बाँकी जीवन देशको लागि केही गर्ने सोचमा छु
जन्मभुमी त्यही माटोमा बाँच्ने र मर्ने सोचमा छु
Advertisement
ठुलो महल ऐस आराम धन पैसा जोड्नु भन्दा
ससानो सफलताको शिखर चढ्ने सोचमा छु
अस्मिता नै भङ्ग पारी डलर खेती गर्नु भन्दा
आफ्नै बाँझो बारी खनी गहूँ मकै छर्ने सोचमा छु
कति सम्म बाँच्नू जीवन विदेशीको दासी बनेर
अब त सानो झुपडीमा बसाई सर्ने सोचमा छु
सुस्ता कालापानी बेचिए आँखा गाडे जितगढीमा
कम्मरमा खुकुरी भिडी सीमाना तर्ने सोचमा छु
अजय केसी अर्घाखाँची
हाल (युएई)