• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सहिदप्रति श्रद्धाञ्जली वा अवमूल्यन ?


  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह ।।
    प्रत्येक साल माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । यहाँसम्म कि पञ्चायत कालमा पनि त्यसरी सहिद सप्ताह मनाउने गरिन्थ्यो । आफ्ना सिद्धान्त, उद्देश्य र आस्था वा सहिदका आदर्शबाट विचलत भएका व्यक्तिहरूले पनि सहिद सप्ताहमा सहिदप्रति श्रद्धा र सम्मान प्रकट गर्ने गर्दथे । तर के त्यो वास्तवमा सहिदप्रतिको श्रद्धाञ्जली नै हुन्छ वा ….?

    Advertisement

    गङ्गालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त निरङ्कुश राणाशासन विरुद्धको सङ्घर्षमा सहिद भएका थिए । उनीहरूले लोकतन्त्रको लागि बलिदान दिएका थिए । तर पछि सहिदका आदर्शसित विश्वासघात गर्ने, लोकतन्त्रको हत्या गर्ने वा त्यस प्रकारका कारबाहीमा सहभागी हुने तत्त्वले पनि सहिद सप्ताह मनाउने गरेका छन् । त्यो सिलसिला अहिले पनि चलिरहेको छ । त्यो सहिदप्रतिको सम्मान हो वा उनीहरूको अपमान ?

    टङ्कप्रसाद आचार्य बाहुन भएको हुनाले उनलाई मृत्युदण्ड नदिएर आजीवन कैदको सजाय दिइएको थियो । त्यसैले उनलाई ‘ज्युँदो सहिद’ बताइन्छ । कतिपय विदेशी लेखकले उनलाई ‘ज्युँदो सहिद’ बताएर किताब पनि लेखेका छन् । तर पछि उनले लोकतन्त्रको हत्या गर्ने राजा महेन्द्रको शाही कदमलाई साथ दिए ।

    २००७ सालको परिवर्तनको सबैभन्दा ठुलो उपलब्धि संविधान सभाको चुनाव थियो । सार्वभौमसत्ता जनतामा हस्तान्तरण हुने र त्यसको परिणामस्वरूप राजतन्त्रको पनि अन्त्य हुने आशङ्काले राजा महेन्द्रले संविधान सभाको चुनाव हुन नदिने षड्यन्त्र गर्न थालेका थिए । त्यो षड्यन्त्रमा टङ्कप्रसाद आचार्य पनि सामेल भएका थिए; र, उनले संविधान सभा विरुद्धको षड्यन्त्रमा राजा महेन्द्रलाई साथ दिएका थिए । त्यसको बदलामा उनलाई प्रधानमन्त्री पनि बनाइएको थियो । त्यसरी यो बुझ्न गाह्रो पर्दैन कि प्रजातन्त्रका लागि लामो सङ्घर्ष, त्याग र बलिदान गरेका एउटा अद्वितीय नेताले प्रधानमन्त्री पदको लागि, आफ्ना व्यक्तिगत स्वार्थको लागि आफ्ना जीवनभरका आदर्शहरूबाट नै विचलन भएको थियो ।

    टङ्कप्रसाद आचार्य र त्यो बेलाका प्रजा–परिषद्का कैयौँ नेताहरूले पनि सहिद सप्ताहको बेलामा भूगोलपार्कको परिक्रमा गरेर सहिदप्रति सम्मान प्रकट गर्ने गर्दथे । उनीहरूको सहिदप्रतिको त्यस प्रकारको सम्मान वा भूगोलपार्कको परिक्रमाको उल्लेख गर्दै काठमाडौँको भद्रगोल जेलमा छँदा मैले एउटा कविता लेखेको थिएँ–

    राम्रै भयो,
    तिमी मरेर गयौ,
    नत्र आज तिम्रो ज्युँदो लासले
    भूगोलपार्कको परिक्रमा गरिरहेको हुन्थ्यो कि ?
    (१६ माघ २०२६, युगनृत्यबाट)

    त्यसरी त्यो कविताले टङ्कप्रसाद आचार्यलाई एउटा ज्युँदो सहिद होइन, ज्युँदो लासको रूपमा नै चित्रण गरेको छ ।

    टङ्कप्रसाद आचार्यले आफ्नो जीवनको लामो समय कालकोठरीमा बिताएका थिए । त्यसरी उनी नेपालको राजनीतिक इतिहासमा नै वीरता, त्याग र बलिदानका मूर्त रूप थिए । तर उनले पनि राजा महेन्द्रको निरङ्कुश राजतन्त्र, तानाशाही पञ्चायती व्यवस्थाका अगाडि आत्मसमर्पण गरेका थिए; र, त्यसरी उनले स्वयम् आफ्नै गौरवपूर्ण इतिहासमा कालो दाग लगाएका थिए ।

    टङ्कप्रसाद आचार्य प्रजा परिषद्को अध्यक्ष र त्यसकारण गङ्गालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्तसमेतका नेता थिए । तर उनको समेत त्यस प्रकारको पतन नेपालको राजनीतिक इतिहासको नै अत्यन्त ठुलो कलङ्क थियो । प्रजा परिषदका जीवित रहेका अन्य सबैजसो नेताहरूले पनि टङ्कप्रसादको अनुशरण गरेका थिए; र, पञ्चायती तानाशाही व्यवस्थामा सामेल भएका थिए ।

    त्यही प्रकारको कटु सत्यमाथि ध्यान दिएर नै मैले आफ्नो कवितामा लेखेको थिएँ–

    रामै भयो,
    तिमी मरेर गयौ …….

    टङ्कप्रसादले जुन प्रकारको उदाहरण प्रस्तुत गरे, त्यसमा उनी एक्ला छैनन् । नेपालको राजनीतिक इतिहासमा त्यस प्रकारका उदाहरणको लामो सूची छ । डा. केआई सिंहले पनि भैरहवा जेलमा र पछि सिंहदरबारमा विद्रोह गरेर उज्ज्वल र वीरतापूर्ण इतिहास निर्माण गरेकाथिए । तर उनले पनि पछि संविधान सभालाई रद्दीको टोकरीमा फालिदिनुपर्दछ भनेर राजा महेन्द्रको साथ दिन पुगे ।

    तुल्सी गिरी र विश्वबन्धु थापाले पनि आफ्नै पार्टीसित गद्दारी गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समर्थन गर्न पुगेका थिए । पञ्चायती तानाशाही कालमा कम्युनिस्ट र काङ्ग्रेसका हजारौँ नेता र कार्यकर्ता पञ्चायती व्यवस्थामा सामेल भएका थिए ।
    सायद त्यो सिलसिला त्यहीँसम्म रोकिएको छैन । आफ्नो क्रान्तिकारी सिद्धान्त, उद्देश्य, आस्था वा देश र जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरेका विभिन्न राजनीतिक पार्टी वा कार्यकर्ताको स्वयम् आफ्नै आस्थाका विरुद्ध विचलन भएका उदाहरण पाइन्छन् । त्यस प्रकारको विचलन किन हुन्छ ?

    अहिले सहिद सप्ताहको अवसरमा सहिदप्रति श्रद्धाञ्जली र सम्मान प्रकट गर्ने बेलामा राजनीतिक कर्मीको पतनको कारण के हो ? त्यो सम्पूर्ण समाज र देशको राजनीतिक चरित्रमा नै निहित छ वा केही राजनीतिक नेता वा कार्यकर्ताको व्यक्तिगत कमजोरीका कारणले त्यस्तो हुने गरेको छ ? त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ; किनभने, त्यो प्रश्न खालि इतिहासको प्रश्न मात्र नभएर भविष्यसित पनि सम्बन्धित छ । भविष्य भन्नुको अर्थ हो– त्यो प्रश्न सम्पूर्ण देश र जनताको भविष्यसित सम्बन्धित छ ।
    भूपि शेरचनले आफ्नो कवितामा लेखेका छन्–

    मरेर सहिद हुनेहरू
    जिएर त हेर
    जिउन झन् गाह्रो छ !

    त्यो कविताले गम्भीर अर्थ र महत्त्व राख्दछ । त्यो कविताले बताउँछ– सहिद हुनुभन्दा बाँच्नु झन् गाह्रो छ । त्यसको अर्थ यो हो– बाँचेर पनि आफ्ना सिद्धान्त, उद्देश्य र आस्थामा सधैँ दृढ रहनु झन् गाह्रो छ । टङ्कप्रसाद र उनका सहयोगीको पतनका उदाहरणबाट पनि त्यो कुरा प्रष्ट हुन्छ ।

    टङ्कप्रसादलाई राणाशासनले मृत्युदण्ड दिएको भए उनी सहिद हुन्थे; र, नेपालको राजनीतिक इतिहासमा नै उनको ठुलो इज्जत हुन्थ्यो । तर बाँचेर सहिदको आदर्शलाई कायम राख्नु उनको लागि सम्भव भएन । त्यसरी आफ्ना आदर्शका लागि मरेर सहिद हुनुभन्दा जीवनभरि आफ्नो आस्था र सहिदको आदर्शलाई कायम राख्न कैयौँ गुणा बढी गाह्रो हुन्छ । त्यति महत्त्वपूर्ण कुरालाई भूपि शेरचनले दुई लाइनको कवितामा व्यक्त गरेका छन् ।

    मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.