीले ने.क.पा.(मसाल)लाई तीदुबै प्रकारको परिणतिबाट बचाउन सफलभएका छौँ । र अहिले पनि हामी त्यस प्रकारको सङ्घर्षमा छौँ । यही नै सही माक्र्सवादी–लेनिनवादी पद्धति हो ।

    आइतबार, माघ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.