• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कम्युनिस्ट पार्टीको जीवन र श्रमजीवी वर्गको जीवन


  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल
    कम्युनिस्ट पार्टीको जीवन मजदुरको जीवनसँग सम्बन्धित छ । मजदुरको जीवन शोषणमा आधारित जीवन हो ।

    Advertisement

    शोषणमा आधारित जीवन दास बनाउने चलनबाट सुरु भएको हो । दासजीवन मानव समाजको पहिलो मजदुर जीवन हो । उनीहरूसँग कुनै अधिकार थिएन । बाच्न पाउने, खान, लाउन, बस्न पाउने उनीहरूका सबै अधिकार मालिकको हातमा थिए । काम गरेर मालिकको चित्त बुझाउन सक्नेले मात्र बाच्ँन पाउनेसहित अरू अवसर पाउँथे, नत्र मृत्युवरण गर्नुपर्दथ्यो । त्यो मजदुर जीवनको पहिलो अवस्था थियो ।

    सिङ्गो दासयुग त्यसरी नै बित्यो । बाटामा दासलाई बाँधेर किला ठोक्दै मृत्युवरण गराउन ठुला ठुला खम्बा बाटैभरि लहरै गाडिएको चित्र अहिले पनि देख्न पाइन्छ । अहिले अनौठो र निर्मम मानिए पनि उतिखेर यस्ता घटनालाई सहज रूपमा लिइन्थ्यो ।

    दासव्यवस्था समाप्त भएको दुई हजार वर्ष बितिसक्यो । तर पनि मजदुरलाई मुक्त गर्ने व्यवस्था लागु गर्ने अवस्था अझै पर्दाभित्रै छ, व्यवहारमा लागु गर्न सकिएको छैन । मान्छेमा बौद्धिक प्राणी भए पनि मजदुरलाई मुक्त गर्ने, गराउनेभन्दा शोषणको जालोभित्र राख्ने बुद्धि हावी छ; र, मुक्तिको चेतना बढाउनेसम्मको प्रयत्नले साकार रूप लिन सकेको छैन ।

    सिङ्गै सामन्तीयुगको १,५०० वर्षसम्म बौद्धिक र प्राविधिक योग्यता विकासका ठेकेदार सामन्त नै भए । किसानको बाच्न पाउनेसम्मको अधिकार त सुरक्षित भयो, तर अरू अधिकार सामन्तको निगाहअन्तर्गत नै उपभोग गर्न सकिने चलन चलिरह्यो । जग्गाको स्वामित्व सामन्तसँग रहेकाले किसानलाई घटीभन्दा घटी आवश्यकता पूरा गर्न धौ धौ हुने भयो । ठाँटबाट, धाकरवाफ सबै सामन्तका जीवनशैली भए । तर मुख्य उत्पादक शक्ति भने किसान थिए ।

    दासविद्रोहले दासव्यवस्था चल्नै नसक्ने भएपछि मुख्य उत्पादनको साधन जमिन र त्यसको मालिक सामन्त तथा उत्पादक शक्ति किसान भई दुवै शक्ति दास र दासमालिकमा रूपान्तरण भएको थियो । दास र दासमालिक दुवै समाप्त भएको अवस्था थियो । दास किसानमा रूपान्तरण भएका थिए; र, दासमालिक सामन्तमा रूपान्तरण भएका थिए । दासयुग समाप्त भएर सामान्तीयुग सुरु भएको थियो ।
    सामन्ती व्यवस्थाको सुरु अवस्थामा किसानले सामन्तको स्वामित्वमा रहेको जमिनमा बेठबेगारीको काम गरेर बचेको समयमा आफूलाई छुट्याइदिएको सानो टुक्रा जमिनमा काम गर्दथे । त्यसरी काम गर्दा किसानहरू उत्साहित भएको र सामन्तकहाँ रहेको जमिनमा उत्सुकता नदेखाएको थाहा भएपछि बेठबेगारीको सट्टा जिन्सी तिरो लिने गरी जग्गा किसानलाई उत्पादन गर्न दिन लागियो । यो श्रमको दोस्रो तरिका थियो ।

    अर्कोतिर किसानको उत्पादन बिना हिसाब लिने र विरोध गरे जग्गाको स्वामित्व बिगारिदिने पनि गर्दथे । यसरी मजदुरको दोस्रो किसान अवस्था पूरै सामन्तीयुगभरि चल्यो । जब उद्योगधन्दा स्थापना हुँदै गए, ज्याला दिएर श्रमिकलाई काम गराउने चलन सुरु भएको हो । यो वास्तविक शब्द मजदुर पनि त्यतिखेरबाट नै सुरु भएको हो ।

    मजदुर भनेको ज्याला लिएर श्रम बेच्ने श्रमजीवी भन्ने अर्थमा नै प्रयोग गरिने शब्द हो । यो श्रमजीवी वर्गको दास र किसानपछिको तेस्रो अवस्थाको उत्पादक शक्ति हो ।

    यो अवस्थामा श्रमजीवी वर्ग दास अवस्थामा र किसान अवस्थामा भन्दा बढी स्वतन्त्र हुन्छ । आफूले आफ्ना खुसीले श्रम बेच्न स्वतन्त्र हुन्छ; तर, शोषण भने पहिलेका दुई वटा अवस्थामा भन्दा पनि बढी व्यवस्थित भएको हुन्छ । निश्चित समयको निश्चित ज्याला दिएपछि ऊप्रति पु“जीपति वर्गको कुनै पनि जिम्मेवारी रहन्न । पहिलेको व्यवस्थामा रोग लाग्दा बचाउनेसम्मको मामुली जिम्मेवारीबाट मालिकवर्ग पूरै उम्किएको हुन्छ ।

    बेरोजगार बनाएर बढी शोषण गर्ने र रोजगार बनाएर अतिरिक्त मूल्यको शोषण गर्ने पु“जीवादी व्यवस्थाको शोषण गर्ने तरिका हो । शोषणका तरिका बदलिए । श्रमिकले बढी स्वतन्त्रता पाएजस्तो देखियो पनि । आफूखुसी श्रम बेच्न पाउने भए । आफ्नो श्रमको मूल्य आफै तोक्न पनि पाउने भए; तर, उत्पादनका साधनमा सीमित व्यक्तिको स्वामित्व भएकोले धेरै सङ्ख्यामा रहेका मजदुर श्रमजीवी आफ्नो श्रम बेच्नेबाहेक अर्को उपाय नभएका भए । उनीहरूलाई खुसी बनाएर बढी श्रमशोषण गर्ने सकेसम्मको प्रयास गर्न लागे । मिठो खान दिएर अथवा सुविधाका फोस्रा आश्वासन बाँडेर सकेसम्मको धेरै श्रमको उपयोग गर्ने गर्दै गरे ।

    मजदुरको जीवन सुरु हुँदाखेरि दासव्यवस्थामा मजदुरका कुनै अधिकार थिएनन् । खाने, लाउने, बस्ने, बाँच्ने, मर्ने, उपचार गर्ने, सुरक्षित हुने—सबै अधिकार उनीहरूसँग थिएनन् । सबै अधिकार मालिकको हातमा थिए, उनीहरूसँग कर्तव्य मात्र थियो– धेरै उत्पादन गर्ने; र, मालिकलाई खुसी पारिरहने । कुनै कारणले मालिक खुसी भएन भने उनीहरूका सबै अधिकार खोसिन्थे । त्यस्तो प्रतिकूल अवस्थामा विद्रोह गर्ने काम अवश्य पनि सजिलो थिएन । त्यसो गर्दा सजिलैस“ग ज्यान गुमाउनुपर्दथ्यो; तर पनि कतिपय दासले ज्यानको बाजी लगाउने हिम्मत गर्दथे । त्यस क्रममा उनीहरूको ज्यान त जान्थ्यो नै, त्यसबाट प्रेरणा पाएर अरूले पनि अन्यायको विरोध गर्ने काम गर्दथे ।

    अन्यायको विरोध गरेर बच्ने र सङ्गठन गर्ने काम नभएको भए दासव्यवस्थाको अन्त हुन सक्ने थिएन; साथै अन्यायको विरोध गरेर ज्यान गुमाएको प्रेरणा अरूले नपाएको भए पनि दासव्यवस्थाको अन्त्य हुने गरी सशक्त विद्रोह उठ्न सक्ने थिएन ।

    पूरै दासव्यवस्थाभरि दासविद्रोह भइरहे । आफ्नो अधिकारका लागि सङ्घर्ष भइरहे । सङ्घर्षको सिलसिलामा कहिले एक जना, कहिले दुईचार जना र कहिले अझ धेरै जनाले मृत्युवरण गर्नुपर्ने अवस्था अवश्य आयो । तर पनि ती घटनाले आगोमा घिउ थपेजस्तै विद्रोह जन्माउने, हुर्काउने र फैलाउने काम अवश्य पनि गरे । अधिकारको लडाइँमा विजय–पराजय पनि हुँदै गए; तर, अन्त्यमा व्यवस्था चल्नै नसक्ने गरी एक लाखभन्दा बढी दासको विद्रोह भयो, जसका कारण दासव्यवस्थाको अन्त्य भयो ।

    दास विद्रोहले आफ्नो मुक्तिको कार्यक्रम पनि सुनिश्चित हुनुपर्दो रहेछ भन्ने शिक्षा भने अवश्य दिएको छ । मालिक पनि मान्छे र दास पनि मान्छे—दुवै मान्छे भएकाले समानताको अवस्थामा पुग्नुपर्छ भन्ने आसयको माग दासविद्रोहमा उठ्न सकेन । मालिकको ज्यादती घटाउने मात्र माग भयो, मालिक र दास समान हुने अथवा समान बनाउने माग कहिल्यै उठेन । त्यसकारण अधिकार मालिकबाट खोसेर मालिकको अधिकार घटाउने र दासको अधिकार बढाउने मात्र आन्दोलनको माग भए । माग पूरा भएको अवस्थामा समेत समान हैसियतका हुने अवस्था आएन; तर, पनि शासक र शासितका अधिकार थपघट अवश्य भए । दासको अधिकार थपिएर मालिकको अधिकार घटाइए ।

    दासविद्रोहका कारण दासव्यवस्था चल्नै नसक्ने भएपछि सामन्ती व्यवस्था आयो । यो मजदुरको जीवनमा दोस्रो अवश्था थियो ।

    दोस्रो अवस्थामा मालिकले मार्न पाउने अधिकार कटौती भयो । मजदुरको बाँच्न पाउने अधिकार सुनिश्चित भयो । मालिक अब जग्गाका मालिक हुने भए, मान्छेका मालिक भएनन् । चार हजार वर्षको एउटा युगभरि सङ्घर्ष गरेर बाच्न पाउनेसम्मको अधिकार सुनिश्चित भयो । तर बाच्नका लागि जग्गाको मालिक सामन्तको अधिकारमा रहेको जग्गामा खेती गरेर उत्पादन गर्नैपर्ने भयो ।

    उत्पादन आफै गर्ने र तिरो तिर्ने गर्दा केही सुविधा भए पनि अरू कुरामा सामन्तको हालीमुहाली हुने गर्दथ्यो । किसान पशुपालन गर्दथे । सामन्तले किसानले पालेका राम्रो पशु बिना हिसाब गोठबाट फुकाएर लैजान्थ्यो; तर, किसानले सहनुपर्दथ्यो । विरोध गर्दा जग्गाको स्वामित्वमा गडबड गराइदिन्थ्यो । किसानसँग कुनै प्रमाण थिएन । आफूले खनेको खेतियोग्य बनाएको बारबन्देज गरेको जग्गा छाड्न बाध्य हुनुपर्दथ्यो । जग्गाबाट हुने शोषण पनि निर्मम र पीडादायी हुने गर्दथ्यो ।

    मजदुरको दोस्रो किसान अवस्थामा अर्को महत्वपूर्ण पक्षको विकास गराइयो । त्यो थियो– अन्याय, अत्याचार र थिचोमिचो सहन सक्ने क्षमताको विकास । किसानले सामन्तको शासन स्वीकार नगर्ने हो भने तिरो नतिर्ने हुनाले उनीहरूलाई देवता, धर्म, स्वर्ग, नर्क, अघिल्लो पछिल्लो जुनी, भाग्यजस्ता काल्पनिक विषयमा विश्वास बढाएर शोषण र अन्याय सहने बनाउने काम गरियो । पूजा, पुराण, सप्ताह आदि गर्ने गराउने गरेर सामन्तमाथि विश्वाससहित शोषण सहने क्षमता बढाएर वर्गविरोध र वर्गसङ्घर्ष घटाउने सबैभन्दा बढी कसरत पूरै सामन्तीयुगभरि गरियो । एकातिर, शोषण सहने क्षमताको विकास गराउने, अर्कोतिर, साना साना जग्गामा उत्पादनको व्यक्तिगत तरिका—दुवै कारणले खासै निर्णायक वर्गसङ्घर्ष सामन्तीयुगभरि उठ्न सकेनन् । उद्योगधन्दाको विकास सुरु भएपछि नयाँ युग सुरु भयो ।

    सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाए । अनुकूल हावापानी र फराकिलो जमिन भएको अमेरिका पत्ता लाग्ने र युरोप जानेआउने समुद्री बाटो पत्ता लाग्ने कामले व्यापार उद्योगधन्दाको नयाँ युग सुरु भयो ः नयाँ पुँजीवादी युग सुरु भयो । त्सका साथै मजदुरको जीवनमा तेस्रो र मजदुर अवस्था सुरु भयो ।
    यो अवस्था किसान अवस्थाको मजदुर जीवनभन्दा उच्च अवस्थाको थियो; तर, समानता र मुक्तिका कुरा कतै थिएनन् । सुविधामा उच्च प्रकारको जीवन थियो । पुँजीपतिले खान, लाउन, बस्न, छोराछोरी पाल्न पुग्ने तलब दिन्थ्यो । स्थायी नियुक्ति दिन्थ्यो । ग्रेड, स्तर, उन्नति सबै गर्दथ्यो; तर मजदुरको श्रमले उत्पादन गरेको मालबाट नाफा कमाएर अरू धेरै उद्योग पुँजीपतिको नाममा हुँदै जान्थे ।

    उता, सामन्तसँग पुँजीपतिको अन्तरविरोध बढ्दै गयो । पुँजीपति नयाँ र प्रगतिशील शक्ति भएकाले किसान–मजदुर अथवा बहुमत उत्पादक शक्तिले समर्थन र सहयोग गर्दा राज्यसत्ता सामन्तकै पकडमा रह्यो । पुँजीपति वर्गले मजदुर वर्गलाई आफ्ना कार्यकर्ता बनाएर सशस्त्र सङ्घर्ष गर्दै राज्यसत्ता कब्जा गर्ने काम संसारका धेरै देशमा गरे ।

    त्यतिखेर पनि विजयपछि मुक्ति र समानताका कुनै सङ्केत देखा परेनन् । पुँजीपतिको नाममा उद्योगधन्दा थपिँदै जाने र मजदुरको जीवन झन्पछि झन् कष्टकर हुँदै जाने भयो । मजदुरको मुक्तिको अथवा समाजका सबै मान्छेको समान हैसियत हुने अवस्था बनाउने उपाय मजदुरको तर्फबाट निस्कन सकेन । खालि मजदुर वर्ग अथवा उत्पादक शक्ति उपयोग भइरहने, उनीहरूको जीवन झन्पछि झन् कष्टकर हुँदै अभावको जीवन बिताउनुपर्ने हुँदै गयो ।

    सन् १८४८ फेबु्रअरी महिनामा जर्मनको सम्पन्न परिवारका बुद्धिजीवीहरू कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स दुई जनाले कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेर मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन भनेपछि बल्ल मजदुरको हातमा समानताका लागि बौद्धिक हतियार प्राप्त भयो; तर पनि विभिन्न व्यावहारिक कठिनाइका कारणले संसारका मजदुरहरू एक हुन सकेको अवस्था अझै पनि छैन, बरु त्यही घोषणापत्रका कारण संसारका पुँजीपतिहरू एक भई सामन्तलाई समेत साथ लिइसकेका छन् ।

    कार्ल माक्र्सले प्रतिपादन गरेको समाजमा समानता ल्याउने सिद्धान्त द्वन्दात्मक र ऐतिहासिक भौतिकवादी दर्शन, सर्वहारा वर्गको अधिनायकत्वसहित बलप्रयोगको राजनीति र समाजवादका लागि वर्गसङ्घर्षको सिद्धान्तले वैज्ञानिक पुष्टिसमेत पायो । त्यसमा शङ्का गर्ने र पुष्टि हुन नसक्ने ठाउँ कतै बाँकी रहेन; तर मजदुरले आफ्नो मुक्तिको सिद्धान्त बुझ्ने र त्यसलाई व्यवहारमा सङ्गठित भई प्रयोग गर्ने काम गर्न आफै सक्षम हुने अवस्था रहेन, बरु बुद्धिजीवीले उनीहरूलाई बुझाउने र सङ्गठित गर्ने/गराउने आवश्यकता भयो ।

    बुद्धिजीवी आफै धेरै सुविधासहित जीवन बाँच्न सक्ने सम्भावना भएको हुनाले दुःखकष्ट झेल्न नचाहने भएका कारण ढिला भयो । जहाँसम्म मजदुरको कुरा हो, उनीहरूलाई खाने, लाउने, शिक्षा, स्वास्थ्य र रोजगारीका कुरा अगाडि आउँदा उनीहरू त्यसबाट उम्केर अथवा समय बचाएर बाहिर बृहत्तर समाजको आफ्ना वर्गका मान्छेबिच सचेत र सङ्गठित पार्ने अभियानमा समय खर्च गर्ने फुर्सदै पाउन्नन् । त्यो योग्यता, क्षमताको विकास गर्ने र लाग्ने कामले व्यापकता पाएको भए आजसम्म संसारभर मजदुर–किसानको पहुँच भएको राज्यसत्ता स्थापित र सञ्चालित भइसक्ने थियो ।

    फेरि राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो । त्यसले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन अनेक किसिमका कृत्रिम बनाबटी कुराको जाल बिच्छाएर जालमा फसाउने र उम्कनै नदिने खेल खेलिरहेको हुन्छ । त्यसमा आमूल परिवर्तन गर्ने÷गराउने कामपट्टि सामान्य मजदुरको मात्रै होइन, अरू धेरै जनताको ध्यान जान्न । लहैलहैमा बग्छन् । आमूल परिवर्तन हुन्छ; र, त्यस्तो परिवर्तन गराउन सकिन्छ भन्ने हिम्मत गर्ने मान्छे धेरै कम हुन्छन् ।

    रुसको जनताका प्रतिनिधिले लेनिन र स्टालिनको नेतृत्वमा ४० वर्षसम्म राज्यसत्ता सञ्चालन गर्ने अवसर पाए । नेतृत्वको विश्वास गर्ने, तर आफूले योगदान नगर्ने मजदुर–किसानको व्यवहारले गर्दा प्रतिनिधिले अथवा नेताहरूले मात्रै मजदुरको सत्ता थाम्न सकेनन् । देशको शासनमा प्रतिक्रान्ति भयो । समानताको अवस्थामा लैजाने सपना अधुरो भयो । धनी र गरिबका बिच असमानता बढेर गयो । मजदुरको मुक्ति हुन सकेन, शोषण झन् बढ्दै गयो ।

    आफ्नो हातमा ४० वर्षसम्म राज्यसत्ता भएको समयमा सबै मजदुर वर्गले आफ्नो सम्झेर आफ्नो उच्चतम योगदान थप्ने र सचेत तथा सतर्क भई संसारका मजदुरको मुक्तिका लागि ध्यान दिने र योगदान थप्ने गरेको भए सके संसारका मजदुर मुक्त हुने थिए, नभए पनि आफ्नो देशमा प्रतिक्रान्ति हुन सक्ने थिएन । त। राज्यसत्ता फुत्कियो; र, शोषण बढ्यो ।

    चीनमा लामो सङ्घर्षपछि माओत्सेतुङको नेतृत्व २७ वर्षसम्म राज्यसत्ता मजदुर र किसानको हातमा आयो । राज्यसत्ता आफ्नो हातबाट फुत्केपछि त्यहाँका प्रतिक्रियावादीहरूले पहिलेको आफ्नो स्वर्ग फिर्ता गराउन दश गुना बढी बल लगाए ।

    कम्युनिस्ट पार्टीमा तीन थरि विचार भएका व्यक्तिहरूले सदस्यता पाएका थिए । समाजवादी व्यवस्था अथवा सामूहिक अर्थतन्त्र भएको व्यवस्था ल्याउनुपर्छ भन्ने विचार भएका एकथरि; व्यवस्था पुँजीवादी भए पनि हुन्छ, तर वर्तमान अवस्थामा परिवर्तन ल्याउनुपर्छ भन्ने विचार भएका दोस्रो थरि; र, वर्तमान अवस्थामा सुधार गरे पनि पुग्छ भन्ने विचार भएको तेस्रो थरि । यस्ता तीन थरी विचार भएका पार्टीसदस्य भएकै अवस्थामा सशस्त्र सङ्घर्ष विजयी भएर माओत्सेतुङको नेतृत्वमा राज्यसत्ता कब्जा भई कम्युनिस्ट पार्टी सत्तासिन भयो ।

    देशमा शासन गर्ने सवालमा मिलेर एक भएपछि समाजवादी विचार भएकाहरू अल्पमतमा परे । एकातिर, आफ्नो सत्ता आएको भनेर सर्वसाधारण जनता उत्साहित भएर सामूहिक अर्थतन्त्र विकासमा कस्सिएर लागेको अवस्था, अर्कोतिर पार्टीमा सामूहिक अर्थतन्त्रको विचार अल्पमतमा परेको अवस्था आयो । यस्तो अवस्थामा प्रतिक्रान्ति रोक्न अथवा मजदुरको हातबाट पु“जीपति वर्गको हातमा सत्ता जानबाट रोक्न दश वर्षसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नामले सशक्त आन्दोलन चलाइयो; तर, माओत्सेतुङको मृत्युपछि १९७६ मा प्रतिक्रान्ति भयो । सत्ता मजदुर वर्गको हातबाट पुँजीपति वर्गको हातमा गयो । त्यसकारण श्रमजीवी वर्ग मजदुर, किसान र बुद्धिजीवी तिनै थरि समयमै सचेत र सतर्क हुन आवश्यक छ ।

    मजदुर र किसानले अलि बढी समय बचाएर अध्ययन गर्ने तथा बुद्धिजीवीले किसान र मजदुरलाई सचेत र सङ्गठित बनाउने आफ्नो जिम्मेवारी सम्झेर सबैले आफ्नो भूमिका पूरा गर्नुपर्छ । कम्युनिस्ट पार्टी भनेर मात्रै अथवा कम्युनिस्ट पार्टीमा लागेको छु भनेर मात्रै पनि नपुग्ने रहेछ र पुग्दैन पनि । आफूले आफ्नो वर्गप्रतिको जिम्मेवारी सम्झेर आफूले गर्न सक्नेसम्मको उच्च योगदान थप्नुपर्छ ।

    कम्युनिस्ट पार्टीको सुरुवात कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशनसँगै भएको भए पनि पेरिसमा ७२ दिन, रुसमा ४० वर्ष र चीनमा २७ वर्ष सत्ता सञ्चालन गर्ने अवसर प्राप्त ग¥यो । त्यहाँका मजदुरले कम्युनिस्ट पार्टीलाई आफ्नो जीवन बचाउन कोसिस गरेजस्तै पार्टीको जीवन बचाउन कोसिस गरेको भए सत्ताबाट बाहिर जान र मजदुरको मुक्ति टाढा बनाउनुपर्ने थिएन ।

    शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.