जग्रेब । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
Advertisement
गत शनिबार उहाँकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।
उहाँलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उहाँ दश दिनका लागि सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उहाँलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उहाँले घरबाटै आफ्ना कामहरू गरिरहनुभएको पनि अधिकारीहरूले बताएका छन् ।
उहाँले आइसोलेसनमा बसेर कोरोनासम्बन्धी आधारभूत स्वास्थ्य सतर्कताहरू पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् ।
