काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द सदर चिडियाखाना भोलि (बिहीबार) बाट खुल्ने भएको छ ।
Advertisement
सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी चिडियाखाना खुलाउन लागिएको चिडियाखाना प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
एकपटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने र साढे दुई घण्टाभन्दा बढी समय रहन नपाउने गरी व्यवस्था गरिएको छ भने चिडियाखाना हेर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।





