• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शीतलहरबाट मध्यतराईको जनजीवन कष्टकर बन्दै


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कठ्याङ्ग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

    Advertisement

    आज बिहानैदेखि चलेको शीतलहर र कठ्याङ्ग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारी साधनलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।

    एक्कासी बाक्लो हुस्सु लागेपछि सवारी साधन चलाउन चालकलाई समेत समस्या भएको छ । शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिएको गौर अस्पतालका डा. कृष्णा साहले जानकारी दिनुभयो ।

    उहाँले कोरोना सङ्क्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढन सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन, तातो झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

    बाक्लो हुस्सुका कारण बिहान र रातको समयमा गौर, चन्द्रपुर, कलैया, वीरगञ्ज भित्रिने तथा बाहिरिने सवारी साधनका चालक तथा यात्रुलाई समस्या भएको छ । बाक्लो हुस्सुका कारण बाटोसमेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बाँच्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकलाई आग्रह गरेको छ ।

    साथै चिसोका कारण विद्यालय तथा कलेजको पठनपाठनसमेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणको कारण झण्डै आठ महिनापछि खुलेका विद्यालय तथा कलेजमा जाडोका कारण विद्यार्थीको सङ्ख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकले जनाएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडानसमेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । कुहिरो लागेका कारण पटक–पटक गरी बिहानका केही उडान ढिलो हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराका उपप्रबन्धक सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

    जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानीय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकमा आगो बाल्ने व्यवस्था मिलाएको छ । ७० वर्षभन्दा माथिका विपन्नवर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

    जाडो बढेसँगै रौतहट, बारा, पर्साका ग्रामीण क्षेत्रमा चोक गल्लीमा आगो तथा घुर बालेर ताप्नेको सङ्ख्या बढ्दै गएको छ । स्थानीय बासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग नागरिक समाजका अध्यक्ष जगरनाथ केशरीले आग्रह गर्नुभयो ।

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.