तिलक थापा\बागलुङ बजार ।।
अखिल नेपाल जनजाति सम्मेलन बागलुङ नगरपालिकाको भेला सम्पन्न भएको छ ।
Advertisement
२०७७ माघ २२ गते बागलुङ बजारमा सम्पन्न हुने सातौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बागलुङ नगरपालिकाको भेला माघ १० गते सम्पन्न भएको हो ।
भेलाले तुलवीर श्रीसको अध्यक्षतामा सात सदस्यीय नगर समिति चयन गरेको छ । समितिमा, उपाध्यक्ष हर्कबहादुर थापा, सचिव केयरसिंह थापा, कोषाध्यक्ष आशा थापा तथा सदस्यहरूमा गङ्गा थापा, दिलेन्द्र बुढा र सबिन श्रीस रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुन, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा र राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका समितिका अध्यक्ष थानेश्वर सुवेदीको विशेष उपस्थित रहेको थियो ।