• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महिला नेतृसँग सभामुखले भने– प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन (ध्यानाकर्षण पत्रसहित)


  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्स लिइरहेको बताउनुभएको छ ।

    Advertisement

    बिहीबार नेकपा (मसाल) निकट अखिल नेपाल महिला सङ्घलगायत विभिन्न पार्टी सम्बद्ध महिला सङ्घका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यसअघि नै विज्ञप्ती निकालिसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिका बारे परामर्श लिइरहेको बताउनुभएको हो ।

    सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको विषयलाई समावेस गरेर अदालतमा उत्तर दिन लागेकोसमेत बताउनुभयो । सभामुख सापकोटाले संविधानको रक्षा, देश र जनताको हितमा सधैँ समर्पित भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    महिला सङ्गठनहरुले बुझाएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालीन अन्धकारको सुरुङभित्र धकेलिदिएको उल्लेख छ । उनीहरूले प्रतिनिधि सभा विघटनको घोषणा खारेज हुनुपर्ने मागसमेत गरेका छन् । प्रतिनिधि सभालाई पुनस्र्थापना गर्न नसके अब बन्ने कुनै पनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधि सभा विघटन गर्ने नजिर रहने भन्दै महिला सङ्गठनहरूले चिन्ता व्यक्त गरेका छन् ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ), की संयोजक अमृता थापा, समाजवादी महिला सङ्घ नेपालकी अध्यक्ष निर्मला यादव र विवेकशील–साझा महिला सङ्घकी अध्यक्ष समीक्ष बास्कोटाले सो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    यस्तो छ ध्यानाकर्षण पत्र-

    “भर्खरै मुलुकमा उत्पन्न राजनैतिक घटनाक्रमका बारेमा सम्माननीय सभामुखज्यू जानकार नै हुनुहुन्छ । सो राजनैतिक घटनाक्रमका सन्दर्भमा हामी निम्न महिला सङ्गठनहरूले गम्भीर तबरबाट ध्यानाकर्षण गर्न संयुक्त रूपमा छलफल गरी हाम्रो साझा धारणा राखेर सम्माननीय सभामुखज्यूसमक्ष उपस्थित भएका छौँ ।

    यही २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चित कालीन अन्धकारको सुरुङभित्र धकेलिदिएका छन् । आम नेपाली जनता, राजनैतिक दल र थुप्रै सहिदको बलिदान र सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रतिनिधि सभा विघटनद्वारा नष्ट गर्ने षड्यन्त्र गरिएको छ । उनको यो प्रतिनिधि सभा विघटन गर्ने कदम चरम व्यक्तिवादी, अधिनायकवादी र निरङ्कुश चरित्रको परिणाम हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असंवैधानिक रूपमा प्रतिनिधि सभा भङ्ग गरिएको घोषणा खारेज हुनुपर्दछ । यदि यो प्रतिनिधि सभालाई पुनस्र्थापना गर्न सकिएन भने संविधान र आम नेपाली जनताको भावना विपरीत हुने छ । भविष्यमा हुने कुनै पनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधि सभा विघटन गर्ने नजिर रहने सम्भावना रहन्छ । देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय सुरक्षामा चुनौती थपिने छ । देश प्रतिगामी शक्तिहरूको खेलमैदानमा परिणत हुने छ, जसको कारणले आर्थिक विकास ठप्प हुने छ ।

    हाम्रोजस्तो देशमा अरबौँ खर्च हुने मध्यावधि निर्वाचन आवश्यक र सम्भव दुवै छैन । निर्वाचनमा हुने खर्चको कारण कोभिड–१९ जस्ता महामारीबाट आम जनतालाई बचाउन सकिने छैन । विकास निर्माण कार्य अवरुद्ध हुने र शान्तिसुरक्षा कमजोर हुँदै जाने छ । फलस्वरूप आम नेपाली जनतामा निराशा छाउने छ । संविधानले कल्पनै नगरेको परिस्थिति र दिँदै नदिएको अधिकार प्रयोग गरेर हठात् कथित विघटित प्रतिनिधि सभा पुनस्र्थापित होस् भनी हामी निम्न महिला सङ्गठनहरू जोडदार माग गर्दै सम्माननीयज्यूको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ ।”

    बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.