• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गोरखपुरमा पार्टीस्कुल


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल
    २०३१ सालको चौथो महाधिवेशनदेखि अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य सैद्धान्तिक र व्यावहारिक रूपमा नेपालमा समाजवादी राज्यसत्ताको सुरुवात नौलो जनवादी क्रान्ति सम्पन्न गरेर गर्नुपर्छ भन्ने प्रमुख घटक हो ।

    Advertisement

    यो पार्टी आफ्नो स्थापनाकालदेखि अहिलेसम्म भूमिगत अवस्थामा जनताको बिचमा छ । मुख्य गरी भारत र संसारका अरू धेरै देशमा काम गर्न गएका मजदुरहरू नेपाली एकता समाजको नाममा समेट्न सकेको भए पनि र जनताको पक्षमा देशभित्र राजनीति गरेको भए पनि सङ्गठनात्मक हिसाबले ठुलो पार्टीमा गन्ति हुन सकेको छैन ।

    जनताको राजनैतिक चेतनास्तर उठाएर उनीहरूलाई सही र गलत पार्टी छुट्याउन सक्ने अवस्थामा लगेर मात्र हाम्रो राजनैतिक विजय भई सशस्त्र सङ्घर्ष विजय हुन्छ; र, जनताको राज्यसत्ता कब्जा हुन्छ भन्ने मसालको मूल मान्यता हो ।

    आफ्नो स्थापनाकालदेखि नै पत्रिका प्रकाशन, भाषण र प्रशिक्षण गरेर जनतालाई सचेत पार्ने काम गर्दै आएको छ । तर देशभित्र राजतन्त्रको कडा सामन्ती शासनका कारण हाम्रा नेताहरू भारतमा निर्वासित भएर पार्टीको गतिविधि सञ्चालन गर्दै आएका थिए । पञ्चायती निरङ्कुश शासन ढले पनि राजतन्त्र कायम रहेकाले र उसले नियुक्त गरेका मान्छेले बनाएको संविधानअनुसार बहुदलीय व्यवस्था भएकाले कुनै पनि समयमा प्रतिगमन भई निरङ्कुशता लादिन सक्छ भन्ने मसालको राजनैतिक विश्लेषणसहित आफ्ना भूमिगत सङ्गठनात्मक काम नेपालबाट भन्दा भारतबाटै अघि बढाउने गरिएको थियो । त्यस्तो प्रतिकूल अवस्थामा म एक जना जनशक्ति थपिएपछि गोरखपुरमा पहिलो पार्टी स्कुल उद्घाटन भएको थियो ।

    उच्च माध्यमिक विद्यालयको शिक्षक पदबाट बलजफ्ती किसिमले राजनीतिक कारणले पेन्सन अवकास पाएपछि मलाई पार्टीले पूर्णकालीन कार्यकर्ताको रूपमा गोरखपुरमा पठाएको थियो ।

    मेरो साथमा कपिलवस्तुका शिव पौडेल हुनुहुन्थ्यो । उहाँले हिन्दी बोल्न जान्नुका साथै स्थानीयसँग परिचयसमेत गरिसक्नुभएको थियो ।

    पार्टीले भाडाको कोठा लिइसकेको थियो । हामी दुई जनालाई व्यवस्थापनको जिम्मा दिइयो । हामीसित टेबुल, कुर्सी, खाट केही पनि थिएन ।

    पैसाको नाममा मलाई बुर्तिवाङबाट विदा हुँदा विदाइको कार्यक्रममा पार्टीका साथीहरूले खर्चका लागि ने.रु. १,४०० दिएका थिए । बाटाखर्चपछि बचेको त्यही रकम खर्च गरेर जस्तोतस्तो सामग्री तयार गरेर व्यवस्थापनको जिम्मा पूरा गरेका थियौँ ।

    २०५२ साउन १५ गते महामन्त्री का. मोहनविक्रम सिंहबाट पार्टीस्कुलको उद्घाटन भएको थियो । त्यो स्कुलका प्रत्येक सेसन १५ दिनका हुने गर्दथ्यो । प्रशिक्षार्थी देशभित्रकै हुने गर्दथे । उनीहरूले आफूले खाने खर्च र आउनेजाने बाटोखर्च आफै व्यवस्था गर्ने मात्र होइन, उनीहरूको मेसमा पशिक्षकलाई पनि खुवाउनुपर्दथ्यो ।

    हामी तीन जना प्रशिक्षक थियौँ : मुख्य प्रशिक्षक मोहनविक्रम सिंह, सिनियर प्रशिक्षक हिमलाल पुरी र जुनियर प्रशिक्षक म (दुर्गानाथ खरेल) ।

    १५ दिनको एउटा सेसन सञ्चालन गर्दथ्यौँ । सेसन समाप्त भएपछि प्रशिक्षार्थीहरूलाई खास निश्चित जिम्मा दिइन्नथ्यो । उनीहरू देशभित्र आएर आफू आबद्ध सङ्गठनमा बढी सकृय भई काम गर्छन् भन्ने विश्वासका साथ पठाइन्थ्यो । अर्को सेसन कहिले र कुन सङ्गठनको सञ्चालन गर्ने भन्ने निर्णय पार्टीले गर्दथ्यो ।

    एउटा सेसन पूरा भएपछि म देशभित्र आउँथेँ । परिवारसँग भेट हुन्थेँ; र, त्यहीँ काम गर्दथे । सूचना आएपछि फेरि जान्थेँ ।

    पार्टीस्कुलमा पढाइको निश्चित रुटिन बनाएका थिएनौँ । दिनभरमा डेढ घण्टाका पाँच/छ पिरियड पढाउने गर्दथ्यौँ । पार्टीको अरू काम पनि गर्नुपर्ने हुनाले मोहनजीले कहिलेकाँही दुई पिरियड र कहिले एक पिरियड पढाउने र कहिले नपढाउने पनि गर्नुहुन्थ्यो । हामीले भने दुई÷दुई पिरियड सधैँ पढाउने गर्दथ्यौँ ।

    १५ दिनमध्ये एक दिन छुट्टी पनि गर्दथ्यौँ । छुट्टीका दिन गोरखनाथ मन्दिर, रेलवे स्टेसन आदि घुम्ने काम हुन्थ्यो । प्रत्येक दिन तरकारी लिन जाने, खाना पकाउने, भाडा माझ्ने आफै गर्दथ्यौँ । अरू छुट्टै मान्छे थिएन । आफूहरू सबै मिलेर अथवा काम बाँडफाँड गरेर त्यो काम पनि पूरा गर्नु पर्दथ्यो ।

    हामीले करिब–करिब दुई वर्ष त्यो पार्टीस्कुल गोरखपुरमा चलायौँ । यो अवधिमा चार वटा सेसनको प्रशिक्षण सम्पन्न भएको थियो । राष्ट्रिय जनमोर्चाको एउटा सेसन, अखिल नेपाल युवक सङ्घको एउटा सेसन, नेपाल कम्युनिस्ट पार्टी (मसाल) को एउटा सेसन र अखिल नेपाल महिला सङ्घको एउटा सेसन ।

    चार वटा सेसनलाई उनीहरूको जिम्मानुसार केही विषय फरक भए पनि मूलभूत रूपमा सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक विषय सबैलाई एकै किसिमका थिए । मोहनजीले विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, तात्कालिक राजनीतिक परिस्थिति, देशका राजनैतिक शक्तिहरूको विश्लेषण, विश्वदृष्टिकोण, सङ्गठनात्मक प्रणाली र अनुशासन, खुल्ला प्रश्नोत्तर आदिका विषयमा पिरियड लिनुहुन्थ्यो । साथै उहाँले ऐतिहासिक भौतिकवादको पिरियड पनि छुटाउनु हुँदैनथ्यो । पुरीजीले नौलो जनवादी क्रान्ति, राजनैतिक अर्थशास्त्र, पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनबिचको अन्तरसम्बन्ध, नेपालमा विद्यार्थी आन्दोलनको भूमिका, नेपाल कम्युनिस्ट पार्र्टीको इतिहासजस्ता विषय पढाउनु हुन्थ्यो । मैले द्वन्द्वात्मक भौतिकवादी दर्शन, अतिरिक्त मूल्यको सिद्धान्त, समाजवाद, पुँजीवाद, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था, वर्ग र वर्गसङ्घर्ष, जनताको बिचमा काम, ज्ञानको सिद्धान्त आदि पढाउँथे ।

    त्यो पार्टीस्कुलबाट करिब ५० जना सहभागीले प्रशिक्षण पाएका थिए । त्यो अत्यन्तै कम सङ्ख्या थियो । तर पनि त्यस पार्टीस्कुलको अत्यन्त ठुलो महत्त्व छ । ती ५० जनामध्ये एक जना साथी मरे पनि । अरूले पार्टीले दिएको सानोठुलो जस्तो भए पनि जिम्माअन्तर्गत काम गर्दै छन् । केही सीमित व्यक्तिले बाहेक अरूले पार्टी छोडेका छैनन् । लहैलहैमा बग्ने हुनबाट बच्न र बचाउन त्यो पार्टी स्कुल पूरै सफल भएको छ ।

    प्रशिक्षणबाट मार्क्सवादको मोटामोटी भए पनि आधारभूत सिद्धान्तको जानकारी भयो । उनीहरूमा स्थिरता आयो । अर्को कुरा हाम्रो सङ्गठन भएका सबै देशभित्रका र देशबाहिर भएका सङ्गठनबिच हाम्रो पार्टीको आयोजनामा पार्टीस्कुल सञ्चालन भएको छ, त्यहाँ हाम्रो पार्टीको राजनीति, सिद्धान्त र सङ्गठनका विषयलाई पढाइ हुन्छ भन्ने प्रचार भयो । त्यसको सकारात्मक महत्त्व रहेको थियो ।

    अझै अर्को महत्त्व त्यो पार्टीस्कुलको यसकारण बढी छ कि मलाई पार्टीको प्रशिक्षक भई जीवभर काम गरेर कम्युनिस्ट आन्दोलनमा आफ्नो योगदान थप्ने प्रेरणासहित आधार तयार पार्न सहयोग गर्यो । घर र स्वास्थ्यको समेत प्रतिकूल अवस्थामा म एकोहोरो भएर पार्टीको प्रशिक्षणमा लागेँ; र, लागिरहेँ । त्यो सबै किसिमले एकोहोरिएर पार्टीको काममा लाग्न त्यही पार्टी स्कुलको प्रशिक्षकको जिम्मेवारीको प्रेरणाले दिएको हो । त्यसपछि अहिलेसम्म लगातार २५ वर्षसम्म प्रशिक्षकको रूपमा काम गरिरहेको छु । प्रशिक्षणकै लागि नोट बनाउने, लेख लेखेर प्रकाशित गर्ने, किताब छापेर बेच्ने अभ्यासले आर्थिक समस्या समाधानमा समेत सहयोग पुगेको छ ।

    म लगातार काममा खटिइरहने गर्दछु । मैले घरमा खाना पकाउने, सरसफाइको काम नगरेको थाह पाएर परिवारजन रिसाउँछन्; गाली गर्छन् तर आफ्नो काममा लगातार लागेको प्रेरणाले उनीहरू पनि आफ्नो काममा खट्छन्, तब मात्रै परिवारभित्रको काम पनि चलेको छ ।

    त्यतिखेर देशमा राजनैतिक पार्टीहरू सङ्गठनको प्रारम्भिक अवस्थामा थिए । खासगरी, वामपक्षीय राजनैतिक पार्टीमध्ये एमालेले सत्ताको बाग्डोर आफ्नो हातमा लिने तैयारी गर्दै थियो भने माओवादीहरूले सहिदको खेती गरेरै भए पनि आफ्नो अवसरवादी उद्देश्य राजनैतिक क्षेत्रमा स्थापित गर्न कथित जनयुद्धको उग्रवामपन्थी काम अघि बढाउँदै थिए । उता, राजाले २०४६ सालको जनआन्दोलनबाट गुमेको स्वर्ग फिर्ता गराउने मौका खोजिरहेका थिए । जनता भने स्वर्ग कि नर्क, अघिल्लो र पछिल्लो जुनी, भाग्य आदि काल्पनिक चिन्तनले ग्रस्त थिए । त्यस्तो प्रतिकूल अवस्थामा थोरै भए पनि आफने प्रयत्नबाट पार्टीस्कुल सञ्चालन गरेर जनताको राजनैतिक चेतनास्तर उठाएर देशको राजनीतिमा योगदान थप्ने काम भएको थियो ।

    लामो समयको सामन्ती शासनको कारणले देशभित्र कम्युनिस्ट पार्टीको भूमिगत प्रणाली विकास हुन सकेको थिएन । अवसरवादी र प्रतिक्रियावादीले आफ्नो स्वार्थका लागि राजनीति गरिरहेको अवस्थामा जनताको राजनीतिक चेतना उठाउन राजनैतिक पार्टीले स्कुल खोल्नु महान् काम थियो । शासकहरूको त कुरै छाडौँ, आफूलाई वामपन्थी र प्रगतिशील भन्ने पार्टीको सोचाइमा समेत पार्टीस्कुलबारे कुनै विचार समेत विकास भइनसकेको अवस्थामा हाम्रो पार्टीले पार्टीस्कुल खोलेर सञ्चालन गर्नु नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो उदाहरण थियो ।

    भूमिगत अवस्थामा भएकाले त्यसले प्रचार प्रसारमा व्यापकता पाउन सकेन । तर पनि गुणात्मक हिसाबले त्यसले महत्त्वपूर्ण काम गरेको थियो । पत्रिका, गीत, भाषणभन्दा प्रशिक्षणको बढी महत्त्व हुन्छ । अरू तीन वटा माध्यमद्वारा जनतालाई राजनैतिक रूपले सचेत पार्ने कामभन्दा प्रशिक्षण अप्ठेरो काम पनि हो । त्यही पनि १५ दिनसम्म लगातार पढाउनका लागि व्यवस्था मिलाउनु सजिलो काम थिएन, तर पूरा भयो ।

    गोरखपुरको पार्टीस्कुलको सम्पूर्ण अवधिमा आएका प्रशिक्षार्थीहरू देशका विभिन्न भागबाट आएका थिए । उनीहरू विभिन्न सांस्कृतिक पृष्ठभूमिका भए पनि आर्थिक हैसियतमा भने धेरै भिन्नता थिएन ।

    धनी सम्पन्नहरू हाम्रो पार्टीको नामै लिने चाहन्नथे । कोही पार्टीमा लागेकै भए पनि आफू ठुलो नेता हुन पाउने महत्त्वाकाङ्क्षासहित पार्टीमा लागेको हुने हुनाले त्यति धेरै १५ दिनसम्म सामान्य प्रशिक्षार्थी भएर पढ्न जाने कुरामा उनीहरूको इज्जत नहुने हुनाले जाने गर्दैनथे । निम्नमध्यम वर्गका र पार्टीप्रति विश्वास भएका मात्रै प्रशिक्षार्थी भएका थिए । महिला र युवकको ग्रुपमा भने त्यस्तो भएको थिएन । सबै आर्थिक समूहका सहभागी भएका थिए ।

    जे जस्ता सहभागी भए पनि देशैभरि हाम्रो पार्टीस्कुल सञ्चालन भएको सन्देश प्रचार भएको थियो । औपचारिक कक्षामा पढाइएका विषयको अतिरिक्त स“गै खाने सँगै बस्ने गर्दा पाएको व्यावहारिक ज्ञानको कम महत्त्व थिएन । सँगै खान्थ्यौँ । सँगै बसेर छलफल गर्दथ्यौँ । छलफलमा सैद्धान्तिक विषय मात्र हुँदैनथे । राजनीतिक, आर्थिक, सांस्कृतिक, परम्परागत, पेसागत, पारिवारिक सबै कुरा हुन्थे । १५ दिनसम्म सँगसँगै एकापसमा गरेको सहकार्यले एकर्काको योग्यताको मूल्याङ्कन त हुन्थ्यो नै, भविष्यको उद्देश्य निर्माणमा पनि सहयोग गर्दथ्यो ।

    धेरै मान्छे आफू कम्युनिस्ट पार्टीमा लागेकै भए पनि आफ्नो अहम्पना प्रदर्शन गर्दछन् । सामान्य र सरल व्यवहारबाट उनीहरूलाई आफ्नो ठुल्याइँ पुष्टि नहुने हुन्छ । तर हाम्रो सामान्य व्यवहारले कम्युनिस्ट पार्टीमा लाग्न र लागिरहन सहयोग गरेको महसुस गरेका थियौँ ।

    पहिलो कुरा हाम्रा विषयवस्तुले नै सरल हुनुपर्ने बनाएको थियो । सहकार्यले पनि थप योगदान पुर्याएको थियो ।

    २०५३ फागुनपछि त्यो पार्टीस्कुलको अस्तित्व समाप्त भएको थियो । पार्टीले अलि पहिले नै देशभित्रबाट प्रशिक्षार्थीको सङ्ख्या कम भएकाले अब जिल्लामा घुम्ती प्रशिक्षण चलाउने र गोरखपुरको पार्टीस्कुल बन्द गर्ने निर्णय गरिसकेको थियो । हामी दुई जना प्रशिक्षक हिमलाल पुरी र म त्यही निर्देशन पाएर देशभित्रको जिम्मेवारी लिएर फर्केका थियौँ ।

    करिब २० महिना अस्तित्वमा रहेको त्यो पार्टीस्कुलले देशभित्र पार्टीस्कुल सञ्चालन गर्ने आधार तयार गर्नमा सहयोग पुर्याएको थियो । त्यसपछि देशभित्रका घना सङ्गठन भएका जिल्ला र भारतको विभिन्न सहरमा एक–एक महिनाको घुम्ती प्रशिक्षण व्यापक रूपमा सञ्चालन भएका थिए ।

    घुम्ती प्रशिक्षण एक ठाउँमा तीनदेखि पाँच दिनका हुने र त्यो सिद्धिएपछि फेरि अर्को ठाउँमा हुने गरेर प्रशिक्षकलाई एक–डेढ महिनाका लागि लगातार काममा लगाउने गरिन्थ्यो । त्यसो गर्ने आधार गोरखपुरको पार्टीस्कुल थियो । फेरि ती घुम्ती प्रशिक्षण शिविरले काठमाडौँमा स्थायी पार्टीस्कुल स्थापना र सञ्चालन गर्ने आधारको काम गरेको थियो ।

    समाजवादको राजनीति आमूल परिवर्तनको राजनीति हो । आमूल परिवर्तन विश्वदृष्टिकोणमा आमूल परिवर्तनबाट सुरु हुन्छ ।

    कम्युनिस्ट पार्टी कार्यकर्ताको सहयोगबाट सञ्चालन हुने पार्टी हो । सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैनन् । त्यसका दुई वटा कारण छन् : पहिलो– उनीहरू व्यक्तिगत समस्याबाट उम्कन सक्दैनन्; दोस्रो– उनीहरू स्वर्ग, नर्क, अघिल्लो, पछिल्लो जुनि, भाग्यजस्ता काल्पनिक आदर्शवादी चिन्तनले ग्रस्त हुन्छन् । धर्म, परम्परा छाड्न सक्दैनन् । कार्यकर्तालाई नेता बनाउने र जनतालाई कार्यकर्ता बनाउने अथवा जनताका बिचबाट धेरै कार्यकर्ता बनाउने काम प्रशिक्षणबाट सुरु हुन्छ । त्यसैले गोरखपुरको पार्टीस्कुलले त्यो काममा महत्त्वपूर्ण सहयोग गरेको थियो ।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.