• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

क्रान्तिकारी र क्रान्ति


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल
    क्रान्ति राज्यसत्तामा आमूल परिवर्तन गर्ने काम हो । यो कुनैको नेता हुने चाहनाले मात्र पूरा हुने काम होइन । यो दीर्घकालीन प्रकृतिको काम हो । जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाएर पूरा गर्ने काम हो । यो राजनीतिक काम हो । राजनीतिक पार्टीको नेतृत्वमा जनताले साथ दिने र सहयोग गर्ने नगर्दासम्म क्रान्तिको काम पूरा हुन्न ।

    Advertisement

    क्रान्ति सम्पन्न भएपछि प्रतिक्रान्तिले सिङ्गै एउटा युगको प्रतिनिधित्व गर्दछ । एउटा युग समाप्त भएपछि अर्को युग सुरु हुन्छ ।

    संसारमा अहिलेसम्म तीन वटा युग समाप्त भए । पहिलो आदिम साम्यवादी युगले साढे नौ लाख वर्ष बहाल गरेर पूरा भयो । त्यो युगको अन्त्य भएपछि दासयुग सुरु भयो । ईसापूर्व चार हजार वर्षदेखि ईसापूर्व पहिलो शताब्दीसम्म करिब चार हजार वर्षको समय बहाल गरेर समाप्त भयो । तेस्रो युग सामन्ती युग थियो । यो युग खास गरी इस्वी संवत्को सुरुसँगै भएर करिब पन्ध्र सय वर्षसम्म कायम रहेर अन्त्य भयो । चौथो युग पुँजीवादी युग हो । यो युग सन् १६४० देखि सुरु भएर १८४८ सम्म बिना विकल्प करिब दुई सय वर्ष र त्यसपछि अहिलेसम्म समाजवादको विकल्पबाट विजयी भएर चलिरहेको छ । अबको युग समाजवादी युग नै हो । त्यसकारण क्रान्तिको काम युग बदल्ने काम हो ।

    जनताको साथ र सहयोगका लागि नयाँ युगको विचार परिपक्व भई पुरानो युगअन्तर्गतको शासन चल्नै नसक्ने गरी धरासायी हुनुपर्छ । त्यसकारण क्रान्तिकारीको काम जनताको राजनैतिक स्तर उकासेर परिपक्व बनाउने हो । त्यसका लागि पहिले आफै बदलिनुपर्छ । आफू बदलिने भनेको श्रम गरेर पारिश्रमिक लिई खर्च टार्ने र बढीभन्दा बढी समय बचाएर सामूहिक स्वार्थका लागि काम गर्ने क्रान्तिकारी सङ्गठनमा आबद्ध भई सचेत, सङ्गठित र अनुशासित भएर बढी जिम्मा पूरा गर्ने हो ।

    धेरैजसो समाजका सचेत हुँ भन्ने मान्छेलाई त्यही काम फलामको च्युरा चपाउनेजत्तिकै कठिन हुन्छ । उनीहरूका दुई वटा कमजोरी देखा पर्छन् । एउटा कमजोरी व्यक्तिगत स्वामित्वमा सम्पत्ति थप्न चाहन्छन्; र, दोस्रो कमजोरी नेता बन्न चाहन्छन् । यी दुवै काम क्रान्ति र क्रान्तिकारीका लागि अवरोध खडा गर्ने चिज हुन् ।

    व्यक्तिगत स्वामित्वमा सम्पत्ति थप्ने विचार वर्तमान व्यवस्थाको उपज हो । समाजका प्रत्येक व्यक्तिको नसानसामा यो विचार सञ्चार भइरहेको हुन्छ । यही विचारले गर्दा मान्छेले शोषण र अन्याय सहने गर्दछ । यो अत्यन्त सतही विचार हो । यो विचारले गर्दा न आफ्नो मुक्ति हुन्छ, न हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवी वर्गको मुक्ति हुन्छ, न त सम्पत्ति थप्ने चाहनाको समाप्ति थपिन्छ । यो विचारले पुँजीपतिलाई सम्पत्ति थप्न र शोषण बढाउन सहयोग पुग्छ । शोषण नबढाइकन यो विचारले निकास दिन्न । त्यसकारण यो पुँजीवादी विचार गैरपुँजीपतिले ग्रहण गर्दा धोका मात्र हुन्छ । त्यसबाट बच्न सबभन्दा पहिले सम्पत्तिबारे जानकारी हुनुपर्दछ ।

    सम्पत्ति सामूहिक श्रमको उपज हो । कुनै पनि एक जना व्यक्ति मात्रको एकल प्रयासबाट कुनै पनि चिज बन्न सक्दैन, बरु सामूहिक प्रयासको आवश्यकता पर्दछ । सामूहिक प्रयत्नबाट बनेका वस्तुलाई एक जनाको व्यक्तिगत स्वामित्वमा दर्ता गर्ने वर्तमान व्यवस्था सही होइन ।

    मानव समाज परम्परागत हिसाबले अघि बढ्दै आएको छ । दासव्यवस्था दासविद्रोहबाट चल्नै नसक्ने भएपछि र दासमालिकले अर्को विकल्प दिन नसकेपछि स्वाभाविक रूपमा सामन्ती व्यवस्था स्थापित भएको हो । सामन्तको विरोधी पुँजीपति वर्गको विकास भएको र मजदुर–किसानले सामन्तको सट्टामा पुँजीपति वर्गलाई साथ र सहयोग गर्ने मात्र होइन, मजदुरले सामन्तको विरोधी पुँजीपति वर्गलाई आफ्नो नेता स्वीकारेर उसको नेतृत्वमा आफू कार्यकर्ता भई सशस्त्र लडाइँ गरेर पुँजीवादी राज्यसत्ता स्थापित गरेका हुन् ।

    १८४८ मा मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन, संसारका मजदुर एक भई समाजवादी व्यवस्था ल्याउनुपर्दछ भन्ने दस्तावेज निस्क्यो । त्यो दस्तावेज पढेर संसारका पुँजीपति एक हुने काम गर्नुका साथै संसारमा बाँकी रहेका सामन्तलाई समेत आफ्नो वर्गमा समावेश गरे । मजदुरहरूले त्यो दस्तावेज पढेर पुँजीपतिका कार्यकर्ता हुन छाडे, तब संसारभरका मजदुर एक भई समाजवादी व्यवस्था ल्याउने काम अझै बाँकी छ ।

    पेरिसमा ७२ दिन, रुसमा ४० वर्ष र चीनमा २७ वर्षसम्म सर्वहारा सत्ता सञ्चालनको अभ्यास त भए, तर तिनै देशमा प्रतिक्रान्ति गरेर पुँजीवादी व्यवस्था संसारमा चलेको छ ।

    जहाँसम्म नेता बन्ने वा नेता बनाउने कुरा हो, त्यो कसैको इच्छाले मात्र नभई त्यहाँको सामाजिक अवस्था, त्यहाँ भएका वर्गको अवस्था, त्यहाँको राजनैतिक अवस्था, राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थिति आदि धेरै कुराको विश्लेषण आवश्यक पर्दछ । सोझै भन्दा पार्टीको नेता पार्टीले, वर्गको नेता वर्गले, जनताको नेता जनताले र देशको नेता त्यो देशका सम्पूर्ण जनताले बनाउने हो । तर अहिलेसम्मको राजनैतिक अवस्था हेर्दा नेता बनाउने तरिका सही छैन ।

    राज्यसत्ताअन्तर्गत सेना, प्रहरी, कर्मचारी र नेतागणसमेत चार थरि शक्तिको संयुक्त रूप राज्यसत्ता हो । संसारभरिको अवस्थालाई हेर्दा सेना, प्रहरी र कर्मचारी नचुनिकन परम्परागत तरिकाले नियुक्त गर्ने, तर नेतागण मात्रको चुनाव गर्ने चलन छ । त्यसो गर्दा चुनिएर गएका नेताहरू राज्यसत्तामा मिसिने र आफै अल्पमतमा पर्ने हुनाले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउनेबाहेक अरू काम हुन सकेको छैन ।

    यो र यस्तो प्रकारको चुनाव गर्ने तरिका १६४० देखि ब्रिटेनबाट सुरु भएको हो । यो पुँजीपति वर्गलाई नेता बनाउने तरिका हो । तर जनवादी गणतन्त्र चीनको संविधानमा माओत्सेतुङले घोषणा गरेपछि अहिलेसम्म संसदीय व्यवस्था लागु गर्न इन्कार गरे पनि सर्वहारा वर्गीय नेतृत्व अझै बन्न सकेको छैन । माओत्सेतुङको २७ वर्षे शासनकालमा सर्वहारा वर्गको शासन स्थापित गर्न सकेसम्मको प्रयत्न गरे पनि उहाँको मृत्युपछि प्रतिक्रान्ति भएको थियो ।

    संसदीय प्रणालीमा व्यक्तिगत पुँजी खर्च गरेर नेता बन्ने र नेता भएपछि झन् धेरै पुँजी जम्मा गर्ने होड चल्ने हुनाले सर्वसाधारण जनता चुनाव लड्न, जित्न र पुँजी कमाउन सक्दैनन् । त्यसैले यो पुँजीपतिको व्यवस्था हो । जहाँसम्म संसदीय व्यवस्थाअन्तर्गतको भ्रष्टाचार हो, त्यो नचुनिकन राज्यसत्तामा स्थायी पकड जमाएका तीन वटा शक्तिले नै बढी गर्दछन्, नेतागण उनीहरूका सहयोगी हुन्छन् ।

    कम्युनिस्ट पार्टी भूमिगत हुन्छ । अरू सबै पार्टीले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन प्रतिष्पर्धा गर्छन् र गरिरहन्छन् । कम्युनिस्ट पार्टीले आफ्नो क्षमताले भ्याएसम्म जनतालाई राजनैतिक रूपले सचेत, सङ्गठित, अनुशासित र आन्दोलित बनाउँछ ।
    क्रान्ति गर्ने काम वर्गको प्रतिनिधि संस्थाले गर्ने काम हो । पुँजीपति वर्गको संस्थाले पुँजीवादी क्रान्ति गर्छ र नेता पुँजीपति हुन्छ । सर्वहारा वर्गको संस्थाले समाजवादी क्रान्ति गर्छ र नेता सर्वहारा हुन्छ । तर सर्वहारा वर्ग र मजदुर वर्गको मुक्तिको दस्तावेज प्रकाशित भएपछि संसारमा ठुलो हलचल पैदा भयो ।

    पुँजीवादको विकास भएका देशमा सर्वहारा वर्ग र पुँजीपति वर्ग दुवैको विकास भएको हुन्छ । त्यस्ता देशमा निम्न पुँजीपति वर्गको साथ–सहयोगमा सर्वहारा वर्गले समाजवादी क्रान्ति सम्पन्न गरेर उद्योगधन्दा सरकारी र खेतीकिसानी सहकारी तरिकाबाट सामूहिक अर्थतन्त्रको विकास गर्छ । राज्यसत्ता पुरै सामूहिक अर्थतन्त्रको विकास गर्ने काममा उपयोग हुन्छ । तर जुन जुन देशमा पुँजीवादको विकास भएको हुन्न, त्यहाँ पुँजीपति वर्ग र सर्वहारा वर्ग दुवै अविकसित अवस्थामा हुन्छन् । अर्थतन्त्र दलालको हातमा र उत्पादक शक्ति मुख्य रूपमा किसान नै हुन्छन् । त्यस्ता देशको अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक भनेर विश्लेषण गरिएको हुन्छ । त्यहाँ जग्गाको उचित वितरण भएको हुन्न । धेरै जग्गा सामन्त र गुठीको स्वामित्वमा हुन्छ । सामन्त, गुठी र किसान जजस्को नामको स्वामित्वको जग्गा भए पनि उत्पादनको अवस्था पिछडिएको नै हुन्छ । मुख्य उत्पादन कृषि भए पनि कृषिउपजले आफ्नो देशको आवश्यकता पूरा गर्र्दैन । देश दिनदिनै गरिबीतिर धकेलिइरहन्छ ।

    यस्तो अवस्थाको विश्लेषण गरेर माओत्सेतुङले कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने, जात, धर्म, लिङ्ग, धनीगरिबसमेतको प्रतिबन्ध हटाएर जनताको प्रतिनिधित्व गरेकाले सबैको संयुक्त अधिनायकत्वमा सामन्त, दलाल र नोकरशाही शक्तिलाई हराएर जनताको राज्यसत्तामा जनताको पहुँच पु¥याउनुपर्ने नीति बनाए । त्यो जनवादी व्यवस्थालाई नौलो जनवादी व्यवस्था र त्यो क्रान्तिलाई नौलो जनवादी क्रान्ति भनियो । यसकारणले त्यसलाई नौलो भनियो कि त्यो पुँजीवादी क्रान्ति भएर पनि सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न गर्नुपर्ने भयो ।

    लेनिनले यदि पुँजीपति वर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति सम्पन्न गर्ने अवस्था आयो भने कम्युनिस्टहरू चुप लागेर बस्नुहुन्न, आफ्नो नेतृत्वमा अब पुँजीवादी क्रान्ति गर्नुपर्छसम्म भनेका थिए । तर माओले पुँजीपति वर्गको नेतृत्वमा अब पुँजीवादी क्रान्ति हुँदै हुन्न, उसले विदेशी पुँजीपतिसँग मिलेर शोषण बढाउँछ भने ।

    राजनीतिक क्रान्तिलाई सफल पार्न र प्रतिक्रान्तिलाई रोक्न क्रान्तिभन्दा अघि र क्रान्तिपछि पटक–पटक र धेरै पटक आवश्यक पर्ने क्रान्ति सांस्कृतिक क्रान्ति हो । यो राजनैतिक क्रान्तिको सहयोगी क्रान्ति भए पनि यसको विशेष महत्त्व छ ।

    मान्छेले क्रान्तिका ठुला ठुला कुरा गर्छन्, तर काम गर्ने समयमा जे गर्दा क्रान्तिको बाटोमा अवरोध हुन्छ, त्यही गर्ने गर्दछन् । अध्ययन, प्रशिक्षण, अनुशासन, लगनशीलता, सङ्घर्ष र दृढता बिना कोही पनि क्रान्तिकारी बन्न सक्दैन । यी सबै संस्कृतिअन्तर्गत पर्ने काम हुन् । योग्यताको विकास गर्ने, अनुशासनमा बस्ने, सङ्घर्षको तरिका सिक्ने, वर्गसङ्घर्षका वैज्ञानिक माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङका नयाँ खोजको गहिरो अध्ययन गरेर आफ्नो देशको सामाजिक अवस्थामा लागु गर्न सकेसम्मको प्रयास गर्ने या आफ्नो योगदान थप्ने सबै काम संस्कृति अन्तर्गतका काम हुन् ।

    मान्छेले बनाएका नियम, कानुन, धर्म, परम्परा, बानीव्यवहार, सबैमा आमूल परिवर्तन गर्ने गरिने काम सांस्कृतिक क्रान्तिको हो । नेताको सांस्कृतिक स्तर निम्न भएकै कारण नाना थरिका शब्दालङ्कार थप्ने, प्रतिक्रान्तिकारीका लागि लेखिने सबै शब्द आफूलाई र आफ्नो पार्टीलाई लेखेर सिँगार्ने, तर बानी–व्यवहार र काम प्रतिक्रियावादीको भन्दा पनि तल्लोस्तरको हुने गर्दछ । त्यसकारण सांस्कृतिक पक्षको ख्याल नगरिकन क्रान्ति पनि हुन्न, प्रतिक्रान्ति पनि रोकिन्न ।

    मान्छे बानी–व्यवहारको मातहत रहन्छ । एकातिर, व्यक्तिगत रूपमा खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारको समस्या, अर्कोतिर, प्रतिक्रियावादी व्यवस्थाले शोषण बढाउनका लागि जनताको शोषण सहने क्षमता बढाउन लामो समयदेखि प्रयोग गर्दै आएका धर्म, परम्परा, भाग्य, स्वर्ग, नर्क, अघिल्लो जुनी, पछिल्लो जुनीजस्ता काल्पनिक विषय विरुद्ध सम्झौताहीन तरिकाले निर्मम सङ्घर्ष नगरिकन आफ्नो सांस्कृतिक स्तर उच्च बनाउन सकिन्न ।

    माक्र्सभन्दा पहिलेका विद्वानले व्याख्या गर्न सक्ने हुनलाई अध्ययन गर्नुपर्दछ भन्ने गर्दथे । तर कार्ल माक्र्सले पहिलो पटक अध्ययन गर्ने बदल्नका लागि हो भनेको हुनाले त्यसमा भएका कमजोरी हटाउनका लागि अध्ययन गर्नुपर्छ; अथवा अध्ययन गरेपछि कमजोरी पत्ता लगाएर हटाउन सक्नुपर्छ । त्यो सांस्कृतिक पक्ष हो ।

    क्रान्तिकारीले गर्ने तीन वटा काम हुन् ।

    सबैभन्दा पहिलो वर्गसङ्घर्षको काम हो । वर्गसङ्घर्ष गर्दा सबैभन्दा पहिले अन्तरविरोधको स्थिति थाहा पाउनुपर्दछ । त्यसका लागि आफू कुन वर्गको प्रतिनिधि हो ? आफ्नो वर्गको मान्छेमध्ये आफ्नो स्थिति कहाँ छ ? एकातिर, आफ्नो वर्ग र आफ्नो वर्गमध्येको आफ्नो स्थिति, अर्कातिर, आफ्नो विरोधी वर्ग र उसको स्थिति थाह पाएपछि आफू सेनासहितको सेनापति र आफ्नो विरोधी सेना बिनाको सेनापति बन्ने÷बनाइने काम वर्गसङ्घर्षको काम हो ।

    वर्गसङ्घर्ष वर्गले गर्ने काम हो । त्यसका लागि वर्गमित्रता र वर्गसत्रुता आवश्यक पर्दछ । यही सन्तुलनमा आफू विजयी बन्ने उद्देश्य राखेर गर्ने काम वर्गसङ्घर्षको काम हो ।

    वर्गसङ्घर्ष गर्ने महत्त्वपूर्ण काम भए पनि त्यसबाट आफ्नो व्यक्तिगत आवश्यकता पूरा हुन्नन् । आफ्ना व्यक्तिगत आवश्यकता पूरा गर्न कतैनकतै, केहीनकेही उत्पादन गर्न उत्पादन सङ्घर्षामा सामेल हुनैपर्छ । कृषि उत्पादन होस् वा औद्योगिक उत्पादन होस्, आफू संलग्न भएर उत्पादनबाट अथवा सेवाको काममा भए पनि आफ्नो आम्दानीबाट खर्च धान्ने बाटो बनाउनैपर्दछ । यो दोस्रो महत्त्वपूर्ण उत्पादन सङ्घर्षको काम हो । यी दुवैमध्ये एउटालाई मुख्य र अर्कोलाई सहायक काम बनाएर दुवैमा संलग्न हुनुपर्दछ । त्यसो नगर्ने हो भने आफ्ना आवश्यकता पूरा गर्न कतै न कतैको ठगीधन्दामा सामेल हुनुपर्दछ । त्यसरी आफू क्रान्तिकारी होइन, ठगमा दर्ता हुन पुगिन्छ ।

    तेस्रो काम वैज्ञानिक प्रयोगको काम हो । वर्गसङ्घर्षका वैज्ञानिक जर्मनका माक्र्स र एङ्गेल्स, रुसका लेनिन र स्टालिन तथा चीनका माओत्सेतुङ गरी विश्वभरका सबै मान्छेमध्ये यिनै पाँच जना मात्र हुन् । यिनीहरूले तत्कालीन समयसम्मका समाजवादी सिद्धान्तको अध्ययन, नयाँ सिद्धान्तको उत्पादन र आफ्नो देशमा प्रयोगसमेत गरेका छन् ।

    उत्पादन सङ्घर्षमा संसारमा धेरै वैज्ञानिक छन् । हजारौँको सङ्ख्यामा विभिन्न वस्तु उत्पादनमा नयाँ अनुसन्धान गरेका छन् । ती अनुसन्धान आफ्नो भौगोलिक र सामाजिक परिस्थितिमा अनुकूल हुने गरी प्रयोग गर्ने काम वैज्ञानिक प्रयोग हो । यो उच्च बौद्धिक श्रमका साथै त्यसको मातहतमा रहेर गर्ने शारीरिक श्रमसमेतको उपयोग गर्ने काम हो ।

    क्रान्तिकारी बन्नैपर्ने काम हो । क्रान्तिकारी बन्नु भनेको आकासपाताल जोड्ने काम अवश्य पनि होइन । आफूले सक्ने काम गरेर श्रमजीवी वर्ग र सम्पूर्ण मानवजातिको मुक्तियुद्धमा आफ्नो योगदान थप्ने काम हो । पार्कमा लेखेर राखिएको हुन्छ– “सके सफा गर्नुहोस्, नसके फोहोर नगर्नुहोस् ।” कुरा त्यस्तै हो । सके बढी र उच्च किसिमको योगदान थप्ने हो, नसके जति जे गरेर योगदान पुर्याउन सकिन्छ, त्यति गर्ने हो । बरु आफू श्रमजीवी वर्गको व्यक्ति भएर श्रमजीवी वर्गको मुक्ति गर्ने बाटोमा अवरोध खडा गरेर कलङ्क बेहोर्ने काम हुन नपाओस् भनेर सचेत र सतर्क हुनुपर्दछ ।

    लाखौँकरोडौँको सङ्ख्यामा रहेका श्रमजीवीले अलि अलि पनि चनाखो भएर विरोधी वर्गको सेवा पुर्याउनुको सट्टा वर्गीय मुक्तिलाई मलजल गर्ने हो भने छिट्टै मुक्तियुद्ध विजयी बन्ने थियो ।

    क्रान्तिकारी भनेका महान् व्यक्ति हुन् । उनीहरूले मानव समाजजस्तो सबैभन्दा उच्च जीवको समाजमा एउटा मानवले अर्को मानवलाई शोषण गर्नकै लागि राज्यसत्ताजस्तो ठुलो सङ्गठन बनाएर शोषण बढाइरहेको अवस्थामा आमूल परिवर्तनका लागि आफ्नो योगदान थप्दछन् ।

    मानव समाजको बितेका करिब १० हजार वर्षदेखि शोषणका रूप बदलिँदै गए, तर शोषण बदलिएन, बरु झन् व्यवस्थित हुँदै गयो ।

    क्रान्तिकारी सिङ्गै समाजवादी युगको प्रतिनिधि हो । समाजवादी युगमा अहिलेसम्म शोषण बढाइरहेको अवस्थामा शोषण घटाउने अभियान सुरु हुन्छ । यो अभियान पहिले भूमिगत पार्टीबाट सुरु हुन्छ । कम्युनिस्ट पार्टीले भूमिगत अवस्थामा नै आफ्नो कार्यकर्ताबाट शोषण घटाउने अभियान चलाउँछ । काम गरेर खर्च टार्न र शोषणको अवस्थामा नरहन उत्साहित गर्दछ । जनता आकर्षित भई साथ र सहयोग गर्ने अवस्थापछि राज्यसत्ता कब्जा हुन्छ ।

    राज्यसत्तामा आमूल परिवर्तन भई जनताले कब्जा गरेको र जनताको पहुँच भएको अवस्थामा राज्यसत्ताजस्तो सङ्गठित शक्ति पुरै शोषण घटाउने वर्गसङ्घर्षमा लाग्दछ । त्यतिखेर शोषण बढाउने र शोषण घटाउने दुई परस्पर विरोधी अभियानका साथ वर्गसङ्घर्ष भिषण रूपमा अगाडि बढ्छ । कम्युनिस्ट पार्टीले धेरै हन्डरठक्कर खाइसकेको हुनाले वर्गसङ्घर्ष र राज्यसत्तालाई व्यवस्थित र शोषणरहित बनाउँदै अगाडि बढाउँछ ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.