खिमबहादुर विक, हैदराबाद भारत ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले संसद विघटन र संघीयताका विरुद्ध विरोध सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाहले सोमबार विरोध सभाको आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सचिव प्रेम पौडेलले राष्ट्रिय जनमोर्चाले निर्देशित गरेका कार्यक्रमहरुलाई निर्णायमक बिन्दुमा पुर्याउनका निम्ति एकता समाजले ऐकवद्धता प्रकट गर्दै आईरहेको जानकारी दिनुभयो । पौडेलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेकोप्रति भ्रर्त्सना गर्दै विघटित संसद पुनर्स्थापनाको लागि आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
‘देशमा कम्युनिष्टको नाममा दुई तिहाई बहुमतको सरकार छ तर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रलाई सत्ताधारी पार्टीहरुको गलत क्रियाकलापका कारण प्रतिगमनतिर लैजाने कुचेष्टा गरी रहेका छन्’ पौडेलले भन्नुभयो, ‘राजा आऊ, देश बचाऊ भन्दै हिन्दू राष्ट्रको माग हुन थालेको छ । देशमा संघीयताको नाममा चरम भ्रष्टाचार बढिरहेको छ । यी बेथितिबाट देशलाई अगाडि बढाउन तत्काल संसद पुनर्स्थापना र संघीयता खारेजी गर्नुपर्छ ।’

कार्यक्रमलाई मूल प्रवाहका केन्द्रीय सदस्य रामप्रसाद आचार्य, केन्द्रिय प्रतिनिधि के रतन सिंह, भूतपूर्व क्षेत्रीय अध्यक्ष तथा वरिष्ठ सदस्य प्रेम केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको विरोध गरौं, संघीयता र भ्रष्टचारको विरुद्ध संघर्ष गरौं’ भन्ने नाराका साथ आयोजित सभा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता र क्षेत्रीय सचिव खिम बहादुर विक को सन्चालन तथा सचिवालय सदस्य घनश्याम पौडेलको स्वागतबाट अघि बढेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक विभागले जनवादी गीत संगीत प्रस्तुत गरेको थियो ।
महिला तथा विद्यार्थी विभागको संयुक्त क्षेत्रीय भेला सम्पन्न
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत महिला तथा विद्यार्थी विभागको संयुक्त क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलाले महिला विभाग र विद्यार्थी विभागको क्षेत्रीय समिति पुनर्गठन समेत गरेको छ । भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सचिव प्रेम पौडेलले मैनबत्ती जलाई तालिको गडगड़ाहटका साथ गर्नु भएको थियो ।

चन्द्रा परियारको अध्यक्षता तथा पुष्पा पौडेलको सञ्चालनबाट अगाडि बढेको सभामा प्रमुख अतिथि पौडेलसहित केन्द्रीय सदस्य रामप्रसाद आचार्य, खिमबहादुर विक, क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, क्षेत्रीय समिति भिम बहादुर थापा, केन्द्रीय प्रतिनिधि के रतन सिंह, केन्द्रीय विद्यार्थी विभागका तेजेन्द्र शर्मा, मूल प्रवाहका अभिभावक रनबहादुर पौडेल, भूतपूर्व क्षेत्रीय अध्यक्ष तथा वरिष्ठ सदस्य प्रेम केसीले अतिथि आसान ग्रहण गर्नु भएको थियो ।
नव निर्वाचित समिति को घोषणा केंद्रीय प्रतिनिधि के रतन सिंह ले गर्नु भएको थियो ।
क्षेत्रीय महिला विभाग

भेलाले २१ सदस्यीय क्षेत्रीय महिला विभाग गठन गरेको छ । समितिको अध्यक्षमा माया थापा, सचिव पुष्पा पौडेल र कोषाध्यक्ष गुमा राना चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा क्रमसः कल्पना पौडेल, गंगा कडायत, चन्द्रा परियार, सम्झना दुलाल, मधु ढकाल, सबीता पौडेल, इस्वरा पौडेल, तुलसी क्षेत्री, जूना थापा, देवी शर्मा, मीना पुन, लक्ष्मी जिसी, तारादेवी थापा, हीरा पौडेल, सीता थापा, देवु केसी र कमला शर्मा रहनु भएको छ ।
क्षेत्रीय विद्यार्थी विभाग

भेलाले २१ सदस्यीय क्षेत्रीय विद्यार्थी विभाग गठन गरेको छ । नव निर्वाचित समितिको अध्यक्षमा विक्रम केसी चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष प्रकाश पौडेल, सचिव अर्जुन आचार्य, सहसचिव सागर क्षेत्री, कोषाध्यक्ष हिमाल पौडेल, सदस्यहरुमा क्रमसः कुसुम क्षेत्री, पिंकी क्षेत्री, अश्मिता शर्मा, प्रियंका विक, दीपक थापा, समीर दुलाल, ममता कडायत, कमल थापा, शर्मीला थापा, चन्द्रकुमार विक, रोहित बहादुर, सोनिया शर्मा, दिलीप क्षेत्री, प्रकाश थापा, मितु गुरुङ, प्रकाश थापा, शेखर क्षेत्री र सूरज गौतम रहनु भएको छ ।
यो पनिः
मूल प्रवाहका केन्द्रीय सदस्य रामप्रसाद आचार्यको प्रवासबाट विदाई
हैदरावादमा मूल प्रवाहद्वारा उद्यमीलाई सम्मान

