विश्वको कम्युनिस्ट आन्दोलनमालामो समयदेखि नै अन्तरसङ्घर्ष चल्दै आएको छ । त्यो अन्तरसङ्घर्ष खासगरेर दुईवटा विषयमा सम्बन्धितहुने गरेको छ । प्रथम, सिद्धान्त र राजनीतिक लाइनको प्रश्नमा । द्वितीय, सङ्गठनात्मक प्रणालीका प्रश्नमा । त्यस प्रकारको सङ्घर्षका बीचमा नै माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्ट आन्दोलनको पनिविकास हुँदै आएको छ ।
कम्युनिस्ट पार्टीले जुन सिद्धान्त वा राजनीतिक लाइन लिएको छ, इतिहासका बेग्ला–बेग्लै कालखण्डमा प्रतिक्रियावादी, दक्षिणपन्थी र कतिपयअवस्थामा उग्र“वामपन्थी”का विरुद्ध सङ्घर्ष गरेर नै अगाडि बढ्दै आएको छ । सङ्गठनात्मक क्षेत्रमापनि सबैभन्दा बढी अराजकतावादी चिन्तनका विरुद्ध नै सङ्घर्ष गर्दै आउनु परेको छ । यी सङ्घर्ष धेरै नै कठिन हुने गरेका छन् र ती सङ्घर्षका कारणले कैयौँपल्ट कम्युनिस्ट आन्दोलनलाई ठूलो धक्कापुग्ने गरेको छ । तैपनि वास्तविकता यो हो कि, त्यस प्रकारको सङ्घर्षको अभावमा माक्सवादी–लेनिनवादी सिद्धान्त वा एउटा क्रान्तिकारी शक्तिको रुपमा कम्युनिस्ट आन्दोलनको धेरै पहिले नै पतन भइसकेको हुन्थ्यो ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा राजनीति सिधा रेखामा अगाडि बढ्दैन र बढ्न पनि सक्दैन । त्यसलाई लगातार र सहीप्रकारले अगाडि बढाउन दुईवटा तत्वले विशेष महत्व राख्दछन् । प्रथम, द्वन्द्ववाद । द्वितीय, रणनीति र कार्यनीतिको बीचमा सही सन्तुलन । यी दुबै तत्वमाथि सहीप्रकारले ध्यानदिन नसक्दा कम्युनिस्टआन्दोलनविभिन्न प्रकारका भड्कावको शिकार हुने गर्दछ । त्यसबाट कैयौँ प्रकारका क्षति पनि पुग्ने गर्दछन् ।
एङ्गेल्सले भनेका छन्, जनताको आमप्रकारको चिन्तन प्रणाली अधिभूतवादीप्रकारको हुन्छ । त्यसको अर्थ हुन्छ, कुनै चिजमा भएको जटिलता, अन्तरविरोध, विभिन्न सकारात्मक र नकारात्मक पक्ष आदिसमग्र रुपमाथि ध्यान नदिएर एकोहोरो प्रकारले अगाडि बढ्नु । कम्युनिस्टले एकातिर दीर्घकालीन उद्देश्यलाई ध्यानमा राखेर काम गर्नुपर्दछ भने, अर्कातिर तात्कालिक स्थितिमा हुने परिवर्तनमाथि पनि ध्यान दिएर आफ्नो नीति र कार्यक्रम निश्चित गर्नुपर्छ । त्यही अर्थमा रणनीति र कार्यनीतिका बीचमा सन्तुलनको आवश्यकता पर्दछ । त्यो सन्तुलन टुटेपछि आन्दोलन दक्षिणपन्थी वा उग्र“वामपन्थी” भड्कावको शिकार हुन्छ । विश्वमार नेपालको पनि कम्युनिस्ट आन्दोलनमा बारम्बार त्यस्तो हुने गरेको छ र त्यसबाट कम्युनिस्ट आन्दोलनलाई धेरै क्षतिपुग्ने गरेको छ ।
लेनिनवादी सिद्धान्तले जनवादी केन्द्रीयताका आधारमा सङ्गठनात्मक प्रणालीलाई सञ्चालन गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ । तर समाजको आमप्रवृति अराजकतातिर नै हुन्छ । त्यो बाहेक सबै बुर्जुवा पार्टी वा विचारले पनिजनवादी केन्दीयताको सिद्धान्तलाई अधिनायकवादी सोचाइ भनेर त्यसको विरोध गर्दै आएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी सोचाइको जोड बढेर जानुका साथै माक्र्सवादी–लेनिनवादी पार्टी वा सङ्गठनमा पनिजनवादी केन्द्रीयतामाआधारित अनुशासनमा भन्दा अराजकतावाद, अनुशासनविहीनता तर्फको झुकाव नै बढी बढेर गएको छ । त्यसरी अराजकतावा अनुशासनविहीनताका विरुद्धको सङ्घर्ष विश्व कम्युनिस्ट आन्दोलनको नै एउटा गम्भीर सैद्धान्तिक र सङ्गठनात्मक प्रश्नबनेको छ ।
नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले पनि दशकौँदेखि जनवादी केन्द्रीयताको आधारमा सङ्गठनात्मक प्रणाली सञ्चालनगर्ने र अनुशासनकायमगर्ने प्रश्नमालगातार जोडदिँदै आएको छ । त्यसकालागि हामीले दशकौँदेखि सैद्धान्तिक र सङ्गठनात्मक दुबै प्रकारले सङ्घर्ष गर्दै आएका छौँ । त्यो क्रममा पार्टीमा कैयौँपल्ट तीव्र अन्तरसङ्घर्ष र फुट पनिहुने गरेका छन् ।
कैयौँ हाम्रा आफ्नै पार्टीका साथी र हाम्रा शुभचिन्तक पनि कम्युनिस्ट आन्दोलनमा चल्ने त्यस प्रकारका अन्तरविरोध, अन्तरसङ्घर्ष वा फुटहरूका कारणले दुखित हुन्छन् र कामना गर्दछन्, त्यस्तो नभएको भए कति राम्रो हुन्थ्यो । त्यस्तो नभएको भए, यसप्रकारका अन्तरसङ्घर्षका कारणले माक्र्स–एङ्गेल्सले बनाएको कम्युनिस्ट लिगको अन्त नभएको भए, प्रथम अन्तराष्ट्रियको विघटन नभएको भए, द्वितीय अन्तराष्ट्रियमा फुट नभएको भए, वोल्सेविक र मेन्सेविकका बीचमा फुट नभएको भए, चीनको पार्टीमा फुट नभएको भए, रुस वा चीनमा प्रतिक्रान्ति नभएको भए, भारतमा सीपीआई, सीपीएम र नक्सलवादीहरु नफुटेको भए, नेपालको कम्युनिस्ट आन्दोलनमा रायमाझी, पुष्पलाल,तुल्सीलाल, निर्मल लामा, माले, माओवादीआदिसित फुट नभएको भए निश्चयपनि आज विश्व र नेपालको पनि कम्युनिस्ट आन्दोलन धेरै नै शक्तिशाली र अर्कै हुन्थ्यो । तर सम्पूर्ण प्रकृति समाज र कम्युनिस्ट आन्दोलन पनि द्वन्द्ववादी प्रक्रियाअनुसार नै अगाडि बढ्दछ र त्यसलाई रोक्नु न सम्भव छ न व्यवहारिक नै ।
आज ने.क.पा.(मसाल) एकातिर, क्रान्तिकारी सिद्धान्त र राजनीतिक लाइन र अर्कातिर जनवादी केन्द्रीयताका आधारमा सङ्गठनात्मक प्रणाली र अनुशासनलाई कायम राख्न जसरी सफल भएको छ, त्यो एकातिर, सिद्धान्त र राजनीतिको क्षेत्रमा बेग्लाबेग्लै दक्षिणपन्थी र वामपन्थी भडकाव तथा अर्कातिर, सङ्गठनात्मक क्षेत्रमा अराजकता र अनुशासनविहीनताको विरुद्ध दशकौँदेखि गर्दै आएको अथक सङ्घर्षको परिणाम हो र त्यो सङ्घर्ष अहिले पनिचलिरहेको छ ।
यदि हामीले त्यस प्रकारको सङ्घर्ष गर्दै नआएको भएहाम्रो पार्टी संसारकावा नेपालकापनि कैयौँ कम्युनिस्ट पार्टीहरु जस्तै बिलाएर जान्थ्यो वा नेकपा(नेकपा) जस्तै हुन्थ्यो । कम्युनिस्ट पार्टी बिग्रेपछि कस्तो हुन्छ ? नेपालको कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित दुईवटा उदाहरण उल्लेखनीय छन् । एउटा डा. केशरजंग रायमाझीले नेतृत्व गरेको त्यो बेलाको कम्युनिस्ट पार्टी, जसको अन्तमा विघटन भयो । अर्काे नेकपा(नेकपा), जसले आफुलाई नेपालको कम्युनिस्ट आन्दोलको मुलधार तथा देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी भएको दाबी गर्दछ, त्यसको उदाहरण पनिहाम्रा अगाडि छ । हाम्रो लामो सैद्धान्तिक राजनीतिक र सङ्गठनात्मक सङ्घर्षको कारणले नै हामीले ने.क.पा.(मसाल)लाई तीदुबै प्रकारको परिणतिबाट बचाउन सफलभएका छौँ । र अहिले पनि हामी त्यस प्रकारको सङ्घर्षमा छौँ । यही नै सही माक्र्सवादी–लेनिनवादी पद्धति हो ।