• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पशुपतिनाथको पूजा, तर त्यो के धार्मिक अनुष्ठान मात्र हो ?


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • ओलीले पशुपतिनाथको पूजा गर्छन् भने त्यो उनको व्यक्तिगत धार्मिक स्वतन्त्रताको विषय हो । त्यसका लागि हामीले कुनै आपत्ति प्रकट गर्नुपर्ने आवश्यकता छैन । ओलीलाई हामीले कम्युनिस्ट मानेका छैनौँ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट उनको विचलन भइसकेको छ । त्यो अवस्थामा उनले पशुपतिनाथको पूजा गर्छन् भने पनि त्यो कुनै आश्चर्यको कुरा होइन । तर हाम्रो ध्यान उनले गरेको पशुपतिनाथको पूजा भन्दा बढी त्योसँग जोडिएको राजनीतिक पक्षतिर छ ।

    Advertisement

    ओली आफ्नो सङ्गठनमा र संसदीय दलमा समेत अल्पमतमा पर्ने स्थिति उत्पन्न भएपछि उनका अगाडि आफ्नो पदको रक्षाको प्रश्न गम्भीर रुपमा अगाडि आयो । खास गरेर उनको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्तिका कारणले उनका लागि व्यक्तिगत पद सबैभन्दा महत्वपूर्ण कुरा बन्न गएको छ ।

    अब यो कुरा ओलीले राम्ररी बुझेका छन कि उनले संसदको विघटन गर्ने जुन कार्य गरे, त्यसले संविधानसित अलिकति पनि मेल खाँदैन । उनले वाह्य रुपले त्यसका पक्षमा जति शक्ति लगाए पनि उनको कदम असंवैधानिक भएको कुरा उनको आत्मले उनलाई बताइसकेको छ । उनको कदमका विरुद्ध देशव्यापी रुपमा आन्दोलन चलिरहेको छ । सबै संविधानविद्, बुद्धिजीवि र आमजनता समेतले उनको कदमलाई गलत ठह¥याइरहेका छन् र स्वयम् उनको पक्षमा भएका मानिसहरुले पनि संसदको विघटनको कार्य सही भएको कुनै तर्क दिन सकिरहेका छैनन् । त्यो स्थितिमा ओली वास्तवमा भित्रभित्रै आफ्नो पदको लागि सशंकित भएका छन् । त्यसैले आफ्नो रक्षाको लागि उनी पशुपतिनाथको शरणमा पुगेका छन् ।

    तर त्यो वाह्य र प्रकट रुप मात्र हो । वास्तवमा त्यसरी उनी भारतका कट्टर हिन्दूवादी शासकवर्ग र राष्ट्रिय स्वयम्सेवक सङ्घ समेतको शरणमा पुगेका हुन् । पशुपतिनाथको पूजा गरेर उनले यो देखाउने प्रयत्न गरेका छन् कि उनी पनि हिन्दू धर्मका पक्षमा छन् । त्यसरी उनीहरूको अनुग्रह प्राप्त गरेर उनले आफ्नो रक्षा गर्ने प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यस सन्दर्भमा यो पनि प्रश्न उठाउने ठाउँ छ ः उनको पशुपतिनाथ मन्दिर र भारतीय कट्टर हिन्दूवादी दिशाको त्यो दौडको क्रममा कहीँ उनी हिन्दूराष्ट्र र राजतन्त्रको पुनस्र्थापनासम्म त पुग्ने होइनन् ?

    त्यो सन्दर्भमा यो पनि शङ्का गर्ने ठाउँ छ, गोयलसितको गोप्य वार्ता र त्यसपछि भारतका उच्चाधिकारी तथा भाजपाका नेताहरुसितको सिलसिलेवार वार्ताका पछाडि नेपाललाई हिन्दूराष्ट्र बनाउने वा गणतन्त्रलाई समाप्त गर्ने जस्तो कुनै समझ्दारी त भएको छैन ? अहिलेको पशुपतिनाथको पूजा त्यसैको पूर्व सङ्केत त होइन ?

    यस सन्दर्भमा यो पनि उल्लेख छ कि राजावादीहरूले संसदको विघटनलाई स्वागत गरेका छन् र सर्वाेच्चमा संसदको विघटनको पक्षको वहसमा राजावादी अधिवक्ताहरु नै अग्रिम पङ्क्तिमा छन् ।

    माथिका सबै कुराहरुले एउटा गम्भीर, अशुभ कुराको सङ्केत त गरिरहेका छैनन् ? ओलीले आफ्नो सङ्गठनभित्रको विवादमा विधान र बहुमतको निर्णयलाई नमान्ने, संसदको विघटनको सन्दर्भमा संविधानमा गरिएको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो जुन कार्यपद्धति अपनाइरहेका छन्, त्यसले गर्दा संवैधानिक वा राजनीतिक दृष्टिकोणले उनको स्थिति धेरै कमजोर भएको छ । त्यसको परिणामस्वरुप नै उनी आफ्नो रक्षाको लागि पशुपतिनाथको वा भारतका कट्टर हिन्दूवादी तत्वहरूको शरणमा जानुपरेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उनको व्यक्तिवादी र स्वेच्छाचारी चरित्रमाथि विचार गर्दा आफ्ना पद र महत्वकाङ्क्षा पुरा गर्नका लागि उनी कुनै हदसम्म पनि जान सक्नेछन् ।

    त्यसरी पशुपतिनाथको पूजालाई खालि एउटा सामान्य धार्मिक अनुष्ठानको रुपमा मात्र नलिएर त्यसभित्र अन्तरनिहित राजनीतिप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.