• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिनिधि सभा विघटनको असर अन्य क्षेत्रमा पनि पर्न सक्छ : महामन्त्री सिंह


  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधि सभा विगटनको असर राष्ट्रियतामा समेत पर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंको बानेश्वरमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा महामन्त्री सिंहले प्रतिनिधि सभा विगटनको असर संविधान, गणतन्त्र, धर्मनिपेक्षता र राष्ट्रियतामाथि पर्न बताउनुभयो ।

    Advertisement

    ‘अहिलेको समस्या संसद विघटनको मात्र होइन, यसको धेरै असर पर्न सक्छ’, सिंहले भन्नुभयो, ‘हाम्रो संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियतामा पर्न सक्छ ।’

    लामो संघर्षपछि प्राप्त भएका उपलब्धि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबाट गुम्ने भन्दै उहाँले त्यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको कदमले संविधान माथि नै कुठाराघात भएको आरोप पनि लगाउनुभयो । सिंहले संसद पुनर्स्थापनाका लागि संयुक्त संघर्षमा जान दलहरुसँग आग्रह पनि गर्नुभयो ।

    कार्यक्रममा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्वंसात्मक प्रवृत्तिले सबैलाई दुःख दिने बताउनुभयो । अध्यक्ष नेपालले ओलीको कदम नेकपाका नेतालाइ तह लगाउन मात्रै भएको भन्ने नठान्न कांग्रेसललगायतका अन्य दललाई आग्रह गर्नुभयो ।

    ‘ध्वंसात्मक प्रवृत्तिले सबैलाई दुःख दिन्छ’, नेपालले भन्नुभयो, ‘तपाईंहरुलाई लागेको हुनसक्दछ यो नेकपाभित्रका नेताहरुलाई मात्र तह लगाएको होला, नेकपाको आन्तरिक मामिला होला। भित्र दनादन दनक दिइरहेका छन् भन्नेठान्नुहोला, यस्तो कदमले कसैलाई बाँकी राख्दैन् ।’

    पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६०/६१मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको उहाँको भनाई थियो ।

    उहाँले भन्नुभयो ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो समान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन कू गरे र ६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन कू गरे त्यसैको हाराहारिको यो कू हो । संवैधानिक कू होइन । त्यो त संविधान अन्तर्गत हुन्छ । संविधान माथिको कू हो । व्यवस्था माथिको कू हो । त्यसो हुनाले यसलाई समान्य अर्थमा लिने गल्ती कसैलेपनि नगरौं ।’

    बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.