कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं ७ को मानपुरमा राष्ट्रिय जनमोर्चाले पर्चा वितरण गर्नुको साथै कोण सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्लाका कोषाध्यक्ष चेतनारायण खनालले सञ्चालन गर्नु भएको सभालाई अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) केन्द्रीय समिति सदस्य, तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकर केरसिंह अदै ले सम्बोधन गर्नु भएको थियो ।
सो क्रममा उहाँहरुले केपी ओली सरकारले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा विघटन गरे पश्चात देशमा अस्थिरता पैदा भएको बताउँदै असंवैधानिक कदम सच्याउँदै प्रतिनिधि सभा पुनर्स्थापना नै तत्कालीन राजनीतिक निकास हुने बताउनुभयो ।
अस्थिरताको मौका छोपी, गणतन्त्र विरोधी, धर्म निरपेक्षता विरोधी, विदेशी साम्राज्यवादी शक्तिहरू चलखेल गरेकोले राष्ट्रभक्त नेपाली जनता सचेत हुने बेला आएको उहाँहरुको भनाई थियो ।
कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विकले पनि सम्बोधन गर्नुभएको थियो ।