इन्द्रमणी पाण्डे, बागलुङ ।
ढोरपाटन नगरपालिका वडा नं १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा अखिल (छैठौं) को ईकाइ भेला सम्पन्न भएको छ । भेलाले किशान रसायलीको अध्यक्षतामा ईकाइ समिति गठन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्षमा जुना बुढामगर, सचिवमा भिम अर्गेजामगर, सह सचिवमा दर्शन पुनमगर, कोषाध्यक्षमा शिखर विक लगायत अन्य सदस्यहरु रहनु भएको छ ।
अखिल (छैठौं) का पूर्व राष्ट्रिय परिषद् सदस्य बिमल पाण्डे, जिल्ला सदस्य विवश छन्त्याल, एलिना श्रीपालीको विशेष उपस्थितिमा सो भेला भएको हो ।
कार्यक्रममा नगर सदस्य बालिका खरेल, संगठकहरु बिमल घर्ती, सागर घर्ती, उज्जवल घर्ती, दिपेन्द्र अर्गेजा, मिलन सुनार, तेजेन्द्र श्रीपाली ललिता विक, संगिता विक लगायतको उपस्थिति रहेको थियो।