• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विभिन्न राजनीतिक शक्तिहरुसितका एकता वा संघर्षका कार्यनीतिक रुपहरु


  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
  • कम्युनिष्ट आन्दोलनका कार्यक्रमहरु लाई हामीले रणनीतिक र कार्यनीतिक दुई प्रकारले छुटाएका हुन्छौँ । रणनीतिक रुप भन्नुको अर्थ अपेक्षाकृत दीर्घकालीन र लामो समयसम्मका नीति, कार्यक्रम वा राजनीतिक शक्तिहरुका विश्लेषणहरु वा उनीहरुप्रतिका नीतिहरु आउछन् । कार्यनीति तात्कालिक कार्यक्रम, नीति वा विभिन्न राजनीतिक शक्तिहरुसितका एकता वा संघर्षहरुसित सम्बन्धित हुन्छ । कार्यनीति मूल रुपमा रणनीति अन्तर्गत नै हुन्छ र त्यसको उद्देश्य पनि रणनीतिको सेवा गर्नु नै हुन्छ । कैयौँ पल्ट कार्यनीतिको रुप रणनीतिको भन्दा विल्कुल बेग्लै पनि हुन्छ वा हुन सक्दछ ।

    Advertisement

    उदाहरणका लागि रणनीतिक रुपमा हामीले कुनै व्यवस्थामा परिवर्तनका लागि शसस्त्र संघर्षलाई अनिवार्य मान्दछौँ । तर कार्यनीतिक रुपमा तात्कालिक स्थिति र अवस्था अनुसार शान्तिपूर्ण आन्दोलनको नीतिलाई पनि अपनाउछौँ । लेनीन वा माओले त्यस प्रकारका नीतिहरुमा भएको अन्तर वा बेग्लै प्रकारका प्रयोगहरुबारे बारम्बार प्रकाश हाल्ने गरेका छन् ।

    साम्राज्यवादी शक्तिहरु वर्गीय र राजनीतिक दुबै प्रकारले हाम्रा दुश्मन शक्तिहरु हुन । उनीहरुका विरुद्धको संघर्षमा नै हाम्रो मुख्य जोड हुन्छ तर कार्यनीति रुपमा उनीहरुसित आवश्यकता अनुसार संयुक्तमोर्चा वा कार्यगत एकताको नीति पनि अपनाइन्छ । त्यस सन्दर्भमा स्टालिनले जर्मन फासिवादका विरुद्ध अमेरिका, ब्रिटेन वा फ्रान्सका साम्राज्यवादी शक्तिहरुसित गरेको एकता पनि उल्लेखनीय छ ।

    हामीले संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्या समाधान हुन नसक्ने सिद्धान्तलाई मान्दछौँ । तर कतिपय अवस्थामा त्यसलाई उपयोग पनि गरेका हुन्छौँ । त्यस सन्दर्भमा लेनिनले रुसको डुमा (संसद) को उपयोग गरेको उदाहरण पनि हाम्रा अगाडि छ ।

    वर्गीय रुपमा हामीले राजा र नेका दुबैलाई समान दुश्मन मान्दछौँ । तैपनि तात्कालिक, राजनीतिक वा कार्यनीतिक रुपमा नेकासित कार्यगत एकता वा सहकार्य गरेका कैयौँ उदाहरणहरु पनि हाम्रा अगाडि छन् ।

    कतिपय राजनीतिक शक्तिहरुले गतकालमा राष्ट्रियता, जनतन्त्र वा अन्य विषयहरुमा गंभीर प्रकारका गल्तीहरु गरेका हुनसक्दछन्, त्यो कारणले उनीहरुसित हाम्रा कडा संघर्षहरु भएका हुन सक्दछन् र आउने दिनहरुमा पनि पुनः ती कुराहरु दोहोरिन सक्दछन् । तर तात्कालिक रुपमा कसैसित एकता गर्दा हामीले उनीहरुसितका पहिलेका वा आउने दिनहरुमा सम्भावित विरोध वा संघर्षहरुलाई होइन, तात्कालिक राजनीतिक स्थिति वा त्यो स्थितिमा उनीहरुले अपनाएका नीतिहरुलाई नै आधार बनाउछौँ । हाम्रो नेकासित पहिले जतिसुकै संघर्ष वा विरोध भएपनि ती कुराहरुका बावजुद ४६ साल वा ०६२/०६३ मा हामीले उनीहरुप्रति एकताको नीति अपनायौँ । माओवादीहरुसित उनीहरुको शसस्त्र द्धन्द्ध कालमा हाम्रो तिव्र संघर्ष भयो ।

    तर त्यसका बावजुद ०६२/०६३ सालमा हामीले उनीहरुसित एकता गर्ने नीति अपनायौँ । एमाले र माओवादीको सरकारलाई अपदस्त गरेर नेकासित गठबन्धन गर्ने, तराई वा ५ नं. प्रदेशलाई फुटाउन उनीहरुले ल्याएको विधेकसँग हामीहरुले कडा विरोध ग¥यौँ । तर प्रचण्ड नेकपाको गठबन्धनबाट अलगिएपछि हामीले चुनावमा उनीहरु सँग सहकार्य गर्ने नीति पनि अपनायौँ । नेकपासित हाम्रा गंभीर प्रकारका सैद्धान्तिक, राजनीतिक मतभेदहरु छन् ।

    तैपनि हामीहरुले उनीहरुको सरकारलाई समर्थन गर्ने नीति अपनाएका थियौँ । तर ओली सरकारले संसदको विघटन गरेपछि हामीले त्यसलाई दिएको समर्थन फिर्ता लिएका छौँ । तर अर्कातिर प्रचण्ड–माधव पक्षले संसदको विघटनको विरोध र त्यसको पुर्नस्थापनाको पक्षमा संघर्ष गर्ने नीति अपनाएकोले हामीले उनीहरुसित कार्यगत एकता गर्ने वा उनीहरुको संघर्षलाई समर्थन गर्ने नीति अपनाएका छौँ ।

    मधेशवादीहरुसित हाम्रा गंभीर प्रकारका मतभेद भएपनि ०६२/०६३ को जनआन्दोलनमा हामीहरुले उनीहरुसित मिलेर संघर्ष गरेका थियौँ र अहिले पनि उनीहरुसित कार्यगत एकता र सहकार्य गर्ने वा उनीहरुको आन्दोलनलाई समर्थन गर्ने हाम्रो नीति रहेको छ ।

    अहिले संसदको विघटनका विरुद्ध आउने सबै शक्तिहरु (राजावादी बाहेक) सित हामीले कार्यगत एकता वा सहकार्यको नीति खुला गरेका छौँ वा उनीहरुका आन्दोलनहरु लाई समर्थन गर्ने नीति अपनाएका छौँ । त्यस प्रकारको एकता गर्दा हामीले तात्कालिक राजनीतिक आवश्यकता माथि नै ध्यान दिएका छौँ र उनीहरुको गतकालको इतिहास, उनीहरुको वर्गीय र राजनीतिक चरित्र वा आउने दिनहरुमा उनीहरुले अपनाउन सक्ने गलत नीति वा उनीहरु सित सम्भावित हाम्रा मतभेद वा संघर्षहरुलाई हामीले बाधा बनेर उभिन दिएका छैनौँ ।

    निश्चय नै कार्यगत एकता वा सहकार्यको परिधि भन्दा बाहिर उनीहरु सित हाम्रा विभिन्न मतभेद र संघर्षहरु साथसाथै पनि चल्न सक्दछन् । तर ती सबैका बावजुत तात्कालिक राजनीतिक आवश्यकतामा, अर्थात संसदको विघटन र सम्भव भएसम्म संसदको पुर्नस्थापनाको लागि भएपनि एकता गर्ने कुरामा नै हाम्रो मुख्य जोड हुन्छ । किनभने त्यो अहिलेको देशको तात्कालिक मुख्य राजनीतिक आवश्यकता हो र त्यसमाथि आउने दिनहरुका कैयौँ राजनीतिक परिणामहरु निर्भर गर्दछन् ।

    विभिन्न बामपन्थी शक्तिहरुसित पनि हाम्रा बीचमा भएका कैयौँ मतभेदहरुका बावजुत आपसमा सहमति भएका विषयहरुमा कार्यगत एकता गरेर जाने हाम्रो नीति रहदै आएको छ र हुनेछ ।

    हामीले यसरी नै रणनीति र कार्यनीतिका बीचमा अन्तर गर्ने गर्दछौँ र त्यही माक्र्सवादी लेनिनवादी तथा द्धन्द्धात्मक पद्धती पनि हो । कतिपय कम्युनिष्ट पार्टी वा संगठनहरुले रणनीति र कार्यनीतिमा भएको त्यस प्रकारको अन्तरलाई ठिकसित बुझ्ने वा प्रयोग गर्ने कुरामा ध्यान दिदैनन् । त्यसको परिणाम स्वरुप उनीहरु विभिन्न प्रकारका दक्षिणपन्थी वा उग्रवामपन्थी गल्तिहरु गर्न पुग्दछन् ।

    सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.