• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गणतन्त्र र धर्मनिपेक्षता रक्षाको प्रश्न


  •   शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
  • शासकका गलत नीति तथा कार्यको परिणामले उत्पन्न बेथिती विरुद्ध संघर्ष गर्ने क्रममा सकारात्मक पक्षलाई नजरअन्दाज गर्दै एकैठाउँमा गोलमटोल वा होलसेलमा राखियो भने सही निश्कर्षमा पुग्न सम्भव हुन्न । जनताको बलिदानीबाट प्राप्त सकारात्मक उपब्धिहरुको रक्षा गर्दै सरकारका जनविरोधी ताथ राष्ट्रघाती गतिविधिविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्दछ ।

    Advertisement

    सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को झण्डै दुई तिहाईको सरकारले जनतन्त्र जनजीविकाका पक्षमा गर्न सक्ने कार्यहरु पनि गरिरहेको छैन । यद्यपी यो व्यवस्थाबाट जनताका आधारभूत समस्याहरु सम्भव छैन, तैपनि जनताले अपेक्षा गरेका सामान्य सुधारका काम समेत हुन सकेको देखिँदैन । नेकपा पार्टी भित्रको सत्ता संघर्षको कचिङ्गल समयमा नै नियन्त्रण भएन भने देशले थप दुर्गति ब्यहोर्नु पर्ने सम्भावना पनि उत्तिकै छ ।

    हामीले विगतका केही धृष्टान्त हेर्यौं भने सायद थप स्पष्ट हुन मद्दत पुग्ने छ । विक्रम सम्वत २०१७ को ‘कु’ हुनु भन्दा ठिक पहिला तत्कालिन नेपाली कांग्रेस भित्रको कलह, २०४६ साल पछि पनि देउवा–गिरीजाबीचको अन्तरकलह र त्यस्को परिणामबारे जनता भुक्तभोगी नै छन् । प्रतिगमनकारीहरुलाई आधार तयार पार्नमा तत्कालिन शासकहरु नै जिम्मेवार रहँदै आएका छन् ।

    जब विश्वमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको थियो, विज्ञान प्रविधि र स्वास्थ्य सेवाले युक्त महाशक्ति देशहरुसमेत हायल कायल भएको थिए । नेपाल जस्तो कमजोर मुलुक जनताको जीवन रक्षामा पुरै दत्तचित्त साथ केन्द्रित हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अल्झिरहेको थियो । सरकारको नेतृत्व जनताप्रति गैर जिम्मेवार बन्दै पार्टी फुटाउने अध्यादेश ल्याउन उद्धत थियो ।

    सत्तारुढ दल (नेकपा) भित्रको सत्ता संघर्ष वा राज्य शक्तिको दुरुपयोग लगायत गलत कृयाकलाप, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भष्टाचारजन्य कृयाकलाप, जनताका जीवन रक्षा गर्ने सन्दर्भमा क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन प्रतिका कमजोरी, सरकारको उदाशिनता, देशमा भइरहेको हत्या, हिंसा, बलत्कार, भष्टाचार नियन्त्रण प्रतिको असक्षमता यावत पक्षले जनताहरु आजित हुँदै आएका छन् । भष्टचारजन्य कृयाकलापमा प्रधानमन्त्री निकट ब्यक्तिहरुको संलग्नता अनुसान्धन र अभियोजन गर्ने संस्था प्रति हस्तक्षेप गर्दै कार्यकारी प्रमूखबाट सफाइका अभिव्यक्ति, यस प्रकारका बेथितिले निश्चय पनि जनताहरुमा सरकारप्रति निरासा छाउनु स्वभाविक छ ।
    यस प्रकारका गलत कार्यको भण्डाफोर गर्नु पर्दछ।

    यी विकृतिको विरोध गर्दै गर्दा जनताको त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र, धर्मनिपेक्षता तथा राष्ट्रियताको रक्षा गर्नुपर्ने दायित्व पनि छ । विगतका सरकारहरुले भन्दा बर्तमान सरकारले राष्टियताको सन्दर्भमा तुलनात्मक अडान लिएको छ भने गणतन्त्र र धर्म निरपेक्षताप्रति पनि अडान लिएको छ । यी विषयलाई हामीले एकै ठाउँमा र वा अन्य सरकारका गलत नीतिसँगै मिसायौं भने हामी एकपक्षीय सरकारको विरुद्ध मात्र केन्द्रित हुनेछौँ । जसबाट अग्रगमन होइन पुनः पश्चगमन तिरै धकेलिने प्रवल सम्भावना हुन्छ । तसर्थ अहिलेको सरकार विरुद्ध संघर्ष गर्ने क्रममा हाम्रो ध्यान गणतन्त्र, धर्मनिपेक्षता र कतिपय विखण्डनकारीहरुका गलत माग, संविधान संशोधनप्रति सरकारको अडानबारे पनि ध्यान दिन जरुरी हुन्छ । विषयलाई त्यसरी बुझ्यो भने नै सहि द्वन्द्वात्मक दृष्टिकोण र आलोचनात्मक चेत प्रति न्याय हुन्छ होला ।

    अहिले राजावादी शक्तिहरुले सरकारका गलत नीतिको वैशाखी टेकी जनता भड्काउने र आफ्नो गुमेको स्वर्ग स्थापित गर्न गतिविधि गर्दै आएका छन् । जनता पनि सरकारका गलत नीति र गतिविधिबाट असुन्तुष्ट हुँदै आएका छन् । अर्कोतर्फ गणतन्त्र स्वीकार गरेको पार्टी नेपाली कांग्रेस भित्र पनि ठुलो संख्यामा हिन्दु सापेक्ष राज्य प्रति आवाज उठिरहेको अबस्था छ । यहाँ स्पष्ट हुनु पर्ने के छ भने नेपालको सन्दर्भमा हिन्दु राज्य स्थापित गर्नु भनेको सिधा गणतन्त्र प्रतिको प्रहार वा गणतन्त्रको विस्थापित नै हो । र राजतन्त्रको स्थापित भन्ने नै हुन्छ ।

    छिमेकी दक्षिणमा पनि हिन्दुकट्टरपन्थीहरुको सत्ता छ, जसले नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले जारी गरेको संविधान अझै स्विकार गरेको छैन । त्यसको कारण पनि सबैमा जगजाहेर नै छ । भारतीय जनता पार्टी वा प्रधानमन्त्रीका सल्लाकारहरुबाटै नेपालको राजावादी पर्दशनको समर्थन रहेको घोषणा गरिरहेका छन् । नेपाललाई हिन्दुराज्य स्थापित गर्न सहयोग र समर्थन गर्दै आएका छन् ।
    अर्कोतर्फ नेपालकै कतिपय वामपन्थी शक्तिहरुले नेकपाको सरकार र संविधान प्रति प्रहार गर्दै आईरहेको अबस्था छ ।

    चौतर्फी, कतिपय प्रायोजित, त कतिपय क्रान्तिकारी कोणबाट पनि संविधान र सरकार प्रतिको प्रहारले अन्ततः गणतन्त्र र धर्मनिपेक्षता प्रति नै प्रहार हुने छ । त्यसको परिणाम प्रतिगमनलाई नै टेवा पुग्ने कुरालाई अस्विकार गर्न सकिन्न । यसरी सरकारका गलत क्रियाकलापका विरुद्ध संघर्ष गर्ने क्रममा गणतन्त्र धर्मनिपेक्षताको रक्षाको लागि जनतालाई अरु सचेत बनाउनु पर्ने आवाश्यकता छ ।

    सरकार सञ्चालनका असफलताद्वा सिर्जित विकृतिको भण्डाफोर गर्नुपर्छ । तर जसरी प्रतिगामी तत्वहरुले गणतन्त्र, धर्मनिपेक्षता नै असफलता प्रति भ्रम सिर्जना गर्दै जनतामा हौवा फिँजाएका छन्, त्यो सत्य होइन । यद्यपि यो गणतन्त्रले जनताका आधारभुत समस्या हरुको सम्बोधन गर्न सक्दैन । त्यसको अर्थ वुर्जुवा गणतन्त्रको विकल्प प्रतिगमन वा सडेगलेको राजतन्त्र हुनै सक्दैन ।

    सन् १७९३ मा फ्रान्समा तत्कालिन राजा लुई सोह्रौंको जनताले टाउको काटिदिएका थिए । यद्यपि तत्कालिन गणतन्त्रवादी नेता नेपोलियन बोनापार्ट पछि सम्राट बनेको ईतिहास पनि छ । र फ्रान्समा गणतन्त्रलाई संस्थागत गर्न पचासौं वर्ष लागेको थियो। अहिले एक्काइसौं शताब्दीका सचेत नागरिकहरु त्यो पुनरावृति गर्न चाहन्नन् । त्यो वुद्धिमत्ता पनि होइन ।

    नेकपा सरकार विघटन हुने नहुने नेकपाकै आन्तरिक कुरा मुख्य हो । तर त्यस पछिको परिस्थिति कस्तो होला वा गणतन्त्र धर्मनिपेक्षता सुरक्षित हुन सक्दछ ? वा यो भन्दा उच्च व्यवस्थाको लागि हस्तपेक्ष गर्न सक्ने क्रान्तिकारी शक्ति र परिस्थिति तयार छ ? हामी ले यी पक्षमा ध्यान दिनुपर्दछ । देश प्रतिगमन होइन अग्रगमन तिरै जानेछ । प्रतिगामी षडयन्त्र विरुद्ध आम जनता सचेत हुनै पर्दछ । जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै सरकारका गलत कृयाकलापको भन्डाफोर गर्नुपर्दछ । त्यो सँगै संघीयता खारेजी अहिलेको अपरिहार्य आवश्यकता हो ।

    शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.