परासी । नवलपरासीमा मसाल जुलुस सम्पन्न भएको छ ।
Advertisement
अखिल (छैठौं) नवलपरासीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जुलुसपछि सम्पन्न कोणसभालाई अखिल (छैठौं) का जिल्लाध्यक्ष सागर सुवेदी र राष्ट्रिय जनमोर्चाका नेता उत्तम खरेलले सम्बोधन गर्नुभएको थियो ।
जुलुसमा अखिल (छैठौं) जिन्दावाद, शिक्षा, स्वास्थ्यको व्यापारीकरण बन्द गर, मौलिक हक कार्यान्वयन गर, ओलीको अधिनायकवादी कदम फिर्ता गर, संसद पुनःस्थापना गर, सङ्घीयता खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, भारतीय साम्राज्यवाद मुर्दावाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, सीमा अतिक्रमण बन्द गर, नेकपा (मसाल) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावादलगायतका नारा लगाइएका थिए ।