दमौली । राष्ट्रिय जनमोर्चा तनहुँले केन्द्रीय समितिको निर्देशनअनुसार मङ्सिर २५ गते दमौलीमा विरोधसभा सम्पन्न गरेको छ ।
Advertisement
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले दुईतिहाइ बहुमतयुक्त नेकपाको सरकारले जनताको आधारभूत समस्या समाधान गर्न नसकेकाले त्यसको मौका छोपी राजावादीहरू सक्रिय भएको बताउनुभयो । अर्कोतर्फ, सङ्घीयताले देशमा अत्यधिक आर्थिक भार बढेको बताउँदै राजमो नेता श्रेष्ठले हाल कोभिड महामारकिो सन्दर्भमा यस विषय झन् टडकारे रूपमा अगाडि आएको बताउनुभयो ।
कार्यक्रमा राजमो तनहुँका सचिव श्रीकुमार श्रेष्ठ र राजमो तनहुँकै जिल्ला सदस्य धनबहादुर परियारले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम राजमो अध्यक्ष पुष्पलाल श्रेष्ठको अध्यक्षता तथा सहसचिव भरत केसीको सञ्चालमा सम्पन्न भएको थियो ।