बुटवल । रुपन्देहीमा २०७७ माघ १७ गते अखिल (छैठौं) बुटवल उपमहानगरपालिकाको भेला सम्पन भएको छ ।
भेलाको अध्यक्षता गोविन्दसिंहले र सञ्चालन अनिल थापाक्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाध्यक्ष सरोजमानसिंह तथा विशिष्ट अतिथि जिल्ला सचिव सागर बेल्बासे हुनुहुन्थ्यो ।
भेलामा बोल्दै केन्द्रीय सदस्य सरोजमानसिंहले ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक कदम भएकाले संसद पुनःस्थापना हुनुपर्ने बताउनु भयो ।
भेलाले अखिल (छैठौं) को नया कार्यसमिति चयन गरेको छ; जसमा अध्यक्ष सागरजङ्ग क्षेत्री, उपाध्यक्ष क्षितिज क्षेत्री, सचिव अनिल थापाक्षेत्री, सहसचिव कल्पना थापाक्षेत्री, कोषाध्यक्ष पुरुषोतम शर्मा र सदस्यहरूमा सरोज पाण्डे, खगोल क्षेत्री, प्रकाश विष्ट, पारस पौडेल, दिपा विश्वकर्मा, गोविन्द सिंह, सङ्गीत न्यौपानेलगायत रहनुभएको छ ।