• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

विभाजित नेकपामा वामदेव नेतृत्वको तेस्रो धार निर्माण, माघमा महाधिवेशन


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । दुई चिरामा विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तेस्रो धारको निर्माण भएको छ । पार्टी एकताका लागि दबाब दिन भन्दै नेता वामदेव गौतमको संयोजकत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरिएको हो ।

    Advertisement

    एकीकृत नेकपाको उपाध्यक्ष रहेका गौतम विभाजन पछि कुनै पनि समूहमा नलागि छुट्टै धार निर्माणमा लाग्नुभएको छ । ५५१ सदस्यीय गौतम नेतृत्वको समूहले पार्टी एकताका लागि जोड दिनुका साथै वडा तहसम्म संगठन विस्तार गर्ने, माघमा महाधिवेशन गरेर केपी ओलीलाई नेतृत्वबाट हटाउने र वैशाखको निर्वाचनमा सहभागिता जनाउने अभियानका केन्द्रीय सदस्य हरि पराजुलीले जानकारी दिनुभएको छ ।

    गौतमले शनिबार एक वक्तव्य प्रकाशित गरी पार्टी एकताका लागि दबाब दिन कार्यकर्ताहरुसँग अपिल गर्नुभएको छ ।

    गौतमले कानुनी रुपमा विभाजनको छिनोफानो नहुन्जेलसम्म शिष्ट भाषाको प्रयोग गर्न, एकअर्काको बारेमा कुराकानी नगर्न र दुवैतर्फको भेला, बैठक तथा आमसभामा नजान आम कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

    दुई चिरा परेको नेकपामा एक समूहको नेतृत्व प्रधानमन्त्री केपी ओली र अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् । नेकपाका दुवै पक्षले फरकफरक कार्यक्रम र बैठक गरेर आफू अनुकूल निर्णय गर्दै वैधानिकता दाबी गरिरहका छन् ।

    नेकपाको वैधानिकताको विषय निर्वाचन आयोगमा र प्रतिनिधिसभा पुनर्स्थापनाको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । तर, गौतमले विवाद समाधानको लागि रोडम्याप भन्दै छुट्टै संगठन निर्माणमा लाग्नुभएको हो ।

    यस्तो छ अपिलको पूर्ण पाठ

    आदरणीय कमरेडहरू,
    आज नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ। यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजन तर्फ धकेलिरहेको छ। नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीअन्तर्गत कम्युनिस्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैँमा गौरवमय उपलब्धि थियो। यो उपलब्धि मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ति हुने छैन।

    तर सरकार सञ्चालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतीत नहुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दु:खद् र पीडादायी भएको छ। नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो।

    हामी सबैलाई थाहा हुनुपर्छ- चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष सञ्चालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका विच भएको एकीरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो। राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हैसियत राख्ने दुई कम्युनिस्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक-फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वाभाविक हो। तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुवैले सहर्ष स्वीकार गरिसकेपछि मतभिन्नता त्यति जटिल हुने देखिँदैन।

    सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनी सहमति भएकै थियो। तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो। पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो। अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो। यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले बेहोर्नपर्ने अवस्था सिर्जना भएको छ। पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो।

    पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरणपछिको यो एक वर्ष नेतृत्वको ध्रुवीकरणमा बित्यो। पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेर्होन परेको छ। यतिबेला कार्यकर्ताहरुलाई तानातान गर्दै क. केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क. पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन्। प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। साथै निजी क्षेत्रका दर्जनभन्दा बढी कानुनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ। दुवै समूह नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नो हक दाबी गर्दै निर्वाचन चिह्नसमेत आफ्नो दाबी गरिरहेका छन्।

    उपरोक्त सम्पूर्ण अवस्थालाई सूक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुन:एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाई‌हरुका अगाडि खडा भएको छु।

    यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुन:एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्य/मान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्।

    उपरोक्त दुवै समूहमा सामेल हुनुभएका कमरेडहरु,
    एकअर्कालाई दोष दिँदै सामान्य मानमर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्टविरोधीहरुलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गनुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं।

    देश र विदेशमा रहनुभएका हाम्रो पार्टीका प्रिय कमरेडहरु,
    नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस। तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस्। कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस्। घरमा आउने कमरेडहरुलाई सक्दाे सहयोग गर्नुहोस्। सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस्।

    कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस्। यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ।

    लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन
    धन्यवाद

    वामदेव गौतम
    संयोजक
    नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियान

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.