• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सन्दर्भ कथित घेराबन्दीको


  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
  • प्रधानमन्त्री ओलीले उनको पार्टीभित्र नै उनकाविरुद्ध घेराबन्दी गरिएको र उनलाई काम गर्न नदिने प्रयास गरिएको हुनाले संसदको विघटन गरेको जवाफ दिएका छन् । तर त्यो घेराबन्दी भनेको के हो ? त्यसलाई हामीले तथ्यहरुका आधारमा बुझ्ने प्रयत्न गर्नु पर्दछ ।

    Advertisement

    जति समाचारहरु बाहिर आएका छन्, त्यसबाट नेकपाभित्र उनका विरुद्ध कैयौँ आरोपहरु लगाइएको, उनलाई प्रधानमन्त्री वा अध्यक्षबाट हटाउन आरोप पत्र वा अविश्वासका प्रस्तावहरु ल्याइएको कुरा थाहा भएको छ । त्यसलाई नै उनले आफ्ना विरुद्धको घेराबन्दी बताएका छन् । त्यसप्रकारको घेराबन्दीको आरोपलाई हामीले अमूर्त रुपले नबुझेर ठोस अर्थमा बुझ्ने प्रयत्न गर्नुपर्दछ । त्यस सन्दर्भमा दुइवटा कुराहरु विचारणीय छन् ।

    प्रथम, कुनै पनि पार्टीमा वा कुनै संघ–संस्थामा प्रजातान्त्रिक तरिकाले चुनिएको कुनै पनि पदाधिकारीलाई चाहे त्यो पार्टीको अध्यक्ष वा प्रधानमन्त्री होस्, कुनै पदबाट हटाउनको लागि माग गर्ने त्यो पार्टी वा संस्थाका सदस्यहरुलाई अधिकार हुन्छ । त्यो अवस्थामा यदि नेकपामा त्यसका सदस्यहरुलाई पनि ओली वा कुनै पदाधिकारीका विरुद्ध कुनै आरोप ल्याउने, हटाउने वा अनुशासनको कारबाहीको लागि प्रस्ताव राख्ने पनि अधिकार हुन्छ । निश्चय नै त्यस प्रकारको कुनै प्रस्ताव सम्बन्धित समितिमा वा सहमती नभए बहुमतद्वारा नै पारित हुनु पर्दछ तर त्यो अवस्थामा ओलीका विरुद्ध आएको कुनै आरोप वा प्रस्तावलाई घेरावन्दी बताउनु तर्कसंगत नभएको कुरा प्रष्ट छ ।

    द्धितीय, संगठन भित्रको कुनै विवाद अन्तरकलह वा अविश्वासका प्रस्तावहरुका कारणले संसदलाई विघटन गर्न मिल्दैन् । त्यस प्रकारको कुनै संवैधानिक व्यवस्था छैन । ओलीले सर्वोच्च अदालतले सोधेर पठाएको प्रश्नको जवाफमा पनि आफ्नो पार्टी भित्र उनलाई घेराबन्दी गरिएकोले वा उनलाई काम गर्न नदिएको हुनाले नै संसदको विघटन गरेको बताएका छन् । संसदमा पनि कसैलाई ओलीका विरुद्ध अविश्वाको प्रस्ताव राख्ने अधिकार छ ।

    तर त्यस प्रकारको प्रस्ताव राखेको अवस्थामा पनि संसदको विघटन गर्न मिल्दैन । त्यस प्रकारको अविश्वासको प्रस्तावलाई स्वीकार गर्ने वा नगर्ने अधिकार संसदलाई नै हुन्छ । कुनै सरकारका विरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पनि संसदको स्वतः विघटन हुँदैन । संविधानले बैकल्पिक सरकारको निर्माणको लागि कैयौँ बाटाहरु निर्धारित गरेको छ । त्यसरी पनि सरकारको निर्माण हुन सकेनभने अर्को चुनावको लागि संसदको विघटन गर्ने व्यवस्था संविधानले गरेको छ ।

    उपरोक्त कारणले ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक भएको कुरा स्वतः सिद्ध छ ।
    (सिंहको फेसबुक पेजबाट)

    आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.