• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पृथ्वीनारायण शाहले एकीकृत नेपाल बनाउँदाको वस्तुगत र आत्मगत अवस्था


  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
  • केरसिंह अदै

    Advertisement

    यही पुस २७ गते पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाईंदैछ । पृथ्वीनारायण शाह नेपाल राष्ट्रलाई एकीकरण गरी परचक्रीको अधिनबाट बचाउने महत्वपूर्ण नेता हुन् । उनको जन्म दिवसको अवसरमा उनलाई नेपाली जनताले नेपाल राष्ट्रका निर्माताको रूपमा सम्झि रहनेछन् ।

    उनको जन्म गोरखाका राजा नरभुपाल शाह र आमा कौशल्यावतीको कोखबाट वि.स्. १७७९ मा भएको हो । उनी बुबा नरभुपाल शाहको निधनपछि वि.स. १७९९ मा गोरखाका राजा भए । उनी राजा हुने बेला नेपाल एकीकृत रूपमा आउनु भन्दा पहिले ५२ वटा स–साना राज्यमा विभाजित थियो । राज्य–राज्य बीच लड़ाई कायम थियो । सुदूरपश्चिम क्षेत्रमा २२ राज्य, मध्य क्षेत्रमा २४ राज्य काठमाडौं उपत्यकामा ३ र पूर्वमा मकवानपुर, चौदनी, विजयपुर गरी ५२ राज्य थिए ।

    पृथ्वीनारायण शाहको पहिलो योजना काठमाडौं उपत्यकालाई कसरी कब्जा गर्ने भन्ने मा थियो । यसै अनुरूप उनले काठमाडौंलाई घेराबन्दी गर्ने उद्देश्यले काठमाडौं र तिब्बत भोटको व्यापारिक नाका पर्ने नुवाकोटलाई आफ्नो पहिलो निशान बनाए । विराज थापाको नेतृत्वमा पहिले सेना पठाए, सफल हुन सकेन । फेरि गोरस्वर पन्थको नेतृत्वमा अर्को फौज पठाए । कुनै योजना नबनाई आक्रमण गरेकाले पराजय नै भोग्नु पर्यो । वि.स. १८०१ मा कालु पाण्डेको सैनिक नेतृत्वमा १२ वर्षदेखिका सबैलाई सशस्त्र तैयारी पारी काठमाडौंमा ईन्द्र जात्राको अवसरमा नुवाकोटलाई चारै तिरबाट हमला गरी कब्जा गरे । नुवाकोटका जयन्त राजाको छोरा शंखमनीको मृत्यु भयो ।

    नुवाकोट विजय हासिल गरेपछि बेलकोटमा नुवाकोटको राजा र सिपाहीहरू लुकेर बसेको थाहा पाएपछि कालु पाण्डेले तत्काल आक्रमण नगर्न पृथ्वीनारायण शाहलाई सुझाव दिएका थिए । तर उनको सल्लाहलाई उपेक्षा गरी बेलकोट आ क्रमण गरी नुवाकोटका राजा जयन्तलाई पक्राउ गरे । उनको नुवाकोटमा लिएर छाला काढियो । पृथ्वीनारायण शाहले तनहुँ राजा त्रिबिक्रम सेनबीच सन्धि गर्ने भनी गोरस्वर पन्थलाई खबर पठाए । वार्ता गर्ने सहमत भई वार्ता भइरहेको बखत गोर्खाली सेनाले राजालाई नै बन्धी बनाई तनहुँ कब्जा गरेपछि मात्र राजालाई छाडिदिए ।

    वि.स. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पहिलो आक्रमण गरे । दुवैपक्षबीच बल्खु खोलामा भिषण लड़ाई भयो । कीर्तिपुर, काठमाडौं, ललितपुर, भक्तपुरको साथ रहेकोले गोर्खालीको हार भयो । धेरैको ज्यान गयो । दोस्रो पटक वि.स. २०२१ सालमा शुरप्रताप शाह, दलजित शाह, हर्षित शाहको नेतृत्वमा गएको फौजले पनि हार भोग्नु पर्यो । कीर्तिपुरतिर लागेर शुरप्रताप शाहको आँखा फुट्यो केही घाइते भए । तेस्रो पटक वि.स. १८२२ मा काजी वंशराज पांडेको नेतृत्वमा कीर्तिपुरको धान काट्ने समयको बेला पारी, खेतालाको रूप गरी केही सेना कीर्तिपुर घुसे र वंशराजले कीर्तिपुररेहरुलाई आत्मसमर्पण गर्न भने । त्यसै बखत पृथ्वी नारायण शाहले आत्मसमर्पण गर्नेलाई कुनै हानि नोक्सानी नगर्ने घोषणा गरे ।

    आफ्नो सैनिक थोरै भए पछि त्यहाँ धनवन्त काजीले आत्म समर्पण गरे । काठमाडौंलाई चौतर्फी घेराबन्दी, नाकाबन्दी गरेकोले आर्थिक संकटले महामारी हुन गएको थियो । त्यहाँको राजा जयप्रकाश मल्लप्रति जनताको अविश्वास बढेर उनलाई हटाई ,उनका छोरा राज्यप्रकाशलाई राजा बनाएका थिए । उनले पनि भारदारहरुलाई सन्तुष्ट पार्न सकेनन् । विदेशी जवानलाई सेनामा भर्ती गरी धेरै तलब दिएको हुँदा उनका सैनिक पनि रुष्ट हुँदै गएका थिए । यो परिस्थिति पृथ्वीनारायण शाहले बुझी ईन्द्रजात्राको मौका छोपी हमला गरे । टुँडिखेल हुँदै हनुमान ढोकासम्म पुग्दा त्यहाँका राजा जयप्रकाश मल्लले सैनिक तयार गर्न नसकेकाले वि.स. १८२५ असोज १४ गते विजय प्राप्त गरे । कान्तिपुरका राजा जय प्रकाश मल्ल भागेर ललितपुर गै त्यहाँका राजा तेज नरसिंह मल्ल र प्रधानहरुलाई पृथ्वीनारायण शाहसँग लड्न मोर्चा बन्दी बनाउने भन्दै थिए ।

    पृथ्वीनारायण शाहले केही सेना ललितपुर पठाई आत्मसमर्पण गर्ने की युद्ध गर्ने जवाफ माग गरेपछि ललितपुर पाटनका प्रधानहरुले आत्मसमर्पण गरेकाले युद्ध नगरी वि.स. १८२५ पौष महिनामा ललितपुर पाटन पृथ्वीनारायण शाहको अधिनमा रह्यो । यसैगरी भक्तपुरका राजा रणजित मल्लले आत्म समर्पण गर्न नमानेर छिमेकी राज्य र अंग्रेजसँग सैनिक सहयोग माग गरेकाले पृथ्वीनारायण शाहले अब ढिलो गर्न नहुने सम्झी तत्काल अमर सिंह थापा, वंशराज पाण्डे, राधाकृष्ण कुँवर, कालिदास खड्काको साथमा १५०० ससस्त्र फौज पठाए । लड़ाई भयो । दुई हजार जनाको मृत्यु भयो । ठूलो जन धन को क्षति भयो । कान्तिपुरबाट भागेर शरण लिन भक्तपुर गएका राजा जयप्रकाश मल्लको खुट्टामा गोली लागेर घाइते भए । अन्त्यमा रञ्जित मल्ल आत्मसमर्पण गरे ।

    पृथ्वीनारायण शाहले उपत्यकापछि चौबिसे राज्यसँग युद्ध गर्ने योजना बनाए । चौबिसे राज्यसँग वि.स. १८२८ मा युद्ध गर्दा ५०० भन्दा बढी गोर्खाली सेनाले वीरगति प्राप्त गरेका थिए । पश्चिम सल्यानका राजा श्रीकृष्ण शाहसँग मैत्रीपूर्ण सम्बन्ध राखी पृथ्वी नारायण शाहकी छोरी विलास कुमारीको विवाह सल्यानी राजाको छोरा रणभिम शाहसँग गराई युद्ध गर्न तयार रहेको दाङ देउखुरी क्षेत्र छोरीलाई दिए । उता पूर्वमा किरात र पहाडी क्षेत्र कब्जा गर्ने भनी वि.स. १८३० मा अमरसिंह थापा, रामकृष्ण कुँवर, अभिमानसिंह बस्नेतको टीम गएका थिए । उहाँहरू चौदण्डी, विजय नगर हुँदै सिक्किमसम्म पुगेका थिए । गुमेको भूभाग फिर्ता गराउन सफल भएका थिए ।

    पृथ्वीनारायण शाह र उनका सेनाले सानो गोरखा राज्यलाई पूर्वमा सिक्किम, पश्चिममा सतलजको साँध, उत्तरमा हिमालय पर्वत, दक्षिणमा गोरखपुरसम्म नेपालको भूमि दाबी गरी एकीकृत नेपाल घोषणा गरेका थिए । पृथ्वी नारायण शाहले राज्य विस्तार, एकीकृत नेपाल बनाउने समयमा भारतमा अंग्रेजले इस्ट इन्डिया कम्पनी मार्फत आफ्नो साम्राज्य विस्तारको तीब्र गतिमा अगाडि बढाउँदै थियो, त्यसबेला नेपालसम्म ध्यान पुर्याउन नसकेको मानिन्छ ।

    आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.